कांग्रेस नेता पौडेलद्वारा तनहुँबाट उम्मेद्वार बन्ने घोषणा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँबाट नै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । शुक्रबार दनौलीमा सञ्चारकर्मीसँग कुरा गनुहुँदै नेता पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभएको हो ।
तनहुँमा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते
तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बुबा र छोराको मृत्यु भएको छ भने श्रीमती घाइते हुनुभएको छ ।
महानगरका कर्मचारीको तलबमा अनियमितता
पोखरा महानगरपालिकामा कार्यरत कर्मचारीले बुझ्ने तलबमा पनि अनियमितता भएको पाइएको छ । महालेखा परीक्षणको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा महानगरका स्थायी करिब डेढ सय कर्मचारीबाहेक २३८ जना कर्मचारी नियुक्त गरी तलब खाइरहेको उल्लेख गरेको छ । ती कर्मचारीले अहिले पनि कानुन र विधिविपरीत तलब बुझ्ने गरेको पाइएको छ । कर्मचारीको तलबमा मात्र सात करोड ९६ लाख ३० हजार रुपियाँ अनियमित भएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८३ मा स्थानीय तहले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थायी तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ ।
आयुर्वेदप्रति जनविश्वास बढ्दै
तनहुँमा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको चासो र विश्वास बढ्दै गएको छ । कम खर्चमै रोग निको हुन थालेपछि आयुर्वेद उपचार गर्ने बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । अघिल्ला वर्षहरूमा आयुर्वेदिक उपचारमा बिरामीको कमै ध्यान जाने गरेको भए पनि हाल भने उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भीड लाग्ने गरेको छ । हाल दैनिक रूपमा ७० देखि ९० जनासम्म बिरामी आउने गरेको केन्द्रले जनाएको छ । स्वास्थोपचारका लागि विभिन्न उपकरणसमेत जडान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६५ हजार बिरामीले उपचार सेवा लिएको सो केन्द्रले जनाएको छ । स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्यास्ट्रिक, प्रसूति, बमनथेरापीलगायतको उपचार गर्न आउने गरेको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिनुभयो ।
अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा
पूर्बी नवलपरासीको कावासोती र विनयी त्रिवेणीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने पाँच ट्याक्टर नियन्त्रणमा परेका छन् । कावासोती ३ स्थित केरुङगे खोलाबाट लु ३ त ८१९० नम्बरको ट्याक्टर ढुङगा लोड गर्दैगर्दा सामुदायिक प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
म्याद नाघेका सामान जफत
म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीको तल्लो बजार क्षेत्रमा सञ्चालित होटल तथा पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले स्थलगत अनुगमन गरेको छ। उक्त अनुगमनक्रममा तातोपानीको तल्लो बजार क्षेत्रका होटल, रेष्टुरेन्ट तथा किराना र खुद्रा पसल गरी कुल २५ वटाको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ।
मुस्ताङमा पहिलो पटक शल्यकृया सेवा सुरु
हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराउने सेवा सुरु भएको छ । अस्पताल स्थापनाको करिव ५० वर्ष पछि पहिलो पटक यो सेवा सुरु भएको हो ।
बन्दीपुरमा केबलकारभित्रै खान र सुत्न पाइने
पहाडी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुरमा पर्यटकलाई नयाँ आनन्द दिन केबलकार भित्रै खाना र सुत्न पाइने सुविधा थप गरिने भएको छ ।
विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाममा रहेको जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि आइतबार सम्मका लागि विद्यालय बन्द गरिएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन सास्ती
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ। परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्क तिरेर अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ। शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार बजार निवासी जीवन पाण्डेले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न तीन घण्टा पालो कुर्नुपरेको बताउनुभयो। कार्यालयमा अत्यधिक भीड रहेको तर कार्यालयले अनलाइनमा फाराम नभरेकाले दुई सय रुपियाँ तिरेर बाहिरबाट विवरण भर्नुपरेको बताउनुभयो। “कता हो, के हो ? थाहा छैन, कार्यालयमा आउँदासमेत बाहिर अनलाइन भर्नुपर्ने बाध्यता रै’छ,” पाण्डेले भन्नुभयो। वैदेशिक रोजगारीका लागि राहदानी बनाउनुपर्ने र राहदानीको लागि राष्ट्रिय परिचयपत्र बनाउन आएको पाण्डेले जानकारी दिनुभयो।
आफन्तको सम्झनामा धर्मचौतारा
अचेल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जान थालेका छन् । भएका पाटीपौवा र चौतारा नासिँदै जान थालेका छन् तर बाटोघाटो र चौतारा बनाउने पुरानो धार्मिक परम्परालाई पाउद्वारका गाउँलेले जीवित राखेका छन् । आफन्तको सम्झनामा परिवारका सदस्यले चौतारा चिन्ने गरेका छन् ।
नदीले बगाउँदा रुसी नागरिक बेपत्ता
तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणीसङ्गमास्थित कालीगण्डकी र त्रिशुली नदीको सङ्गम स्थलमा नुहाउने क्रममा रुसी नागरिक बेपत्ता हुनु भएको छ ।
राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड
पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औं शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीद्वारा विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गर्नुभयो ।
पर्वतमा रासायनिक मलको अभाव
रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरु चिन्तित बनेका हुन् ।
कालीगण्डकी दोहन रोक्न सामूहिक प्रतिबद्धता
कालीगण्डकी नदीको अवैध दोहन रोक्न धौलागिरिका चार जिल्लाका समन्वय समिति सहमत भएका छन्। कालीगण्डकी नदीबाट अवैध रूपमा भइरहेको गिट्टी, बालुवा, ढुङ्गाको उत्खनन रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन गर्न जिल्ला समन्वय समिति बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङले सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। कालीगण्डकी नदी डाइभर्सन आयोजना कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा दर्ता भएको रिटमा अन्तरिम आदेश दिँदै सर्वोच्च अदालतले कालीगण्डकी नदीमा कुनै पनि क्रियाकलाप नगर्न आदेश दिएको थियो। चार जिल्लाका समन्वय समिति, स्थानीय तहसहित ४० वटा संस्थालाई विपक्षी बनाई परेको रिटमाथिको आदेश कार्यान्वयनका लागि समन्वय समितिहरूले पहल थालेका हुन्। चार जिल्लाका समन्वय प्रमुख, उपप्रमुख र जिल्ला समन्वय अधिकारीको संयुक्त बैठकले कालीगण्डकी नदीबाट गैरकानुनी रूपमा भइरहेको ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन, सङ्कलन र बिक्रीवितरण नियन्त्रणका लागि पहल गर्ने निर्णय गरेको छ। मुस्ताङबाट सुरु भएको कालीगण्डकी नदी, म्याग्दी, बागलुङ, पर्वतको फेरो मार्दै स्याङ्जामा निस्कन्छ।
कास्कीकोटमा दही जात्रा
पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ ।
राष्ट्रपति भण्डारी पोखरामा
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा आउनुभएको छ । मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो ।
जब खोप्रामा आकास खुल्यो [फोटोफिचर]
खोप्रालेकबाट हिमश्रृङ्खलाको अवलोकन गर्न पाइयो, किनकि यो वर्षा समयमा बाक्लो हुस्सुले वरिपरि देख्न पाईदैन । अचेल मौसम सफा भएपछि खुलेको मौसमपछि खेप्राबाट संसारलाई नियाल्न पाइयो ।
‘ल्यान्डफिल साइट’ व्यवस्थापन अन्योलमै
