• १४ पुस २०८१, आइतबार

बेनी–जोमसोम सडक पाँच घण्टा बन्द हुने

blog

फाइल तस्बिर

अमृतप्रसाद पौडेल

म्याग्दी, बैशाख ३ गते । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्रै सडक बेनी–जोमसोम सडकखण्डमा बैशाख ४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार सो सडकखण्ड बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म दुई पटक गरेर पाँच घण्टा बन्दहुने भएको हो । 

कालिगण्डकी कोरीडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको रुप्से सडकखण्डमा बेलिब्रिजसहित पहिरो रोकथामको कार्य र सडक बिस्तार एवम् स्तरोन्नतिको काम भएकाले उक्त समयमा सडक बन्द हुनेछ । 

हाललाई बैशाख ४ गतेदेखि २० गतेसम्म बन्द हुने सहायक प्रजिअ पन्तको भनाइ छ । एम्बुलेन्स तथा दमकल लगायतका अत्यावश्यक साधन भने सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

यसैबीच बागलुङ–बेनी सडकखण्डमा कालोपत्रे गर्न बैशाख ५ गते देखि बन्द हुनेभएको छ । बागलुङ–बेनी सडकखण्डमा कालोपत्रे गर्न बैशाख ५ देखि १२ गतेसम्म सडक बन्द गरेर निर्माण कार्य गर्नुपर्ने भएकाले सो समय सडक बन्द हुने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयले सूचना जारी गरेर उक्त समयमा सडक बन्द हुने जानकारी गराएको हो ।