वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
अर्जुनचौपारी गाउँपालिकाले वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाले गरेको शिविरमा ३६२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ३१ थरिका औषधि वितरण गरिएको थियो ।
कुश्मिसेरा–राङ्खानी सडक : दुई वर्षको काम चार वर्षमा आधा
निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगको मुख्य सडकका रूपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र भइसक्थ्यो ।
मुग्लिन–पोखरा सडक: पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो ।
सेवा प्रवाह चुस्त बनाउन निर्देशन
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी सेवा प्रवाह चुस्त बनाउन निर्देशन दिनुभएको छ । गृह जिल्ला गोरखाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उहाँले जनताले महसुस गर्ने गरी काम गर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो मुख्य जोड भनेको जनतालाई सर्भिस डेलिभरी दिने हो । यसलाई अझै ध्यान दिनुहुने छ भन्ने मेरो विश्वास छ ।”
मार्फामा उत्पादित बिउ देशका विभिन्न भागमा
मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले उत्पादन गरेको तरकारीको बिउ देशका विभिन्न भागमा पुग्ने गरेको छ । शीतोष्ण हावापानीमा उत्पादन भएको बिउबाट उत्पादन राम्रो हुने भएकाले पनि त्यसको माग उच्च हुने गरेको छ ।
पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताउनुभयो ।
सडकले जोडियो अग्लो बस्ती मुठाचौर
मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजङ्गल । चारैतिर घना जङ्गलले घरिएको मुठाचौरमा ढुङ्गा, माटो र काठले बनेका कलात्मक घर छन् । यी घरमा वर्षको सात महिना ताला लगाइएको हुन्छ ।
अनागरिक बनाउनु जघन्य अपराध : एमाले नेता ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचार र मानव बेचबिखनको कोही पनि दोषी उम्कन नहुने बताउनुभएको छ । उहाँले कुनै व्यक्ति मन परेन भनेर जबरजस्ती तान्न खोज्ने या मेरो मान्छे परो भनेर संरक्षण गर्न खोज्ने कुनै पनि गतिविधिहरू स्वकार्य नहुने बताउनुभयो ।
तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते
तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास –८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।
मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने
सम्झौतापत्रमा टानका अध्यक्ष नीलहरि बास्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मुस्ताङ जाने गाडी भाडा घट्यो
हिमालपारिको जिल्ला मुस्ताङ देखि चल्ने लामो दूरीको यातायातका साधनमा बिहीबारदेखि लागू हुने गरिएको नयाँ भाडा दर कायम गरिएको छ ।
निःशुल्क एम्बुलेन्स सेवा
तनहुँको बन्दीपुर गाउँपालिकाले सुत्केरी, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य संस्थामा जाँदा र आउँदा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।
चट्याङ लागेर एक जनाको मृत्यु
वर्षा सँगै परेको चट्याङ लागेर मङ्गला गाउँपालिका–३ मा एक जना महिलाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–३ सातबिसे घर भै मङ्गला गाउँपालिका–३ कै घाम्ताङमा छोरीको घरमा गएकी ६० वर्षीया महिला चट्याङ्ग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो ।
नवलपुरमा बसपार्क निर्माण कार्यले गति लिन सकेन
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कायम भएको आठ वर्ष बितिसके पनि बसपार्क निर्माण हुन सकेको छैन । केही पालिकाहरुले बसपार्क पार्किङका काम अघि बढाए पनि फितलो तयारीका कारण सवारी साधन सडकमै राख्नुपर्ने अवस्था छ ।
रत्न मन्दिर गणतन्त्र दिवसमा खुल्ने
पोखराको रत्न मन्दिर र हिमा गृह गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गते खुल्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लेकसाइडस्थित रत्नमन्दिरको अवलोकन गर्नुहुँदै जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर मन्दिर परिसर खुला गर्ने जानकारी दिनुभयो ।
साकार भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना
स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३औँ पटकको प्रयास पनि असफल भएको छ ।
सुत्केरी, अशक्त र अपाङ्गलाई निःशुल्क एम्बुलेन्स सेवा
तनहुँको बन्दीपुर गाउँपालिका सुत्केरी, अशक्त तथा अपाङ्गता भएकाले स्वास्थ्य संस्थामा जाँदा र आउँदा निःशुल्क एम्बुलेन्स पाउने भएका छन् । स्वास्थ्य सूचकाङ्क सुधारका लागि यो सुविधा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
अनुदानमा माछाको भुरा पाएपछि कृषक खुसी
तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा माछाका भुरा प्रदान गरेपछि व्यावसायिक माछा पालक कृषक खुसी भएका छन् ।
कृषकलाई धानको बीउ वितरण
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो ।
करोडौँका स्वास्थ्य सामग्री अलपत्र : पर्याप्त जनशक्ति नहुँदा असहज
पर्वतको कुस्मामा रहेको पर्वत अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा अस्पतालमा रहेका करोडौँ मूल्यका स्वास्थ्य सामग्रीसमेत प्रयोगविहीन बनेका छन्। १५ शय्या क्षमताको अस्पतालमा पुरानो दरबन्दी अनुसारका स्वास्थ्यकर्मीसमेत नहुँदा सामान्य रोगका बिरामीसमेत बाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ। अस्पतालमा गम्भीर बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटर, आइसियु सञ्चालन गर्नसमेत समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुक्मिना अधिकारीले बताउनुभयो।
जग्गाको कित्ताकाट खुल्याे
स्याङ्जाको वालिङ नगरपालिकाले आंशिक रूपमा जग्गाको कित्ताकाट सुरु गरेको छ । राष्ट्रिय भू-उपयोग ऐन २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरू, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको वर्गीकरण गरेपछि जग्गाको कित्ताकाट सुरु हुन लागेको हो ।
६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल
मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धौलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् ।
लोपोन्मुख समुदायको संस्कृति संरक्षणमा 'लाठीनाच'
पछिल्लो समय पूर्वी नवलपरासीको थारु समुदायका युवाको 'लाठीनाच' राम्रो आम्दानीको स्रोत बनेको छ ।
आँबुखैरेनी अस्पतालमा आँखा उपचार सेवा सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा आँखा उपचारको लागि सहज भएको छ । गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएसँगै उपचारको लागि सहज भएको हो ।