• १७ असार २०८१, सोमबार

करेन्ट लागेर दुई शिक्षक गम्भीर घाइते

blog

तनहुँ, वैशाख ४ गते । तनहुँमा आइतबार दिउँसो ४ः ३० बजे करेन्ट लागेर मोटरसाइकलमा सवार दुई शिक्षक गम्भीर घाइते हुनु भएको छ । घिरिङ गाउँपालिका –२ पार्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरू घाइते हुनु भएको हो ।

मोटरसाइकल चालक जिल्ला लमजुङ मध्य नेपाल नगरपालिका –७ कपरपुटारका ५० वर्षीय तीर्थ घिमिरे र पछाडि सवार जिल्ला बझाङ तल्कोट गाउँपालिका वडा नं. २ बस्ने २७ वर्षीय जीवन रोकाया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  

विद्यालय छुट्टी भई घर फर्कने क्रममा ग १३ प ७०९ नं. को मोटरसाइकल सडक छेउमा लत्रिएको थ्री फेसको लाइनको तारमा छुन गई करेन्ट लाग्न जाँदा दुवै  घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाडले जानकारी दिनुभयो । घाइतेलाई उपचारको लागी पोखरा तर्फ पठाइएको घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

अमरराज नहर्की