प्रथम पिङ्क सिटी महोत्सव अपाङ्गमैत्री बनाइने
स्याङ्जाको वालिङमा सञ्चालन हुन लागेको ‘प्रथम पिङ्क सिटी महोत्सव वालिङ—२०८१’ लाई अपाङ्गमैत्री बनाइने भएको छ । यही फागुन २१ देखि चैत ३ गतेसम्म वालिङ खेलमैदानमा सञ्चालन हुने महोत्सवलाई फरकशैलीबाट सञ्चालन गर्न लागिएको हो ।
पोखरा शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले २४ सैं घण्टा सेवा दिन सुरु गरेको छ । २०७९ भदौ २२ गते बहिरङ्ग सेवा सुरु गरेको अस्पतालले बिहीबारबाट २४ सैं घण्टा सेवा दिन थालेको हो ।
आधारभूत विद्यालयमा मगर भाषा अध्यापन
बिरुवा गाउँपालिका–४ स्थित जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन हुन थालेको छ ।
विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी
म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ ।
ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित
भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा सात बुँदे सङ्कल्प प्रस्ताव पारित
लमजुङमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुले सात बुँदे सङ्कल्प प्रस्ताव पारित गरेका छन् । सदरमुकाम बेसीसहरमा सम्पन्न निर्वाचित जनप्रतिनिधिहरुको जिल्लास्तरीय भेलामा विगतको समीक्षा गर्दै आगामी कार्ययोजना निर्माणका लागि सात बुँदे सङ्कल्प प्रस्ताव पारित गरिएको हो ।
स्ववियु चुनावका लागि डिएसमसीमा निर्वाचन समिति गठन
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नजिकिएसँगै धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी) बागलुङमा चुनावी चहलपहल सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्ववियुको निर्वाचनका लागि डिएसमीमा निर्वाचन समिति गठन गरिएको छ ।
राष्ट्रपति पौडेल आज सराङकोट धाम आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान पोखरा आउँदै हुनुहुन्छ । पोखरा–१८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्न उहाँ पोखरा आउन लाग्नुभएको हो ।
हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ
बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ। शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पयर्टक होटलमा आश्रय लिएर बसेका छन्।
हिमपात भएको क्षेत्रमा जोखिम मोलेर यात्रा नगर्न प्रशासनको आग्रह
निरन्तरको झरीकै कारण पश्चिम बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा बाक्लो हिमपात भएको छ। पातीहाल्नेमा डेढ फिटसम्म हिमपात भएको ढोरपाटनका तिलक मल्ल ठकुरीले जानकारी दिनुभयो।
जनताका आवश्यकताप्रति सरकार संवेदनशील छ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहेको बताउनुभएको छ। जनताका समस्या समाधानमा सरकार लागिपरेको उहाँले बताउनुभयो।
विप्लव नेतृत्वको नेकपाद्वारा २५ सहिद परिवारलाई सम्मान
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहिद सप्ताह अन्तर्गत २५ जना सहिद परिवारलाई सम्मान गरेको छ। पार्टीले नवलपुरको कावासोतीमा कार्यक्रम गरी सहिद परिवारलाई सम्मान गरेको हो।
स्वास्थ्य क्षेत्रकै सर्जरी जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
फडिन्द्र अधिकारीलेखनाथ, फागुन १६ गते । विसं. २०४८ पछि देशमा चिकित्सकको दरबन्दी थप भएको छैन । चाँडै पाँच सय चिकित्सकको दरबन्दी थप गर्ने स्वास्थ्य मन्त्रालयको योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल बताउनुहुन्छ। मन्त्रालयको यो योजनाका लागि स्रोत व्यवस्थापन भइसकेको छैन ।स्वास्थ्यमन्त्री पौडेल देशको स्वास्थ्य क्षेत्रमा थोरै सुधार भएको तर गर्न धेरै बाँकी रहेको बताउनुहुन्छ । नेपाल लिटरेचर फेस्टिफलको ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ विषयक शुक्रबार भएको अन्तरसंवादमा मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य सेवा सुधार्न सर्जरी नै गर्नुपर्छ । सुधारिएको अनुुभूूति दिलाउन केही समय लाग्छ ।” नीतिगत, व्यवस्थापकीय, लगानीको पक्षमा ठुलो परिवर्तन जरुरी भएको उहाँको भनाइ छ । मन्त्री पौडेलले आवश्यकताका आधारमा अस्पतालहरू थप्नुपर्ने औंल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले भनिरहेको समाजवाद स्वास्थ्यभित्र भेटिएन भने कहीँ पनि भेटिँदैन । नेपालको संविधानमा स्वास्थ्यप्रति जे प्रतिबद्धता जनाइएको छ, त्यो पूरा हुन सकेन भने संविधान लागु भएको मान्न सकिँदैन ।”मन्त्री पौडेलले राज्यले सबै क्षेत्रमा जनशक्ति बढाए पनि स्वास्थ्य क्षेत्रलाई छुटाएको टिप्पणी गर्नुभयो । “राज्यले यो बिचमा सबैतिर जनशक्ति बढायो । तर, स्वास्थ्यलाई छुटायो । छुुटाउनै नहुने पक्षलाई छुटायो,” उहाँले भन्नुभयो, “अहिले हामी आइसकेपछि जनशक्ति थप गर्नका लागि मन्त्रिपरिषद्बाट ओएनएम स्वीकृत गराइसकिएको छ । केही समयमा पाँच सय चिकित्सकको विज्ञापन लोकसेवाले गर्ने स्थिति बनाउँछौं ।”अहिले सरकारले पाँच सय चिकित्सकको दरबन्दी सिर्जना गर्न स्रोतका दृष्टिले सम्भव नभएको मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला दाबी गर्नुहुन्छ । जनताको सेवाका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्ने उहाँको सुझाव छ । “पाँच सय चिकित्सकको दरबन्दी खोल्न सम्भव छैन । स्रोतको हिसाबले यो दरबन्दी सिर्जना गर्न सकिँदैन । त्यसो हुँदा कि भाग्नुपर्याे कि यहींबाट विकल्प खोज्नुपर्याे ।” डा. कोइराला अस्पतालहरुका प्राविधिक क्षमतायुक्त जनशक्तिदेखि लिएर उपकरण, प्रविधि र पूर्वाधारको सुनिश्चितता गर्न आग्रह गर्नुहुन्छ । देशमा पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सङ्ख्या आठ हजार छ सय २४ छ । तीमध्ये छ हजार तीन सय ६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको देखिएको छ ।
माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य दुई महिनापछि सुरु
उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ र ५ नम्बरको वडाको सिमानामा रहेको रेसे खोलमा बन्न लागेको १६ मेगावाटको माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य दुई महिनापछि सुरु भएको छ।
नौ वर्षपछि बन्यो विद्यालय भवन
गोरखाको धार्चे गाउँपालिका –७ लापुबेंसीमा नौ वर्षपछि प्रभातकिरण माविको सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको छ।
धौलागिरि बहुमुखी क्याम्पसमा एक करोडको कोष स्थापना
जेहेन्दार तथा विपन्नलाई निःशुल्क रूपमा पठनपाठनको व्यवस्था मिलाउन साविक धौलागिरि अञ्चलको एकमात्र आङ्गिक क्याम्पस धौलागिरि बुहुमुखी क्याम्पस बागलुङमा एक करोडको कोष स्थापना गरिएको छ ।
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
प्रथम पिङ्क सिटि महोत्सव वालिङकाे तयारी
प्रथम पिङ्क सिटि महोत्सव वालिङ – २०८१ को तयारी अन्तिम चरणामा पुगेको छ ।
हिमपातले लार्केपास गर्न पर्यटकलाई सकस
उत्तरी गोरखामा तीन दिनदेखि परेको भारी हिमपातका कारण साम्दो पुगेका पर्यटकलाई लार्केपास गर्न सकस भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ साम्दो, सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा फागुन १४ गते बुधबारदेखि शुक्रबारसम्म निरन्तर रुपमा बाक्ले हिउँ परिरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
लखन कप भलिबल उपाधि नरेठाँटीलाई
चौथो लखन कप भलिबलको उपाधि ए एण्ड ए मार्ट नरेठाँटी गलकोटले जितेको छ । मगर एकता दिवसको दिन बिहीबार सम्पन्न फाइनल खेलमा पकुवा भलिबल कुश्मा पर्वतलाई सोझो सेटमा पराजित गर्दै ए एण्ड ए नरेठाँटी गलकोटले उपाधि जितेको हो ।
फलफूल बगैँचामा फुलेको फूल
मुस्ताङ, फागुन १६ गते । शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाको फलफूल बगैँचामा आरु र कागजी बदामको बोटमा फुलेको फूल। तस्बिरः रासस
अन्तरजातीय विवाह गर्नेलाई सम्मान
समाजमा कायम जातीय विभेद तथा छुवाछुत न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ ।
प्राथमिकताका आधारमा बजेट बनाउन सुझाव
नीतिगत र प्राथमिकताका आधारमा मात्र बजेट बनाउन राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले सुझाव दिएको छ ।
सुरु भएन ‘कुकुर आवास’ को काम
बागलुङ नगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएका सामुदायिक कुकुर व्यवस्थापन गर्न गत आर्थिक वर्षमै सञ्चालन गर्ने लक्ष्यसहित ‘कुकुर आवास’ बनाउने महत्वाकाङ्क्षी योजनामा अझै काम सुरु गर्न सकेको छैन ।