पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारबाट नियमित रूपमा रात्रिकालीन उडान भएको छ। भीएफआर प्रणाली लागू भएसँगै यस विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरिएको हो। बुद्ध एयरले रात्रिकालीन उडान नियमित रूपमा गर्न लागेको हो। बिहीबार काठमाडौँ, भैरहवा, नेपालगञ्ज र भद्रपुरबाट बुद्ध एयरका चारवटा विमानले पोखरामा रात्रिकालीन अवतरण गर्ने पोखरा विमानस्थलका कार्यालय प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो।
गाउँ रित्तिए, बजार भरिए
एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए ।
पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि जन्मगाउँमा खुसीयाली
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उहाँको जन्मगाउँ तनहुँको व्यास नगरपालिका –८ रिस्ती, बाहुनपोखराका बासिन्दा हर्षित छन् । स्थानीयबासी, नेता तथा कार्यकर्ताहरु एकअर्कामा भेटघाट गरेर, टेलिफोन संवाद, विजयीको शुभकामना दिन व्यस्त छन् ।
छ सय एम्पुल लागुऔषधसहित दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई गिरफ्तार गरेको छ । छ सय एक एम्पुल लागुऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको जानकारी गराएको छ ।
शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता
बागलुङको ताराखोला गाउँपालिकाले तत्कालीन द्वन्द्वकालमा शहीद तथा बेपत्ता भएका परिवारका सदस्यलाई मासिक भत्ता दिन सुरु गरेको छ। गाउँपालिकाले मासिक एक हजार रुपियाँका दरले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई भत्ता रकम वितरण गरेको हो ।
बलात्कार आरोपमा १२ वर्ष कैद सजाय
जिल्ला अदालत बागलुङले १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेको एक जना ७५ बर्षीय वृद्धलाई १२ बर्ष कैद सजाय तोकेको छ ।
मार्फामा ढकमक्क फुल्यो खुर्पानी
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा खुर्पानी तथा आरुबखडा फुलेर ढकमक्क भएको छ । शीतोष्ण हावापानीमा हुने फलफूल अब बिस्तारै फुल्नेबेला भएकाले पहिलो चरणमा अहिले खुर्पानी तथा आरुबखडा फुलेको हो ।
अन्त्य गरिँदै ‘असारे विकास’
भौगोलिक रूपमा विकट म्याग्दीको धवलागिरि गाउँपालिकाले चालू आर्थिक वर्षका विकास योजनाका कामलाई तीव्रता दिएको छ । असारे विकासलाई अन्त्य गर्ने लक्ष्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षका भौतिक पूर्वाधार निर्माण र अन्य विकासका योजनालाई सम्झौता गरेर कार्यान्वयनमा लगेको हो । बजेट सक्नका लागि असारे विकासमा जोड दिने प्रथालाई निरुत्साहित गर्ने गाउँपालिकाले जोड दिएको छ ।
हिमपातसँगै पर्यटक उत्साही
मुस्ताङमा यस वर्षकै पहिलो पटक भारी हिमपात हुँदा पर्यटक तथा किसान उत्साहित भएका छन् । मुस्ताङ भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटक हिउँ खेल्न पाइने भन्दै उत्साहित भएका हुन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका तथा बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिकामा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।
गण्डकी प्रदेशबाट पहिलो अन्तर्राष्ट्रिय रेफ्री बुढाथोकी
महिला सधैँ पछाडि भन्ने समाजको एउटा बिम्ब हुँदैगर्दा पनि गण्डकी प्रदेशबाटै पहिलो पटक अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल हुनुभएको छ । हिमाली जिल्ला म्याग्दीको मङ्गला गाउँपालिका –४ बरंजाकी नबिना बुढाथोकी रेफ्री बन्न सफल हुनुभएको हो ।
महिलाको नेतृत्व, महिलाकै सहभागिता
प्रायः विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ ।
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिएको छ : मुख्यमन्त्रीले अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा
उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताउनुभयो ।
कालीगण्डकी प्रसारण लाइन : तीन वर्षदेखिको अवरोध हटाइँदै
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ ।
पालिकाले भुक्तानी नदिँदा बीमा सुविधाबाट वञ्चित
बागलुङको निसीखोला गाउँपालिकाले समयमै बीमा रकम भुक्तानी नगर्दा नागरिक स्वास्थ्य बीमा सुविधा लिन वञ्चित छन्। गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यले बीमा फर्म भरे पनि बीमा रकम भुक्तानी नगर्दा नागरिक अलमलमा परेका हुन्। गाउँपालिकाले पहिलो चरणको ६४ लाख रुपियाँ बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अगाडि बढ्न सकेको छैन। गत असारमा सम्पन्न दसौँ गाउँ सभाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो।
असी सामुदायिक भवन बन्ने
सामाजिक विकास कार्यालय बागलुङले चालू आर्थिक वर्षमा साना ठूला गरी एकैसाथ ८० वटा सामुदायिक भवन निर्माण गर्ने भएको छ। पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक सङ्घ संस्था, मठमन्दिर तथा विद्यालय भवनसमेत गरी निर्माण अघि बढाएको हो। जिल्लाका दसवटै पालिकामा ती भवन बन्नेछन्। छ करोड ७० लाख रुपियाँ लगानीमा सामुदायिक भवन निर्माण थालेको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्मरबहादुर जीसीले जानकारी दिनुभयो।
खुले ढोरपाटनका विद्यालय
अत्यधिक चिसो बढेपछि करिब एक महिना बन्द भएका बागलुङको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यकाका विद्यालय पुनः सञ्चालनमा आएका छन्। जाडो छल्न बेँसी झरेका बालबालिका गर्मी मौसमको सुरुवातसँगै ढोरपाटन उक्लेपछि विद्यालय सञ्चालन गरिएको हो। गत पुस १८ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन्।
कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी
बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।
जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या
पूर्वी नवलपरासीकोे मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी
अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् ।
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा तीन वर्षदेखि अवरोध
नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ ।
पर्यटकीय क्षेत्र हाँडीकोटको प्रवर्द्धन हुँदै
ऐतिहासक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण बागलुङको पर्यटकीय क्षेत्र हाँडीकोटको विकासमा स्थानीय सक्रिय भएका छन्। तत्कालीन बाइसे/चौबिसे राज्यकालीन ऐतिहासिक संरचनाका भग्नावशेष, मन्दिरहरू र हाँडीकोटबाट देखिने हिमशृङ्खलालगायतका प्राकृतिक सौन्दर्यको प्रचारप्रसारमा स्थानीयवासी जागरुक भएका हुन्।
सडक योजना अलपत्र पार्ने ठेकेदार खोज्दै स्थानीयवासी
पर्वतको जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने निर्माण व्यवसायीको तस्बिर टाँसेर स्थानीयहरूले विरोध गरेका छन् । निर्माण कम्पनीले विगत १८ महिना देखि सडक अलपत्र पारेको भन्दै स्थानीयवासीहरु विरोधमा उत्रिएका हुन । उक्त सडक गण्डकी प्रदेश सरकारले चार वर्ष अघि नमुना सडक कार्यक्रम अन्तर्गत स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो ।
औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु
प्रदेश गौरवका आयोजनाका रूपमा रहेका यहाँका दुई औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ । जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा अलपत्र औद्योगिक क्षेत्र निर्माणको कामले अब गति लिने भएको छ । गण्डकी प्रदेश सरकारले पाँच वर्षअघि कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । समयमै जग्गाको टुङ्गो नलाग्दा दुवै आयोजना अन्योलमा परेका थिए ।