प्रदेश सरकार भएको महसुस हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकमा जनतासँग प्रदेश सरकार छ भन्ने महसुस हुने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो। उहाँले बिहीबार आयोजित बैठकमा यस्तो बताउनुभएको हो। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “हामीले सर्वसाधारण नागरिकको सेवा सधैँ गर्नु पर्छ। दुःख परेका बेलामा सहयोगको आशा अझै धेरै हुन्छ। हामीले विपत्का समयमा सरकार हामीसँगै छ भन्ने महसुस नागरिकलाई गराउनुपर्छ। यो हाम्रो कर्तव्य पनि हो।” उहाँले प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न सम्बन्धित पक्षसँग अनुरोध गर्नुभएको छ। विपत्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन पनि दिनुभएको छ।
पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’
पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु हुँदैछ ।
लमजुङको भलायखर्क केन्द्रबिन्दु भएर भूकम्प
लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
गोरखामा जन्ती बोकेको जिप दुर्घटना: पाँच जनाको मृत्यु
गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
ड्रागन बोट रेस फेस्टिभलकाे अभ्यास गरिँदै
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा यही असार ८ र ९ गते पोखरामा हुने नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’का लागि बिहीबार बिहान फेवातालमा अभ्यास गरिँदै ।
वैतनिक वकिलको कार्यशैलिमाथि प्रश्न
म्याग्दीको बेनीमा आयोजित मानवअधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वैतनिक वकिलको कार्यशैलीमाथि प्रश्न उठाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक पूर्व समीक्षा तथा मानवअधिकार अन्तरक्रिया कार्यक्रममा सो प्रश्न उठाइएको हो ।
ड्रागन बोट रेस फेस्टिभल’का अभ्यास गरिँदै
नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ अभ्यास गरिएको छ ।
ग्रामीण सडक सुरक्षा कार्यक्रम सञ्चालन
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको आयोजनामा ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम’ सञ्चालन गरिएको छ ।
‘खाऔँ आफ्नो बारीको नखाऔँ सीमापारिको’
म्याग्दीको मालिका गाउँपालिकाले कृषि खेतीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै रोजगारी सिर्जना र पालिकावासीलाई आत्मनिर्भर बनाउन ‘खाऔँ आफ्नो बारीको, नखाऔँ सीमापारिको’ भन्ने नारालाई आत्मसात् गर्दै तरकारी र फलफूल खेतीलाई प्राथमिकतामा राखेको छ।
गाउँमै रोजगारी पाउँदा खुसी
व्यास नगरपालिका–१४ का लेखविक्रम थापा यति बेला सडक खन्ने कार्यमा व्यस्त हुनुहुन्छ । आर्थिक विपन्नताले गर्दा परिवारको खर्च धान्न निकै असहज भएको समयमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाबाट उहाँले सय दिन बराबरको रोजगारी पाउनुभएको छ। बेरोजगारको सूचीमा सूचीकृत भएपछि थापाले रोजगारी पाउनुभएको हो।
किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल
वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन् ।
दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाको सहयोग
तनहुँको आँबुखैरेनी गाउँपालिकाले दुर्घटनामा निधन भएका दुई परिवारलाई राहत प्रदान गरेको छ । गत वैशाख २० गते पृथ्वीराज मार्गमा पर्ने बन्दीपुर गाउँपालिका–५ आँधी खोलामा ट्रकको ठक्करबाट मृत्यु भएकाका परिवारलाई प्रदान गरिएको हो ।
मालिकामा कृषि खेतीलाई प्राथमिकता दिने नीति
म्याग्दीको मालिका गाउँपालिकाले कृषि खेतीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय योग दिवस
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा भारतीय दूतावासले आयोजना गरेको योग शिविरमा योग अभ्यास गर्दै सहभागीहरु
मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजीमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका –२ एक्लेफाँटमा भएको दुर्घटनामा लम्जुङ, सुन्दरबजार न.पा.–९ बस्ने ५८ वर्षीय चन्द्र ब. गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिनुभयो ।
बजेट अभावमा प्रशासकीय भवनको निर्माण अलपत्र
सङ्घीय सरकारबाट बजेट नआउँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा समस्या भएको छ । गाउँपालिकाको वडा नम्बर ३ घट्टेखोलास्थित निर्माणाधीन भवनका लागि सङ्घीय सरकारबाट आउनुपर्ने बजेट समयमै नआउँदा भवनको काम अलपत्र परेको हो ।
पोखरा महानगरद्वारा पोखरा भ्रमणका लागि चिनियाँ नागरिकलाई निम्तो
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल—चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरूको वृद्धि हुने बताउनुभएको छ ।
पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको हो : चिनियाँ राजदूत सोङ
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताउनुभएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताउनुभएको छ ।
पोखरा विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरूले जागरूकता देखाउनुपर्ने बताउनुभएको छ ।
पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जनाएको हो ।
नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ उचाइमा पुगेको छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाइ झैँ अघि बढिरहेको बताउनुभएको छ ।
बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका –५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।
आचार्य बालकृष्णको जिल्लामा योग मोह, गाउँगाउँमा चल्छ नियमित योग
पछिल्लो समय योग सिक्ने र यसको साधना गर्नेको सङ्ख्या बढेको छ । आचार्य बालकृष्णको गृह जिल्ला भएर पनि यहाँ योगको प्रभाव राम्रो देखिन्छ ।