पर्यटकको दुर्घटना बिमा
प्रदेश सरकारले ट्राभल वा ट्रेकिङ जाने पर्यटकका लागि व्यक्तिगत दुर्घटना बिमासम्बन्धी व्यवस्था गरेको छ। गण्डकी प्रदेश ऐन, २०७९ अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश पर्यटन नियमावली जारी गरेको छ। गत चैत ३० गते प्रकाशित राजपत्रमा १० लाख रुपियाँ बराबरको बिमा गर्नुपर्ने उल्लेख छ। पर्यटकले ट्राभल वा ट्रेकिङका लागि प्रस्थान गर्नुअघि आफ्नो साथमा जाने कामदारको नाइके तथा कामदारलाई ट्राभल वा ट्रेकिङ एजेन्सीको अभियान समाप्त गरी नफर्केसम्मका लागि नेपालभित्र संस्थापित बिमा कम्पनीबाट १० लाख रुपियाँ नघट्ने गरी दुर्घटना बिमा गराउनुपर्नेछ।
पाठ्यपुस्तक पाएपछि विद्यार्थी दङ्ग
नयाँ शैक्षिक सत्रको पढाइ सुरु भएकै दिन पाठ्यपुस्तक हातहातमा पाएपछि विद्यार्थी खुसीले फुरुङ्ग भएका छन्। यो वर्ष भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाएका हुन्। विगतका वर्षमा लामो समयसम्म पनि विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्दैनथ्यो। समयमै पाठ्यपुस्तक वितरण भएपछि शैक्षिक गुणस्तर वृद्धि हुने विश्वास गरिएको छ। विगतका वर्षमा पुस्तक अभावमा पढाइसमेत प्रभावित हुने गरेकामा यस वर्ष समयमै पुस्तक पाएपछि पठनपाठन पनि सहज भएको विद्यालयले जनाएका छन्। यस वर्ष सामुदायिक विद्यालयका १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक विद्यालयमा पुगिसकेका छन्। जिल्लाको दुर्गम धवलागिरि गाउँपालिकाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको र वि
‘सहकारीमार्फत महिलालाई समक्ष बनाउन जुटौं’
महिलालाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा सक्षम बनाउन सहकारी उपयुक्त र प्रभावकारी माध्यम रहेको म्याग्दीका महिलाले बताएका छन् । सामाजिक विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिकासँगको सहकार्य तथा मिलन म्याग्दीको व्यवस्थापनमा सञ्चालन भएको दुई दिने सहकारीको संस्थागत विकास तथा अभिमुखीकरणका अवसरमा यहाँ आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।
चार दिनदेखि बेपत्ता आरोहीको जीवितै उद्धार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा बेपत्ता भारतीय पर्वतारोही अनुराग मालुको चार दिनपछि जीवितै उद्धार गरिएको छ ।
जफत सवारी साधनबाट ४१ लाख बढी राजश्व सङ्कलन
जिल्ला प्रहरी कार्यालय नवलपुरले जफत भएका सवारी साधनको लिलाम बिक्री गरेको छ । जफत भएका सवारी साधन व्यवस्थापनका लागि कसुरजन्य सम्पत्ति तथा साधन ऐन २०७० बमोजिम प्रहरी कार्यालय नवलपुरले दुई सय ७१ वटा सवारी साधन विक्री गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । विक्री वितरणबाट ४१ लाख ४३ हजार ३३२ रुपियाँ राजश्व सङ्कलन गरेको छ ।
म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’
म्याग्दीको बेनी नगरपालिका –९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो ।
चैते धान खेती घट्दो
तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ ।
आधा घण्टामा छोटियो डेढ घण्टाको बाटो
भानु मार्ग र पृथ्वी राजमार्ग जोड्ने वागेश्वरी मोटर मार्ग बनेपछि स्थानीय बासिन्दाको यात्रा अवधि छोटिएको मात्रै छैन, धुलो खानुपर्ने र जाममा पर्नुपर्ने बाध्यतासमेत हटेको छ। पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१२ घाँसीकुवादेखि भानु मार्गमा पर्ने भानु नगरपालिका–७ चन्द्रावती जोड्ने यस मार्गमा मोटर गुड्न थालेपछि डेढ घण्टाको यात्रा अवधि ३० मिनेटमा छोटिएको हो।
तनहुँ–१ मा त्रिपक्षीय रोचक भिडन्त
यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
गौरवका योजना स्तरीय बनाउँदै गाउँपालिका
स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँ–गाउँमा सडक पुग्न थाले । अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन् ।
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।
नमुना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरको नमुना सदरमुकाम निर्माण गर्ने भन्दै वि.सं २०७६ वैशाख ७ गते शिलान्यास भयो ।
स्याङ्जामा डढेलोको घट्ना बढ्यो
बढ्दो तापक्रम र प्रतिकुल मौसमका कारण स्याङ्जामा पछिल्लो समय डढेलोका घट्नाहरु बढ्न थालेका छन् । सुख्खा समय शुरु भएसँगैे डढेलोका घट्नाहरु बढेका हुन् । डिभिजन वन कार्यालय स्याङ्जाले दिएको जानकारीअनुसार अहिलेसम्म १८ सय हेक्टर जंगलमा डढेलोले क्षति पुर्याएको जनाइएको छ ।
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनुभएको छ।
संविधानको रक्षा गर्न गठबन्धन गरेका हौँ : कांग्रेस नेता कोइराला
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. शशाङ्क कोइरालाले संविधान रक्षाको लागि सत्तारुढ दलबीच गठबन्धन गरिएको बताउनुभएको छ।
एकल महिलालाई सरफ–साबुन बनाउने तालिम
हिमाली जिल्ला म्याग्दीको उत्तरी भेग अन्नपूर्ण गाउँपालिका –३ दानाका एकल महिलालाई गाउँपालिकाले साबुन तथा सरफ बनाउने तालिम दिन थालेको छ ।
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ ।
पूर्वी नवलपरासीका वनमा डढेलो लाग्ने क्रम बढ्दो
पूर्वी नवलपरासीका विभिन्न वनहरूमा डढेलो लाग्ने क्रम बढ्दै छ । जिल्लाका विभिन्न वनहरूमा सुख्खा मौसम सुरु भएपछि चैतसम्ममा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको हो ।
प्रभावकारी भएन दिवा खाजा : जङ्क फुड खान्छन बालबालिका
सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहलमा वृद्धि
यस वर्षको हिमाल आरोहण याम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढ्न थालेको छ ।
आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट
आँधीखोला गाउँपालिका –१ अर्घाउदीमा आगलागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानीय खगेन्द्र तिवारी र धनपति तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
पाँच वर्षपछि झोलुङ्गे पुल उद्घाटन
निर्माण सम्पन्न भएको पाँच वर्षपछि यहाँको एक झोलुङ्गे पुलको औपचारिक रूपमा उद्घाटन गरिएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेग र बाँदुक गाउँ जोड्ने ३६५ दशमलव ८ मिटर लामो झोलुङ्गे पुल शुक्रबार उद्घाटन गरिएको हो। पुल उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमवीर गर्बुजाले विकट बस्तीहरूलाई आपसमा जोड्न लामो झोलुङ्गे पुल उपयोगी हुने र पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। जिल्लाका अन्य स्थानमा पनि अध्ययन गरी आगामी दिनमा लामा र अग्ला झोलुङ्गे पुल निर्माणका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो। पुलबाट बेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायबाट पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थल निर्माण भएपछि पुल उद्घाटन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो।
खानेपानी आयोजना अलपत्र
खानेपानी अभाव भोग्दै आएको काठेखोला गाउँपालिका–३, धम्जा देउरालीका स्थानीय दुई वर्षअघि हर्षित थिए। देउरालीका स्थानीयको घरघरमा खानेपानी सुविधा पु-याउने लक्ष्यका साथ सोलार लिफ्ट आयोजना सुरु भएपछि खानेपानी सुविधा पाउने आशामा स्थानीय खुसीले गदगद भए। आयोजना निर्माणमा जनश्रमदान, स्थानीय रूपमा गर्न सक्ने अन्य व्यवस्थापकीय काममा उनीहरूले निर्माण पक्षलाई सहयोग गरे।
तानसेनका ५७ घरटहरामा चल्यो डोजर
तानसेन –४, मख्खनटोल, शित्तलपाटीका ५७ वटा घरटहरा डोजर लगाएर हटाउन सुरु गरिएको छ । नगरपालिकासहित विभिन्न सङ्घसंस्थाको नाममा रहेका ५७ वटा घरटहरा नगरपालिकाले बुधबार बिहान ७ बजेदेखि हटाउन सुरु गरेको हो ।