सरकार अङ्ग्रेजी नयाँ वर्षदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ। हाल विमानस्थलको ९८ प्रतिशत काम सकिएको बताइएको छ। यो विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन हुने भएको छ। विमानस्थल सञ्चालनको मिति तय भए पनि नजिकै रहेको ‘ल्यान्डफिल साइट’ अझै सारिएको छैन।
खयरभारानीमा दर्शन गर्नेको घुइँचो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरलेकमा रहेको प्रसिद्ध धार्मिकस्थल खयरभारानीको दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। शुक्रबार परेको जनैपूर्णिमाका दिन सयौँको सङ्ख्यामा पुगेका झक्तजनले खयरभारानीको दर्शन गरेका छन्। समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा रहेको खयरताल र छेवैमा खयरभारानी देवीथान रहेको छ। खयरलेक धार्मिक एवं प्राकृतिक रूपमा प्रसिद्ध छ। यो अन्नपूर्ण हिमालको फेदीमा पर्दछ। सदरमुकाम बेनीदेखि तीन दिनको पैदल यात्रापछि खयरलेक पुग्न सकिन्छ। जनैपूर्णिमाका दिन खयरभारानीको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ। शुक्रबार खयरभारानीको दर्शन गर्न करिब सात सय भक्तजन पुगेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले जानकारी दिनुभयो। उहाँका अनुसार म्याग्दी, पर्वत, बागलुङ, कास्की र काठमाडौँलगायतका जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आएका थिए। कोषले दर्शन र पूजाको सम्पूर्ण व्यवस्था मिलाएको थियो।
विश्वविद्यालय स्थापनाका लागि स्थलगत अध्ययन
मीना कँडेलकावासोती, साउन २९ गते । नेपाल विश्वविद्यालय स्थापनाका लागि उपयुक्त स्थान अध्ययनका लागि हुप्सेकोट गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको स्थलगत अध्ययन गरिएको छ ।नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा.अर्जुन कार्कीसहितको विज्ञ टोली स्थलगत निरीक्षण गर्न सातांै पटक सो क्षेत्रमा पुगेकाले विश्वविद्यालय बन्ने सम्भावना बलियो बन्दै गएको बताइएको छ । विश्वविद्यालय स्थापनाका लागि हुप्सेकोट गाउपालिकाको वडा नम्वर २ र मध्यबिन्दु नगरपालिका वडा नम्वर ९ को भूभाग सहज हुने बताइएको छ । अन्य क्षेत्रको भन्दा यो क्षेत्रको सम्भावना उच्च बनेकाले आफूहरु विभिन्न चरणको छलफल र अध्ययनपछि विज्ञ टोलीसहित स्थलगत अध्ययनमा आएको डा. कार्कीले स्पष्ट पार्नुभयो ।पूर्व शिक्षामन्त्री माधव पौडेलले व्यवस्थापन, पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधारसँगै समाजप्रति जिम्मेवार, आलोचनात्मक चेतना भएको नागरिक उत्पादन गर्ने उद्देश्यसहित अगाडि बढेको बताउनुभयो ।विश्वविद्यालय स्थापनाका लागि स्थानीय पालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्र्ने हुप्सेकोट गाउँपालिककाा अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।
स्वर्ग अनुभूति दिने खयर लेक [फोटोफिचर]
समुन्द्री सतह देखि करिब चार हजार ७०० मिटर उचाईमा रहेको यो खयर ताल, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा स्थित खयरलेक धार्मिक एवम् प्राकृतिक रुपमा प्रशिद्ध छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर तालको अवलोकन र यहाँ रहेको खयरभारानीको दर्शन गर्न जनैपूर्णिमाका दिन ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् ।
बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको चाप
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चापाकोट–१०, किसानमा सञ्चालन गरेको किसान बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ। शान्त र वातावरणीय हिसाबले राम्रो मानिएको प्राविधिक शिक्षालयमा वार्षिक रूपमा विद्यार्थी सङ्ख्यामा वृद्धि हुँदै आएको हो। सरकारले प्रत्येक पालिकामा स्थापना गर्ने नीतिअनुसार प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको स्थापनाको चौथो वर्षमा विद्यार्थी आउने क्रमले तीव्रता पाएसँगै आकर्षण देखिएको हो।