• १३ मंसिर २०८१, बिहिबार

नारायणगढ–बुटवल सडकखण्ड

वर्षाअघि एक सय ५५ पुल निर्माण सम्पन्न हुने

blog

नारायणगढ–बुटवल सडकको देवचुली क्षेत्रमा पुल निर्माण कार्य हुँदै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, वैशाख ५ गते । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकसँगै पुल निर्माणले गति लिएको छ । वर्षा अगाडि नै एकसय ५५ वटा साना ठूला पुल निर्माण हुने सडक निर्माण आयोजनाले जनाएको छ । 

बुटवल–नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवं ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुँदैछ । एक सय १४ किमीमध्ये २८ किमीमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ । हालसम्म नारायणगढ–बुटवल सडकको प्याकेज –१ मा ३२ प्रतिशत, प्याकेज २ मा २३ प्रतिशत काम सम्पन्न भएको छ ।

पूर्वीखण्ड र पश्चिमखण्डमा साना–ठूला गरेर ३४ वटा पुल रहेका छन् । सडक निर्माणका क्रममा फोर लेन सडक अन्तर्गतका १२ ठूला (मेजर) पुलमध्ये ११ मा फाउन्डेसन, फाइल फाउन्डेसनको काम सकिनै लागेको, सब स्ट्रक्चर तथा सुपर स्ट्रक्चरको काम भइरहेको बताइएको छ । 

जयश्री, पत्थरखोला, बौलाह खोला, झरही खोला, मुकुण्डे खोला, लोकाहखोला कावासोती डण्डा खोला, गिरवारी खोला, अरुण खोला, विनयी खोला र ज्यामिरे खोलाको पुल निर्माण कार्य अघि बढेको छ । 

यसैगरी माइनर ब्रिज २२ मध्ये १५ वटा सकिएको र ६ पुलमा निर्माण कार्य भइरहेको चाइना स्टेट कन्स्ट्रक्सनका डेपुटी कनट्र्याक्ट म्यानेजर राकेश झाले बताउनुभयो । यहाँका जयश्री, पत्थरखोला, बौलाह खोला, झरही खोला, मुकुण्डे खोला, लोकाहखोला कावासोती डण्डा खोला, गिरवारी खोला, अरुण खोला, विनयी खोला र ज्यामिरे खोलाको पुल निर्माण कार्य अघि बढेको छ । 

अरुण खोला पुलबाहेक अरू सबै वर्षायामअघि नै गाडी गुडाउन मिल्ने बनाउने लक्ष्यका साथ काम भइरहेको झाले बताउनुभयो । दुवै खण्डमा निर्माणाधीन पुलमा विभिन्न चरणमा काम भइरहेको छ । आगामी आव.सम्म सडक र पुल दुवै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण गर्न बाँकी रहेका साना पुल बढी छन् । अहिलेसम्म ठूला पुलमा जगको काम भइसकेको छ । उहाँले भन्नुभयो, “पुलमा मुख्यगरी जगको काम भएपछि माथिल्लो भागमा समय धेरै लाग्दैन ।”

कल्भर्टहरूमा २ सय १५ मध्ये १०५ कल्भर्ट निर्माणको काम सकिनुका साथै ४९ वटामा काम भइरहेको र बाँकी निर्माणाधीन अवस्थामा रहेको छ । यसकासाथै हाल सडकको कतिपय ठाउँमा माटो पुर्ने, सम्म्याउने तथा मिलाउने काम भएको छ । ४ किलोमिटर कालोपत्रे भइसकेको छ भने वर्षाअघि १५ देखि २० प्रतिशत कालोपत्रे हुने ढकालले बताउनुभयो । 

दुई प्याकेजमा निर्माण भइरहेको सडकको गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपियाँ तथा दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपियाँ छ । 

एसियाली विकास बैङ्क एडिबीका ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ छ । लागतको ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ । बाँकी नेपाल सरकारकै लगानीमा निर्माण हुनेछ । 

दुई प्याकेजमा निर्माण भइरहेको सडकको गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपियाँ तथा दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपियाँ छ ।