• १२ मंसिर २०८१, बुधबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान

blog

रमेश पौडेल

पोखरा, फागुन २६ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारबाट नियमित रूपमा रात्रिकालीन उडान भएको छ। भीएफआर प्रणाली लागू भएसँगै यस विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरिएको हो। 

बुद्ध एयरले रात्रिकालीन उडान नियमित रूपमा गर्न लागेको हो। बिहीबार काठमाडौँ, भैरहवा, नेपालगञ्ज र भद्रपुरबाट बुद्ध एयरका चारवटा विमानले पोखरामा रात्रिकालीन अवतरण गर्ने पोखरा विमानस्थलका कार्यालय प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो। 

रात्रिकालीन उडानका लागि पोखरा विमानस्थलले व्यवस्थापकीय पक्षसमेत तयार रहेको उहाँले बताउनुभयो। बुद्ध एयरका स्टेसन म्यानेजर बरालले रात्रिकालीन उडानका लागि यात्रुहरूको आकर्षण रहेको बताउनुभयो। चारवटा उडानमध्ये भद्रपुरबाहेक सबैमा यात्रु सङ्ख्या राम्रो रहेको जानकारी दिनुभयो। बुद्ध एयरले रात्रिकालीन सेवा सुरु गरेपछि पोखराका पर्यटन व्यवसायी निकै खुसी भएका छन्। 

यसबारेमा रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बुद्ध एयरले सञ्चालनमा ल्याएको सो सेवालाई दिगो रूपमा सञ्चालन गर्नका लागि पोखरा आउने पर्यटकको सङ्ख्या बढाउनुपर्ने बताउनुभयो। 

उहाँले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकालगायत यस क्षेत्रका स्थानीय तहका निकायले पर्यटन प्रवद्र्धनका कार्यक्रम देशभित्र तथा देशबाहिर पु-याउनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै पोखराका अग्रज पर्यटन व्यवसायी एवं होटल साहराका संरक्षक सीपी चक्र सुवेदीले पोखरालाई अन्य सहरसँग जोड्न र आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन बुद्ध एयरको सेवा प्रभावकारी हुने बताउनुभयो। उहाँले पोखरामा थप हवाई उडान गर्नुपर्नेमा जोड दिनुभयो।