छाउ हुँदा गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु
महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ ।
विषालु च्याउ खाँदा १२ जना बिरामी
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् ।
कैलालीको भजनीमा हजारभन्दा बढी परिवार विस्थापित
कैलालीमा बाढी, डुबानका कारण हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।
‘पालिका प्रमुख भएको अनुभूति नै छैन’
स्थानीय तहको निर्वाचनमा तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) अछामका उपसचिव ३५ वर्षीय डम्बरबहादुर बिसी निर्वाचित हुनुभयो। युवा उमेर, त्यस्तै जोसजाँगर भएका युवा नेता बिसीले उच्च शिक्षा (स्नातकोत्तर तह) सम्मको अध्ययन गर्नुभएको छ। विद्यार्थीकालदेखि राजनीतिक यात्रा शुभारम्भ गर्नुभएका बिसी एमाले समर्थक अनेरास्ववियुको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज हुँदै पहिलो प्रयासमै पालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । आठ वटा वडामा करिब २५ हजार जनसङ्ख्या भएको तुर्माखाँद गाउँपालिका जिल्ला सदरमुकामदेखि ५५ किलोमिटर पूर्वमा रहेको छ । यो पालिका कृषि
आर्थिक अनियमितताविरुद्ध अख्तियारमा उजुरी
डडेलधुरा अस्पतालले खरिद गरेका विभिन्न उपकरण, औषधी, अध्यक्षका नाममा लिइएको पेस्की रकम र करारमा कर्मचारी नियुक्तिलगायत घटनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको छ।
अवरुद्ध राजमार्ग छिटो सुचारु गर्न मुख्यमन्त्रीको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोका कारण गएरातिबाट अवरुद्ध भीमदत्त राजमार्गलाई छिटो सुचारु गर्न निर्देशन दिनु भएको छ ।
सामुदायिक वनमा संस्थागत अतिक्रमण बढ्दै
कैलालीका अधिकांश सामुदायिक वनमा पछिल्लो समय अवैध रूपमा संरचना निर्माण कार्य बढ्दै गएको छ ।
बाढीबाट कैलालीमा ४६२ परिवार प्रभावित
बाढीबाट कैलालीमा ४६२ परिवार प्रभावित भएका छन् । विभिन्न नदीमा आएको बाढीले डुबान भएपछि उनीहरु प्रभावित भएका हुन् ।
कुईकाल्ले देवीको मूर्ति गायब
अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो ।
बाढीले नेपाल-भारत सीमास्तम्भ बगायो
कैलालीको मोहना नदीमा आएको बाढीले नेपाल–भारत सीमास्तम्भ बगाएको छ ।
भीमदत्त राजमार्ग पहिरोका कारण भासियो
तीन दिनदेखि परेको लगातार वर्षाका कारण भीमदत्त राजमार्गमा पहिरो गएपछि अवरुद्ध भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
झोलुङ्गे पुलको एउटा पिल्लर
कैलालीको मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलको दुई वर्ष अवधिमा एउटा पिल्लर मात्रै निर्माण गरिएको छ । कैलारी गाउँपालिका–३ र ४ मोहनपुर र भितरिया गाउँ जोड्न दुई वर्षअघि झोलुङ्गे पुल निर्माण कार्य थालिएको हो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको सो पुल समयमा बन्न नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । डुङ्गाको भरमा जोखिमपूर्ण ढङ्गले ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ ।
परदेशमा मरन्याको रोइदिन्या कोही छैन...
‘धोती मैलो, टोपी मैलो धोइदिन्या कोही छैन परदेशमा मरन्याको रोइदिन्या कोही छैन...’ उल्लेखित देउडा गीतको यी पङ्क्तिले सुदूरपश्चिम र कर्णाली प्रदेशको विभिन्न जिल्ला तथा गाउँबस्तीबाट कामको खोजीमा भारत पुग्नेको कष्टकर जीवनकथालाई इङ्गित गरेको छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध
सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
कक्षा कोठामै सिकाइ परीक्षण
एसइई परीक्षाको नतिजा कमजोर आएपछि बैतडीका केही सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि कक्षा कोठामै सिकाइ परीक्षण थालेका छन् । एसइई परीक्षा २०७९ मा सहभागी बैतडीका १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थीमध्ये ए प्लस ग्रेड ल्याउनेको सङ्ख्या शून्य छ ।
शिव लिङ्गेश्वर धाम कटानको जोखिममा
कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ ।
चमा गाउँमा पुग्यो बिजुली
नवदुर्गा गाउँपालिका–५, चमा गाउँमा पहिलो पटक बिजुली बलेको छ। २०७९ सालको स्थानीय चुनावका बेला ‘नो इलेक्ट्रिसिटी नो भोट’ को नारा लागेको यस गाउँमा चुनाव सम्पन्न भएको एक वर्षपछि बिजुली बलेको हो। बिजुली नहुँदा चमा गाउँवासी ससाना सोलारको प्रयोग गर्दै आएका थिए। विगत छ वर्षदेखि बिजुलीको माग गर्दै आएका स्थानीयले गत वर्षको चुनावमा ‘नो इलेक्ट्रिसिटी नो भोट’ भन्दै चुनाव बहिष्कारको निर्णय गरेका थिए।
बालबालिकामा गलफुलो पठनपाठनमा समस्या
गलफुलो (मम्प्स) समस्याले कैलालीका बालबालिका आक्रान्त बनेका छन्। पछिल्लो समय साना बालबालिकामा यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको हो। आँखा पाक्ने भाइरलको प्रकोप बढेका बेला बालबालिकामा गलफुलोको समस्या पनि भयावह रूपमा देखा परिरहेको छ।
आयुर्वेद अस्पतालमा चिकित्सक अभाव
सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको ५० शय्याको आयुर्वेद चिकित्सालयमा विशेषज्ञ चिकित्सकको अभाव रहेको छ। धनगढीको राजपुर क्षेत्रमा रहेको सो अस्पताल सञ्चालन भएको एक वर्ष बित्दा पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ।
पीपल गाउँको ४० परिवार पहिरोको उच्च जोखिममा
बाजुराको खप्तड छेडेदह गाउँपालिका –२ मा को पीपल गाउँ बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।
महाकालीमा पानीले सतर्कता बिन्दु नाघ्यो, आवतजावत बन्द
महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेपछि नदीमाथि बनेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ ।
वडा अध्यक्षकै कारण तटबन्ध निर्माण कार्यमा अवरोध
वेदकोट नगरपालिका–४ मा पर्ने बगुन खोला तटबन्धको काममा वडा अध्यक्षले नै अवरोध गर्नुभएको छ । आफूले सङ्कलन गरेका ढुङ्गा खरिद गर्नुपर्ने भन्दै उहाँले तटबन्धको काममा अवरोध गर्नुभएको हो ।
प्रदेश सभा सदस्यबिच अनुभव आदान–प्रदान
सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान प्रदेश सभा सदस्यबिच अनुभव आदान–प्रदान कार्यक्रम गरिएको छ ।
तलब घटाइएको भन्दै कर्मचारी आन्दोलित
जिल्लाको रामारोशन गाउँपालिकाका कर्मचारीहरूले आफ्नो तलब घटाइएको भन्दै आन्दोलन सुरु गरेका छन् । गाउँपालिकामा कार्यरत करार कर्मचारीको खाइपाइ आएको तलब घटाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।