पुराना एम्बुलेन्स सञ्चालनमा रोक
नवलपुरमा १० वर्ष पुराना एम्बुलेन्स सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ। जिल्ला एम्बुलेन्स सञ्चालन समितिको बैठकले १० वर्ष पुराना एम्बुलेन्स सञ्चालनमा रोक लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो। राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ अनुसार एम्बुलेन्स सञ्चालन, व्यवस्थापन र नियमन गर्न लागिएको स्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले बताउनुभयो। निर्देशिकाअनुसार प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी निर्माण भएको समितिले पुराना
प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेता तनहुँमा
पाँच दलीय गठबन्धनका शीर्ष नेता आज (बुधबार) तनहुँ आउनु हुने भएको छ । प्रधानमन्त्रीसहित शीर्ष नेता तनहुँ– १ को उपनिर्वाचनका लागि बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा चुनावी सभालाई सम्बोधन गर्न आउनु हुने भएको हो ।
नुहाउने क्रममा खोलामा डुबेर एक पुरुषको मृत्यु
खोलामा नुहाउने क्रममा डुबेर एक पुरुषको ज्यान गएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–६ पुर्कोटदहका ३७ वर्षीय भिमबहादुर कुँवरको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्यो प्याराग्लाइडिङ
नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् ।
एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार
काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा
सत्रौँ शताब्दीको तत्कालीन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट । तर, त्यही ज्यामरुककोट अहिले इतिहासभित्र हराएको छ । यहाँका ऐतिहासिक, सामरिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाहरू इतिहासकै गर्भमा तुहिएका छन् ।
वर्षाअघि एक सय ५५ पुल निर्माण सम्पन्न हुने
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकसँगै पुल निर्माणले गति लिएको छ । वर्षा अगाडि नै एकसय ५५ वटा साना ठूला पुल निर्माण हुने सडक निर्माण आयोजनाले जनाएको छ ।
बागेश्वरी मोटरमार्ग बनेपछि डेढ घण्टाको बाटो आधा घण्टामा छोटियो
भानुमार्ग र पृथ्वी राजमार्ग जोड्ने बागेश्वरी मोटरमार्ग बनेपछि स्थानीय बासिन्दालाई यात्रा अवधि छोटिएको मात्रै छैन धुलो खानुपर्ने र जाममा पर्नु पर्ने बाध्यता समेत हटेको छ ।
करबाकेली इको ट्रेकमा पर्ने आलडाँडा
म्याग्दीको करबाकेली इको ट्रेकमा पर्ने सुन्दर पर्यटकीय स्थल आलडाँडा पर्यटकको पखाइमा छ । अन्नपूर्ण गाउँपालिका -८ मा पर्ने आलडाँडा सुन्दर पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ ।
तनहुँ –१ मा गठबन्धनको चुनावी सभाको तयारी
पाँच दलीय गठबन्धनले तनहुँ –१ को उपनिर्वाचनका लागि चुनावी सभा गर्ने तयारी गरेका छन् । बन्दीपुर गाउँपालिका –४ डुम्रेबजारमा वैशाख ६ गते सभा गर्ने तयारी गरिएको हो । गठबन्धन तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहनुभएको सो क्षेत्रमा सभा गर्न लागिएको कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।
एउटै वडामा उस्तै प्रकृतिका दुई सङ्ग्रहालय
जनजाति सङ्ग्रहालय निर्माण स्थलको करिव दुई किलो मिटरको दुरी तल पर्ने काफलबोट क्षेत्रमा उस्तै प्रकृतिको जीमाक सङ्ग्रहालय निर्माण थालिएको छ । उक्त सङ्ग्रहालय निर्माणको अन्तिम चरणमा छ ।
खानेपानी संस्थाका प्रबन्धक पक्राउ
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मा पक्राउ पर्नुभएको छ ।
विस्थापित भएको २३ वर्षपछि फर्कियो विद्यालय
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका –२ सितापुरमा बाढीले विस्थापित भएको विद्यालय पुनः स्थापना भएको छ ।
जटायु रेष्टुरेन्ट पर्यापर्यटन र अध्ययनको गन्तव्य बन्दै
लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसँगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास हुँदैगएको छ ।
‘विजयी हुन एक ढिक्का भएर लाग्नुपर्छ’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवम् कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (क्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।
आलु महोत्सवमा पाँच करोडको आलु बिक्री
आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो ।
तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा
म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो ।
म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति
वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ ।
करेन्ट लागेर दुई शिक्षक गम्भीर घाइते
तनहुँमा आइतबार दिउँसो ४ः ३० बजे करेन्ट लागेर मोटरसाइकलमा सवार दुई शिक्षक गम्भीर घाइते हुनु भएको छ । घिरिङ गाउँपालिका –२ पार्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरू घाइते हुनु भएको हो ।
तनहुँमा जिप दुर्घटनामा चालकको मृत्यु ७ जना यात्रु घाइते
तनहुँमा आइतबार साँझ ७ः४५ बजे जिप दुर्घटना हुँदा चालको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
नवलपरासीमा फस्टाउँदो स्ट्रबेरी खेती
भित्री मधेश र तराईमा स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी मात्र होइन, खेती गरिन्छभन्दा र सुन्दा अचम्म लाग्न सक्छ तर नवलपरासीपूर्वमा यो खेती अहिले फस्टाउँदै गएको छ । जिल्लाको कावासोती नगरपालिका–७ का मिश्रा पराजुलीले व्यावसायिक स्ट्रबेरी खेती जिल्लामै पहिलो पटक सुरु गरेपछि अहिले भित्री मधेशमा फस्टाउँदै गएको छ ।
नेता इमान्दार नहुँदा देशको ढुकुटी रित्तियो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा इमान्दार नेताहरु नहुँदा देशको ढुकुटी रित्तिएको बताउनुभएको छ । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभामा आइतबार लामिछानेले सो कुरा बताउनुभएको हो ।