करेन्ट लागेर दुई शिक्षक गम्भीर घाइते
तनहुँमा आइतबार दिउँसो ४ः ३० बजे करेन्ट लागेर मोटरसाइकलमा सवार दुई शिक्षक गम्भीर घाइते हुनु भएको छ । घिरिङ गाउँपालिका –२ पार्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरू घाइते हुनु भएको हो ।
तनहुँमा जिप दुर्घटनामा चालकको मृत्यु ७ जना यात्रु घाइते
तनहुँमा आइतबार साँझ ७ः४५ बजे जिप दुर्घटना हुँदा चालको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
नवलपरासीमा फस्टाउँदो स्ट्रबेरी खेती
भित्री मधेश र तराईमा स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी मात्र होइन, खेती गरिन्छभन्दा र सुन्दा अचम्म लाग्न सक्छ तर नवलपरासीपूर्वमा यो खेती अहिले फस्टाउँदै गएको छ । जिल्लाको कावासोती नगरपालिका–७ का मिश्रा पराजुलीले व्यावसायिक स्ट्रबेरी खेती जिल्लामै पहिलो पटक सुरु गरेपछि अहिले भित्री मधेशमा फस्टाउँदै गएको छ ।
नेता इमान्दार नहुँदा देशको ढुकुटी रित्तियो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा इमान्दार नेताहरु नहुँदा देशको ढुकुटी रित्तिएको बताउनुभएको छ । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभामा आइतबार लामिछानेले सो कुरा बताउनुभएको हो ।
बेनी–जोमसोम सडक पाँच घण्टा बन्द हुने
हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्रै सडक बेनी–जोमसोम सडकखण्डमा बैशाख ४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार सो सडकखण्ड बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म दुई पटक गरेर पाँच घण्टा बन्दहुने भएको हो ।
भेडाबाख्रालाई निःशुल्क पीपीआर खोप
चापाकोट नगरपालिकाले भेडाबाख्रामा निःशुल्क पीपीआर खोप लगाएको छ । मान्छेमा जस्तै बाख्राहरूमा पनि ज्वरो आउने, नाकबाट सिँगान बग्ने र पखाला लाग्ने रोगबाट बचाउन पीपीआर खोप घरपालुवा भेडाबाख्रामा लगाइएको हो ।
गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने
गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ ।
१५ वर्षमा ७५ जनाको मृत्यु, १६ बेपत्ता
बागलुङमा बेमौसमी विपतबाट १५ वर्षमा ७५ जनाको मृत्यु भएको छ । विगत पन्ध्र वर्ष यताको बाढी पहिरोको तथ्याङ्क हेर्दा वि.स. २०६४ सालदेखि ०७९ सालसम्म बागलुङमा पहिरोमा परी ७५ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता छन् ।
निगुरो बेचेर मनग्य आम्दानी
पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आउनुभएको छ ।
कतारकी राजकुमारी अल्थानी अन्नपूर्ण हिमालको चुचुरोमा
कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो ।
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको हो ।
नयाँ वर्षमा पर्यटकले भरियो बन्दीपुर
बन्दीपुर नेपालीहरूको नयाँ वर्षको अवसरमा घुम्नका लागि धेरैको रोजाइमा परेको छ। नेपाली नयाँ वर्षमा पर्यटकीय नगरी बन्दीपुर भरिभराउ भएको छ। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्षमा आन्तरिक पर्यटक खचाखच भरिएको जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा बन्दीपुर सांस्कृतिक तथा मौलिक तथा परम्परागत सडक खाना महोत्सव गरिएको र पर्यटकको भिड लागेको उहाँले जानकारी दिनुभयो। बन्दीपुरको होटलमा बास बस्न आउने पहिलो पाहुनालाई एक रुपियाँमै बस्ने सुविधा प्रदान गरिएको प्रधानले बताउनुभयो।
राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा
राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ। सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ। तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा पर्नुभएको छ।
दुई सय मिटर गहिराइबाट बालिकाको शव निकालियो
कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्किएकी एक जना बालिकालाई सशस्त्र प्रहरीले करिब दुई मिटर गहिराइबाट निकालिएको छ ।
परिवर्तन संस्थागत गर्न पाँच वर्षका लागि गठबन्धन : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले परिवर्तन संस्थागत गर्न पाँच वर्षको लागि गठबन्धन गरिएको बताउनुभएको छ।
बीपीको बाटोमा देश हिंडाएका छौँ : नेता रिजाल
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले बीपी कोइरालाकै बाटोमा देश हिँडिरहेको बताउनुभएको छ । सत्ता गठबन्धनले शनिबार व्यास नगरपालिका –२ मा गरेको उपनिर्वाचन सभामा डा. रिजालले सो कुरा बताउनुभएको हो ।
दुई गाउँ जोड्ने झोलुङ्गे पुलको पाँच वर्षपछि उद्घाटन
म्याग्दीको रघुगङ्गा गाउँपालिका –१, स्थित वेग र बाँदुक गाउँलाई जोड्न निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
मुस्ताङमा कोभिड संक्रमण बढ्यो, १३ सक्रिय संक्रमित
हिमालपारिको जिल्ला मुस्ताङमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभित्र १३ जना सक्रिय सङ्क्रमित देखिएका छन् ।
सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन
हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ । वर्षमा करिब पाँच–छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ । जिल्लामा विकासका योजना धेरै छन् । केही निर्माणका क्रममा छन् भने केही सम्झौता सकिने बेलासम्म प्रक्रियामा नै पुगेका छैनन् ।
एउटै ठाउँमा एक सय अठासी देशका झण्डा फरफर
बागलुङको काठेखोला गाउँपालिका –५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ ।
तालचोक–बेगनास सडक स्तरोन्नति
लामो समयदेखि निर्माणको चर्चा चलिरहेको तालचोक–बेगनास सडकखण्डको स्तरोन्नति हुने भएको छ । विश्व बैङ्कको सहयोगमा उक्त सडकको स्तरोन्नति गर्न लागिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तोकिएकै मितिमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । प्रमुख आचार्यले भन्नुभयो, “तोकिएको समयभित्र निर्माण सम्पन्न गर्नुभयो भने कन्ट्र्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ ।”
शालिग्राम संरक्षण अभियान
कालीगण्डकी शालिग्राम शिला पाउने एक मात्रै नदी हो । हिन्दु धर्मशास्त्रअनुसार शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । पछिल्लो समय कालीगण्डकी क्षेत्रमा मानव अतिक्रमणले नदीको स्वरूप बदल्नुका साथै शालिग्राम शिलासमेत सङ्कटमा पर्न थालेको हो ।
मुस्ताङको ढुम्बा ताल
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बा तालमा शुक्रबार नयाँ वर्षको अवसरमा घुम्न आएका आन्तरिक पर्यटक
तनहुँमा तीन वटा मतदान स्थल अति संवेदनशील
वैशाख १० गते यहाँ हुने उपनिर्वाचन तीन वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ । समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ ।