• ४ जेठ २०८१, शुक्रबार

शालिग्राम संरक्षण अभियान

blog

नवीन शिशिर विक 

बागलुङ, वैशाख २ गते । कालीगण्डकी शालिग्राम शिला पाउने एक मात्रै नदी हो । हिन्दु धर्मशास्त्रअनुसार शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । पछिल्लो समय कालीगण्डकी क्षेत्रमा मानव अतिक्रमणले नदीको स्वरूप बदल्नुका साथै शालिग्राम शिलासमेत सङ्कटमा पर्न थालेको हो । 

अतिक्रमणले कालीगण्डकी सभ्यता नै सङ्कटमा पर्न थालेको कालीगण्डकी बचाऊ अभियानका अभियन्ताले चिन्ता व्यक्त गर्दै आएका छन् । नदी क्षेत्रका शालिग्राम शिला सङ्कटमा परेपछि संरक्षणका लागि बागलुङ नगरपालिका–४, कुँडुलेमा भूमिगत सङ्ग्रहालय निर्माण गरी राखिएको छ । 

शालिग्राम बचाउने अभियानमा आमनागरिकलाई जोड्न शालिग्राम महोत्सवको तयारी गरिएको छ । बागलुङ नगरपालिका–४, कुँडुलेमा रहेको रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम सङ्ग्रहालय व्यवस्थापन समितिलगायत धार्मिक संस्थाको अगुवाइमा महोत्सव हुने भएको हो । महोत्सवमा कालीगण्डकी नदी र शालिग्रामको महìव दर्शाउन विभिन्न क्रियाकलाप सञ्चालन गरिनेछ । नदी सभ्यता र शालिग्रामको संरक्षणमा आमनागरिकलाई प्रेरित गर्ने, शालिग्रामको महिमाबारे प्रचारप्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउन महोत्सवको तयारीमा जुटेकोे ऋषि प्रपन्नाचार्यले बताउनुभयो । 

वैशाख ११ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा कालीगण्डकी र शालिग्रामको महìवबारे कवि सम्मेलन, भजन, लोकगीत र रत्यौलीको माध्यमबाट प्रस्ट बनाउने लक्ष्य छ ।  स्थानीयसहित विभिन्न धार्मिकस्थलबाट आउने भक्तजन र धार्मिक अगुवाको सहभागिता रहने प्रपन्नाचार्यको भनाइ छ । 

झन्डै साढे छ करोड लागतमा बनाइएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा एक लाख १५ हजार शालिग्राम सङ्ग्रहित छन् । सङ्ग्रहालय निर्माणपछि शालिग्रामको महìवबारे धेरैले बुझ्ने अवसरसमेत पाएका छन् । यहाँ दैनिक दुई सयदेखि पाँच सय धार्मिक पर्यटक आउने गरेको बताइएको छ । प्रपन्नाचार्यले भन्नुभयो, “नदीमा लोप हुन लागेकाले शालिग्रामको सङ्ग्रहालय बनाउनुप¥यो । अब कालीगण्डकी बचाउन सकिएन भने शालिग्रामको अस्तित्व नै लोप हुनेछ ।” नदी किनारका ठूला ढुङ्गासमेत फोडेर सकिएकाले अब नदी सभ्यता पनि लोप हुने खतरा बढेको उहाँको भनाइ छ । 

नदीको सभ्यता जोगाउन र वातावरण संरक्षण गर्न राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने कालीगण्डकी बचाऊ अभियानका अभियन्ता राम शर्मा बताउनुहुन्छ । कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइने भएकाले ढुङ्गा, गिटी र बालुवा उत्खनन गर्दा संरक्षणलाई ध्यान दिएर नीति बनाउनुपर्ने शर्माको तर्क छ ।  

महोत्सवमा शालिग्रामको गौरवगाथा विषयक कवि गोष्ठी, कालीगण्डकी र शालिग्रामको काव्यव्यथा विषयक रत्यौली, आध्यात्मिक प्रवचन, शालिग्रामकै महिमा विषयक भजन, झाँकी र नृत्य तथा प्रवचन, कालीगण्डकी र शालिग्रामको कथाव्यथा विषयक आध्यात्मिक दोहोरी र प्रवचन समावेश गरिएको छ ।