तनहुँमा चितुवा आतङ्क : ६ वर्षमा १४ बालबालिकाको मृत्यु
तनहुँमा नरभक्षी चितुवाको आक्रमणमा परेर ६ वर्षमा १४ जना बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले धेरै आतङ्क मच्चाएको छ ।
सडकले खोल्यो लुलाङ गाउँको समृद्धि
धवलागिरि गाउँपालिका -२ लुलाङकी ७७ वर्षीया धोबी विक घर आँगनमा बस आउँदा दङ्ग हुनुहुन्छ । गाउँपालिका केन्द्र सम्म पुगेको सडक विस्तार गरेर चार महिना अघि दुर्गम लुलाङ गाउँमा सडक पुगेको हो ।
पढ्दै कमाउँदै कार्यक्रम सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी पढाइसँगै कृषि पेसामा आबद्ध भएका छन्। आँबुखैरेनी गाउँपालिकाले विद्यार्थीलाई सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्न ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयनमा ल्याए पनि विद्यार्थी आबद्ध भएका हुन्। कार्यक्रमअन्तर्गत पालिकाले वडा नं.–४, आमडाँडावेशीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगदे बाली अदुवा र हलेदो(बेसार) खेती गरेर सहभागितामूलक शिक्षा दिन थालिएको छ।
रोकियो अन्नपूर्ण रिङरोड योजना
अन्नपूर्ण गाउँपालिकाका माथिल्लो बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी परिकल्पना गरिएको रिङरोड अलपत्र परेको छ। सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहको बेवास्ता र बजेट अभावको कारण देखाउँदै उक्त सडक योजना पूरा नहुँदै बीचमै रोकिएको हो। पर्वतको जलजला गाउँपालिका–५, फलामे डाँडाबाट सुरु भई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बस्ती राम्चे, हिस्तान, शिख, नारच्याङ, कोप्चेपानी हुँदै मुस्ताङको घाँसा जोड्ने गरी तत्कालीन जिल्ला विकास समितिले १५ वर्षअघि उक्त सडक योजनाको परिकल्पना गरेको थियो।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताउनुभएको छ ।
गोही संरक्षणका लागि घडियाल काव्य उत्सव
अति सङ्कटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नवलपुरको रजहरमा घडियाल काव्य उत्सव गर्न लागिएको छ । ‘प्रकृतिसँग साहित्य, घडियाल काव्य उत्सव’ वैशाख २२ र २३ गते गर्ने तयारी भएको आयोजकले जनाएको छ ।
चितुवा आतङ्कले बढायो वनमा डढेलो
तनहुँका चितुवा आतङ्कले वन डढेलो बढेको छ । डढेलो लगाउँदा चितुवा लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको हो ।
गुर्जामा जीवित छ छन्त्याल संस्कृति (फोटो फिचर)
मौलिक कला संस्कृति र जीवनशैली गुर्जाको पहिचान हो । करिब ७ सय वर्ष पहिला खानी उत्खनन्को खोजी गर्दै छन्त्यालहरु जुम्लाको सिंजाबाट गुर्जा आएको भनाइ छ ।
‘घिउ र बस्तुभाउ बेचेर छोरी पढाएँ’
अन्नपूर्ण गाउँपालिका –८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मूलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ ।
पुर्ख्यौली नाच समूहलाई भेषभूषाका सामग्री प्रदान
जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जाका छन्त्यालहरूको पुर्ख्यौली नाच समूहलाई भेषभूषाका सामाग्री प्रदान गरिएको छ ।
मुख्यमन्त्री पाण्डेद्वारा विश्वासको मत लिने तयारी
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएको छ। वैशाख १४ गते पाण्डे गण्डकी प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। नियुक्त भएको दोस्रो दिन मुख्यमन्त्री पाण्डेले बिनाविभागीय दुई मन्त्रीसहित शपथ लिनुभएको थियो। शपथ लिनेमा माओवादीबाट सुशीला सिम्खडा र नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी रहनुभएको छ।
फेरिँदै जनजीवन
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ स्थित विकट बाँदुक गाउँबाट सोही वडाको बेग जान र आउन स्थानीयवासीलाई तीन घण्टा समयको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो। स्वास्थ्य, शिक्षालगायत सरकारी सेवा सुविधा प्राप्त गर्नका लागि घुमाउरो बाटो हिँडेर बेग–बाँदुक आवतजावत गर्दा स्थानीयले सधैँ सास्ती बेहोर्नु पथ्र्यो। अहिले भने बेग र बाँदुकवासीले घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटिसकेको छ। बेगखोलामाथि ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि बाँदुकका कृष्ण गर्बुजा दङ्ग हुनुहुन्छ। वारिपारि बस्ती। स्थानीय दैनिक वारपार गर्न निकै कठिन थियो। केही समयअगाडि पुल निर्माण भएपछि बेग–बाँदुक जोड्ने झोलुङ्गे पुल बनेपछि दुवै गाउँको दैनिकी नै बदलिएको छ।
मोहरेडाँडामा खानेपानीको समस्या
नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं. ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो ।
मध्यविन्दुमा जग्गा नापजाँच सुरु
नवलपुरको मध्यविन्दु नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँच सुरु गरेको छ ।
इलाका प्रशासन कार्यालय वालिङको सेवा प्रवाह सुरु
इलाका प्रशासन कार्यालय वालिङले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वालिङ ९ सुर्काैँदीमा ४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरिएको हो ।
रुप्से झरनामा रमाउँदै पर्यटक
अहिले हिउँद सकिएको छ भने वर्षायाम सुरु भइसकेको छैन। मौसम पनि खासै सोचेजस्तो छैन। यो समयमा बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने रुप्से झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ। रुप्से झरनाको पानी गहिरो अन्ध गल्छीमा पुगेर कालीगण्डकी नदीमा मिसिन्छ। आन्तरिक तथा बाह्य पर्यटक रुप्सेको मनमोहक दृश्य प्रत्यक्ष हेर्न लालायित हुने गर्छन्।
विद्यार्थीको रोजाइमा बेनी सामुदायिक विद्यालय
गाउँगाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या साह्रै न्यून छ। अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋणधन गरेरै निजी विद्यालयमा छोराछोरी पढाउन थालेका छन्। विद्यार्थी घट्दै गएपछि म्याग्दीका केही पालिका विद्यालय समायोजन गर्ने तयारीमा छन्।
बढ्न थाले भाइरल ज्वरोका बिरामी
तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढेका छन्। बिरामीको चाप धेरै भएकाले सरकारी तथा निजी स्वास्थ्य संस्थामा भिडभाड भएको छ। जिल्लाभर ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका बिरामी बढिरहेका छन्। सदरमुकाम दमौलीका अतिरिक्त डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौँडाका स्वास्थ्य संस्थामा बिरामी बढेका हुन्। अहिले पहिलेभन्दा झन्डै दोब्बर बिरामी उपचारका लागि आउने गरेको दमौली अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिवस ढकालले जानकारी दिनुभयो।
१५ दिनदेखि आमा र छोरा बेपत्ता
तनहुँको व्यास नगरपालिका –१० बीपी भञ्ज्याङ्ग निवासी २० वर्षीया राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । बेपत्ता भएको लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि हारगुहार गरेका छन् ।
आगलागी नियन्त्रणमा मृत्यु भएको परिवारलाई सहयोग
कालिगण्डकी गाउँपालिकाले आगलागी नियन्त्रणका सिलसिलामा घाइते भई मृत्यु भएको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
सीप सङ्कटमा
बागलुङ काठेखोला गाउँपालिका–६ का दिलबहादुर परियारले कपडा सिलाउने र चोयाका सामग्री निर्माण तथा बिक्रीबाट परिवार पाल्नुभयो। उहाँ गाउँका वनपाखामा पाइने निगालो तथा बाँसबाट चोया काटेर त्यसबाट घरेलु प्रयोगका सामग्री डोका, नाम्ला, थुन्से बिक्री गर्नुहुन्थ्यो। चोयाका सामग्री बिक्रीबाट आउने पैसाले परिवार जसोतसो चलेकै थियो। उहाँको जीवन धान्न सहयोग पुगेको परम्परागत सीप युवा पुस्ताले सिकेनन्।
यातायात सेवा प्रविधिमैत्री बनाइने
पदभार ग्रहणलगत्तै बसेको तीन मन्त्रीपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सवारीचालक अनुमतिपत्र वितरण प्रक्रिया छिटो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्न कार्यदलसमेत गठन गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथलगत्तै बसेको मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो।
राम्दीमा बन्दै नमुना पुल
कालीगण्डकी नदी राम्दीमा थप डिजाइनसहित नमुना पुल बन्ने भएको छ। पुल महाशाखा काठमाडौँले राम्दीमा ‘आर्च थ्रु डिजाइन’को मोटरेबल पुल निर्माण गर्न लागेको हो। सिद्धार्थ राजमार्ग सडकखण्डको प्रदेश नम्बर ४ को स्याङ्जा र प्रदेश ५ को पाल्पा जोड्ने पुल बनिरहेको छ। अमेरिका र थाइल्यान्डमा पुल क्षेत्रमा काम गर्नुभएका नेपाली डिजाइनरले उक्त पुलको डिजाइन गर्नुभएको हो। आर्च थ्रु डिजाइनमा निर्माण हुन लागेको राम्दी मोटरेबल पुल १०८ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने पुल सेक्टर पोखराका प्रमुख नवराज बास्तोलाले बताउनुभयो।
मिलीजुली दिदीबहिनी समूह चौतारी संरक्षण अभियानमा (फोटो फिचर)
तनहुँको म्याग्दे गाउँपालिका –१ माथिल्लो गुणादीस्थित मिलीजुली दिदीबहिनी समूहले चौतारी संरक्षण गर्न कम्मर कसेर लागेका छन् । अभियानका क्रममा समूहले चन्दा सङ्कलन गरी एक चौतारी निर्माण गरेका छन् ।