• ९ वैशाख २०८२, मङ्गलबार

ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, वैशाख ९ गते । पूर्वपश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिका ८ घाग्रा पुलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

मङ्गलबार बिहान अन्दाजी ७ बजे घाग्रा पुलस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प. २९९७ नम्बरको ट्याङ्करले सोही दिशातर्फ आउँदै गरेको साइकलयात्री अर्जुनधारा नगरपालिका ५ बस्ने ५५ वर्षीय लेखनाथ सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शवलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र ट्याङ्कर जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र चालक झापा कमल गाउँपालिका-१ बस्ने ४६ वर्षीय भीमबहादुर कोइरालालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।