• १३ मंसिर २०८१, बिहिबार

संविधानको रक्षा गर्न गठबन्धन गरेका हौँ : कांग्रेस नेता कोइराला

blog

तनहुँमा आयोजित चुनावी सभामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालालगायत ।

अमरराज नहर्की

तनहुँ, वैशाख ६ गते। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. शशाङ्क कोइरालाले संविधान रक्षाको लागि सत्तारुढ दलबीच गठबन्धन गरिएको बताउनुभएको छ। 

व्यास नगरपालिका–१ भादगाउँ पाँच दलीय गठबन्धनले गरेको चुनावी कोण सभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो। ७० वर्षपछि संविधान त्यसको संरक्षण गर्नु दायित्व भएको उहाँको भनाइ छ। 

उहाँले सम्भावना नै सम्भावनाको भएको देश भएकाले कांग्रेस उम्मेदवार  भट्टराई जस्तोसुकै परिस्थितिको सामाना गर्न सक्ने, सिद्धान्तनिष्ठ, कर्तव्य निष्ठ तथा बिपीको बाटोमा हिँडिरहेको आदर्श पुरुष जस्तै लाग्ने कोइरालाले बताउनुभयो।