• ११ मंसिर २०८१, मङ्गलबार

खानेपानी संस्थाका प्रबन्धक पक्राउ

blog

नविन शिशिर विक

बागलुङ, वैशाख ४ गते । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मा पक्राउ पर्नुभएको छ । बागलुङ नगरपालिका –३ सुल्डाँडास्थित खानेपानी प्रशोधन केन्द्रमा कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा शर्मा पक्राउ पर्नुभएको हो । 

कर्मचारी र परिवारका सदस्यमाथि शर्माले अभद्र व्यवहार गरेको सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक राजाराम खडकाले जानकारी दिनुभयो । पक्राउ पर्ने शर्मा बागलुङ नगरपालिका –३ रात्माटाका स्थानीयवासी हुनुहुन्छ ।