• १३ मंसिर २०८१, बिहिबार

धनगढी–काँकडभिट्टा रुटमा एसी बस सेवा सुरु

blog

हरियो झन्डा देखाएर धनगढी–काँकडभित्ता एसी बस सेवा सुरु गरिदैं । तस्बिर : सामाजिक सञ्जालबाट

अविनाश चौधरी

धनगढी, कात्तिक १८ गते । सुदूरपश्चिमको धनगढीबाट सुदूरपूर्व काँकडभिट्टासम्मको रुटमा एसी बस सेवा आजबाट सञ्चालनमा आएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले नयाँ बस खरिद गरेर काँकडभिट्टासम्म एसी बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष पदमराज सापकोटाले हरियो झन्डा देखाएर धनगढी–काँकडभित्ता एसी बस सेवाको शुभारम्भ गर्नुभयो । 

धनगढीदेखि काँकडभिट्टासम्म ओहोरदोहोर गर्ने यात्रुको सङ्ख्या बढेकाले दुई करोडको नयाँ एसी बस खरिद गरेर सेवा सुरु गरिएको उहाँले बताउनुभयो । यसअघिसम्म सुन्दर सुदूरपश्चिम यातायात प्रालिले काँकडभिट्टासम्म डिलक्स बसमात्रै सञ्चालन गर्दैआएको थियो । अब एसी बस सेवा पनि थपिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।  

काँकडभिट्टाका लागि धनगढी बसपार्कबाट दैनिक बिहान १० बजे र काँकडभिट्टाबाट धनगढीका लागि मध्यान्ह १२ बजे बस छुट्ने जनाइएको छ । निकट भविष्यमा धनगढी–काठमाडौँ स्लिपर बस सेवा सञ्चालनका लागि जमर्को गरिरहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिले जानकारी दिएको छ ।