गोरखामा सात सय ३३ जनामा डेंगु, तीन सय ७३ जनामा स्क्रब टाइफस
गोरखाामा सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जिल्लामा अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा साउन, भदौ र असोज १० गतेसम्म सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले जानकरी दिनुभयो ।
ढोरपाटन– सिकार र पर्या–पर्यटनको आधार
ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।
पोखरा महानगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गर्दै
पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
पर्यटन दिवसमा लेकसाइडमा मिनी सडक महोत्सव
राजधानी पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा विश्व पर्यटन दिवसको अवसरमा मिनी सडक महोत्सव हुने भएको छ । आङ्ग्रेजी नयाँ वर्षमा भव्य सडक महोत्सव गर्दै आएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसको दिन शुक्रबार साँझ महोत्सव गर्न लागेको हो ।
बुकीमा चरेका च्याङ्ग्राको माग उच्च
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ ।
पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय सङ्ग्रहालय
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।
अझै सम्पन्न भएन कालीगण्डकी कोरिडोर चराङ–छोसेर सडकखण्ड
चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम आठ वर्ष बित्दा पनि पूरा भएको छैन ।
नागरिकताभन्दा राहदानी लिने धेरै
तनहुँमा नेपाली नागरिकता बनाउनेभन्दा विदेश जाने अनुमतिपत्र अर्थात् राहदानी बनाउने सेवाग्राही धेरै भएका छन् ।
प्राथमिकताका आधारमा योजना तर्जुमा
धवलागिरि म्याग्दी जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका हो । यो गाउँपालिकाका अध्यक्ष २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रेमप्रसाद पुन निर्वाचित हुनुभयो ।
पाँच पालिकामा एक सय ९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ ।
ढोरपाटनमा सुविधासम्पन्न पर्यटन सूचना केन्द्र बन्दै
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रम : सडक ढलानमा स्थानीयलाई अवसर
बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् ।
मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र अगाडि लाग्नुपर्छ : संस्कृतिमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र अगाडि लाग्नुपर्ने र सरकारले पछाडिबाट सहयोग गर्नुपर्ने बताउनुभएको छ।
आपत्कालीन गोदामघरको गृहमन्त्री लेखकद्वारा उद्घाटन
गृहमन्त्री रमेश लेखकले पोखरामा रहेको पुरानो विमानस्थल क्षेत्र भित्र निर्माण गरिएको आपत्कालीन गोदाम घरको भर्चुअल माध्यमबाट बुधबार उद्घाटन गर्नुभएको छ।
गोरखाको सामागाउँमा हेलिप्याडमा ढुङ्गा थुपारेर अवरोध
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको हेलिप्याडमा ढुङ्गा र निलो झण्डा गाडेर सामागाउँका स्थानीयवासीले हेलिकप्टर ल्याण्ड गर्न नदिएर अवरोध गरेका छन् ।
कृषि कर्मबाट युवाको लोभलाग्दो आम्दानी
गाउँका युवाहरू दैनिक विदेश जानेक्रम बढिरहँदा यहाँका एक युवा विदेश जानेलाई चुनौती दिँदै पशु तथा फलफूल खेतीलाई मुख्य पेसा बनाउनु भएको छ ।
बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन
काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।
बागलुङमा सात सय ९८ जनामा डेंगु सङ्क्रमण
बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगु परीक्षणको हो ।
एमसिसि परियोजनाबाट प्रभावित बासिन्दा आन्दोलित
उचित मूल्य निर्धारण नभएको भन्दै तनहुँमा एमसिसि परियोजनाबाट प्रभावित बासिन्दा आन्दोलित भएका छन् । परियोजनाअन्तर्गतको ४०० केभी विद्युत प्रसारण लाइनका लागि विद्युत टावर रहने जग्गाको जग्गाधनीहरु आन्दोलित भएका हुन् ।
‘मिटरब्याजी विद्यालय’ लाई कारबाही सिफारिस
नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ शङ्खदेवमा रहेको श्री शिक्षाबोधनी (सामुदायिक) माध्यमिक विद्यालयलाई कारबाही सिफारिस भएको छ ।
कोरला नाकामा सञ्चार सुविधा विस्तार
बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे ।
चोरीमा संलग्न व्यक्ति प्रहरी नियन्त्रणमा
गोरखामा योजनाबद्ध ढङ्गबाट सुनको सिक्री चोर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिक्री लुटपाटमा संग्लग्न गोरखाको शहिद लखन गाउँपालिका – ९ नाम्जुङका ३८ वर्षीय सुनिल बिक र ललितपुर उपमहानगरपालिका – १६ का ३७ वर्षीय शैलेश ताम्रकारलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
वालिङमा प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर
स्याङ्जाको वालिङमा मासिक रुपमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । वृद्धवृद्धा र असक्तहरुका लागि लक्षित गरी प्रत्येक महिना स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक
विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो ।