• ६ कात्तिक २०८१, मङ्गलबार

बझाङमा परकम्प

blog

काठमाडौं, मङ्सिर ४ गते । बझाङको धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्पपछि फेरि परकम्प गएको जानकारी दिनुभयो ।

“धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको हो”, उहाँले भन्नुभयो, “बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ ।”

गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ । रासस