• १२ साउन २०८१, शनिबार

तनहुँमा ११४ वर्षीया गोपीमाया पोख्रेलले मतदान गर्नुहुँदै

blog

अमरराज नहर्की

तनहुँ, वैशाख १० गते ।  आज यहाँ हुने उपनिर्वाचनमा  ११३ वर्षिय महिलाले मतदान गर्नुहुने भएको छ । भानु नगरपालिका–५ सेपावगैचाकी गोपीमाया पोख्रेलले मतदान गर्नु हुने भएको हो  ।

गोपीमायाले सोही ठाउँ स्थित महादेवता आधारभूत विद्यालयको ‘क’ केन्द्रमा पुगेर मतदान गर्दै हुनुहुन्छ  । मतदान सबैभन्दा महत्वपूर्णदान भएकोले भोट हाल्न जान्छु भनेको उहाँको नाती भरत पोख्रेलले बताउनुभयो ।

एक भोटले पनि हार र जीत हुने भएकोले मतदानको ठुलो महत्व हुने हुँदा आफूले चाहेको उम्मेदवारलाई भोट दिन हजुरआमाले चाहेको पोख्रेललेबताउनुभयो । उहाँको जन्म वि.स. १९६६ भदौ ६ गते भएको नागरिकतामा उल्लेख छ । घरदैलोको क्रममा अधिकांश  उम्मेदवारहरु हजुर आमासँग भोट माग्न र आर्शिवाद लिन आएको पोख्रेलले जानकारी दिनुभयो ।