उपनिर्वाचन अपडेट : तनहुँमा ४५ प्रतिशत मत खस्यो
तनहुँ क्षेत्र १ को उपनिर्वाचनमा आइतबार शान्तिपूर्ण मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं. १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ ।
पार्टी सङ्गठन बलियो बनाउनुपर्छ : नेत्री थापा
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरूको सपना पूरा हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा आयोजित एमाले म्याग्दीले आयोजना गरेको कार्यक्रममा स्थायी कमिटी सदस्य थापाले सो कुरा बताउनुभएको हो ।
धौलागिरि हिमालको आरोहण गर्दै स्पेनका ८३ वर्षीय आरोही कार्लोस
स्पेनका ८३ वर्षीय कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमाल आरोहणका लागि यतिखेर बेसक्याम्पमा पुग्नुभएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका -४ मुदीमा अवस्थित ८ हजार एक सय ६७ मिटर अग्लो हिमाल आरोहण कार्लोसको यो १३ औँ पटकको प्रयास हो ।
दलित उत्थान केन्द्रलाई सहयोग
दलित उत्थान केन्द्र, अर्जुनचौपारिलाई स्याङ्जा सहयोग समाज, कतार अर्जुनचौपारि इकाईले आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा स्थापना भएको पाँच महिनामा फड्को मारेको केन्द्रलाई अर्जुनचौपारि इकाईले एक लाख एक हजार नगद सहयोग गरेको हो ।
प्रवासीद्वारा विद्यालय भवन पुनर्निर्माण
प्रवासीको सहयोगमा जीर्ण महादेव माविको भवन पुनर्निर्माण गरिएको छ । वि.सं.२०७२ को भूकम्पले जीर्ण बनेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेगस्थित महादेव माविको भवन प्रवासमा रहेका बेगखोलाबासीको अगुवाइमा पुनर्निर्माण गरिएको हो ।
कांग्रेसका उम्मेदवार भट्टराई र राप्रपाका गुरुङले मात्रै मतदान गर्नुहुँदै
तनहुँ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्ने भएका छन् ।
घोडेपानीमा बन्दै लालीगुराँस पार्क
प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा लालीगुराँस पार्क बनाउन लागिएको छ। घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न लालीगुराँस पार्क बनाउन लागिएको हो। लालीगुराँस पार्कले पर्यापर्यटन अभिवृद्धि गरी टेवा पुर्याउने विश्वास गरिएको छ।
सुन्दर देखियो चुरेन र गुर्जा हिमाल (फोटो फिचर)
म्याग्दीको धवलागिरि गाउँपालिका –७ धारापानी र ताकम बस्ती गुर्जा हिमालको काखमै जस्तो देखिन्छ । समथर भूभाग, खेतीयोग्य जमिन र पुराना परम्परागत घरहरू अनि आँगनमै बसेर हिमाल हेर्न पाउनु यहाँको मुख्य विशेषता हो ।
पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग
सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ ।
तनहुँका सबै मतदान केन्द्रमा निर्वाचन सुरु
तनहुँ–१ को सबै मतदान केन्द्रमा उपनिर्वाचनको मतदान सुरु भएको छ । आइतबार बिहान ७ बजेदेखि ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
पर्यटक आगमन बढाउन भारतमा प्रचार
भारतका प्रमुख सहरहरूमा पर्यटन प्रवद्र्धन गर्दै पोखरासहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै भ्रमण सकिएको छ । कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, वाराणासी, अयोध्या र गोरखपुरलगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ वैशाख ३ गते हिँडेको २३ सदस्यीय टोली प्रवद्र्धन गरेर फर्किएको छ ।
बारा, चितवन र तनहुँमा शान्तिपूर्णरूपमा मतदान सुरु
बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ ।
तनहुँमा ११४ वर्षीया गोपीमाया पोख्रेलले मतदान गर्नुहुँदै
आज यहाँ हुने उपनिर्वाचनमा ११३ वर्षिय महिलाले मतदान गर्नुहुने भएको छ । भानु नगरपालिका–५ सेपावगैचाकी गोपीमाया पोख्रेलले मतदान गर्नु हुने भएको हो । गोपीमायाले सोही ठाउँ स्थित महादेवता आधारभूत विद्यालयको ‘क’ केन्द्रमा पुगेर मतदान गर्दै हुनुहुन्छ । मतदान सबैभन्दा महत्वपूर्णदान भएकोले भोट हाल्न जान्छु भनेको उहाँको नाती भरत पोख्रेलले बताउनुभयो ।
तनहुँमा उपनिर्वाचन क्षेत्रमा यातायात सेवा बन्द हुने
आइतबार हुने तनहुँ–१ को उपनिर्वाचन क्षेत्रमा यातायात सेवा बन्द गर्ने निर्णय भएको छ।
डेढ दशकमा बाढीपहिरामा परी ७५ को मृत्यु, १६ अझै बेपत्ता
बागलुङमा हरेक वर्ष बाढीपहिरामा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जतात्यतै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ ।
२५ वर्षमै प्रयोग नहुने अवस्थामा पुग्यो कालिगण्डकीको गेष्ट हाउस
कालिगण्डकी गाउँपालिका -५ मिर्मीमा रहेको कालिगण्डकी ए जलविद्युत परियोजनाको गेष्ट हाउस प्रयोग नहुने अवस्थामा पुगेको छ ।
उपनिर्वाचनका लागि तनहुँमा दुई हजार सुरक्षाकर्मी परिचालन
आइतबार हुने तनहुँ –१ को उपनिर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो पटक शनिबार विश्वासको मत लिँदै हुनुहुन्छ । शनिबार अल्पमतमा सरकार परेको २९ दिन पुग्छ ।
निर्देशिकाविपरीत कोभिड चल्ती कोष खाता
कोभिड भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालनका लागि छुट्टै खाता सञ्चालन गरेको पाइएको छ। सामाजिक विकास मन्त्रालयको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैङ्कमा एक विविध खाता सञ्चालन गरेकोमा सोही बैङ्कमा कोभिड चल्ती कोष भनी छुट्टै खाता सञ्चालन गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले देखाएको छ।
बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप
सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो ।
स्याङ्जामा डढेलोले खायो ६२ वन
सुक्खायामसँगै यहाँका वनहरूमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ ।
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसरह नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ ।
पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या
पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ ।