• २४ वैशाख २०८१, सोमबार

करणीको आरोपमा तीन पक्राउ

blog

डिलबहादुर सिंह

मङ्सिर ६ गते । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय डोटीले तीन जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका–२ का १८ वर्षीय गोपाल साउद,  १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामी रहेका छन् ।  

मङ्सिर १ गते साँझ तीनै जनाले किशोरीलाई जबरजस्ती करणी गरेको आरोप रहेको प्रहरीले जनाएको छ । पीडितको जाहेरीका आधारमा मङ्सिर २ गते प्रहरीले तीनै जनालाई नियन्त्रण लिएको हो । अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।