वडाका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा, शवको मुचुल्का उठाउन पनि समस्या
नवलपुरको कावासोती नगरपालिका वडा नं. १० का जनप्रतिनिधि र कर्मचारी वडा कार्यालयको काम नै ठप्प पारेर भ्रमणमा गएका छन्। चार दिन लामो विदा पारेर फागुन १३ गते भ्रमण गएको टोली ६ दिन बितिसक्दा पनि नफर्किदा सेवाग्राही मर्कामा परेका छन्।
भूमि समस्याको समाधान तीन वर्षभित्रै हुने
भूमि सम्बन्धि समस्याको समाधान तीन वर्षभित्रै हुने भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूले जनाएका छन् ।
पर्यटन प्रवर्धन गर्न हाँडीकोट महोत्सव
प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा परिचित जैमिनी धामपछि दक्षिण बागलुङको जैमिनी नगरपालिकाको अर्काे चर्चित पर्यटकीय गन्तव्य हो हाँडीकोट ।
जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वको खर्च अपारदर्शी
म्याग्दीमा निर्माणधिन जलविद्युत् आयोजनाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्नुपर्ने खर्च पारदर्शी नभएको सरोकारवालाहरुले बताएका छन् ।
प्रथम पिङ्क सिटि महोत्सव कप पुरुष भलिबल हुने
वालिङ खेलमैदानमा प्रथम पिङ्क सिटि महोत्सव कप–२०८१ पुरुष भलिबल हुने भएको छ । वालिङ चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिंक सिटि महोत्सव – २०८१ को अवसरमा यहि फागुन २५ देखि चैत २ गतेसम्म स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
सहकारीका अध्यक्षसहित पच्चिस जनाविरुद्ध बिगो दाबी
कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना आरोपमा अध्यक्ष यामबहादुर रोकासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड रुपियाँ बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत म्याग्दीमा अभियोजन बुझाएको छ ।
पालिकाकै बजेटबाट बन्यो पुल
तनहुँको एक स्थानीय तहले आफ्नै बजेटबाट छाटो समयमा नै पुल निर्माण गरी स्थानीयको सपना पूरा गरिदिएको छ । शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर जोखिम पूर्ण तरिकाले खोला वारपार गर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको हो ।
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना
मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको केन्द्र गर्ने थलोका रूपमा विकास भएको छ ।
ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी
आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो ।
बागलुङमा तेस्रो संस्करणको जेसीज कप फुटबल हुने
बागलुङ जेसीजको आयोजनामा तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । फागुन १९ देखि २४ गतेसम्म जेसीज कप फुटबलको तेस्रो संस्करण आयोजना गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जेसीज वर्ष २०२५ अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
इशानेश्वर महादेव मन्दिरमा १७ लाखभन्दा बढी भेटी सङ्कलन
मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वमा १७ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिरमामा पूजाआज तथा दर्शन गर्न आएका भक्तजनहरुबाट यत्तिका रकम सङ्कलन भएको हो ।
गलकोटले जित्यो माछापुच्छ्रे अध्यक्ष कपको उपाधि
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप पुरुष भलिबलको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ । गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा गलकोटले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गरेको हो । फाइनल खेलमा गलकोटले शुक्लागण्डकीलाई २५–२०, २५–१२, १६–२५ र २५–२० को सेटमा पराजित गरेको हो ।
मुस्ताङमा रोकिएको एचपिभी खोप अभियान आजबाट
मुस्ताङ जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्वको खोप अभियान आइतबारदेखि सुरु हुँदैछ । अत्याधिक चिसो र हिमपातका कारण बन्द भएको खोप अभियान विद्यालय खुलेसँगै आजबाट सुरु हुन लागेको हो ।
‘राष्ट्रनिर्माणको महाअभियानमा जुटौँ’
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माणको महाअभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।
पद यात्रामा सावधान रहन प्रहरीको अनुरोध
सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।
ऐतिहासिक स्थल ज्यामरुककोटमा संरक्षणमा जोड
म्याग्दी जिल्लाभित्रका ऐतिहासिक महत्त्वकाे स्थलहरूको प्रचारप्रसार गरेर पर्यटकको आगमन बढाउनु पर्नेमा स्थनीयले जोड दिएका छन् ।
‘कमरेड जलजला’ यथार्थ र कल्पनाको मिश्रण होः सिंह
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको बृहत् आख्यान ‘कमरेड जलजला’ हालै बजारमा आएको छ। ९० वर्षीय कम्युनिष्ट नेता सिंहले यो उपन्यास वास्तविकता र कल्पनाको मिश्रण भएको उल्लेख गर्नुभएको छ।
डढेलो नियन्त्रण पूर्व तयारीका लागि नमुना अभ्यास
नवलपरासी पूर्व (नवलपुरको) कावासोती १३ मा रहेको शान्ति मध्यवर्ती सामुदायिक वनमा स्थलगत नमुना अभ्यास गराइएको हो ।
अलैँचीका रेसाबाट हस्तकलाका सामग्री बनाउन सिक्दै महिलाहरू
लमजुङका किसानहरूले फल उत्पादनपछि खेर गैरहेको अलैंचीको रेसाबाट हस्तकलाका सामग्री बनाउन सिकेका छन् ।
निजी विद्यालयलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग
निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विद्यालयलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेका छन्।
सामाजिक सञ्जाल विधेयकले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्दैन : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयकमा भएका प्रावधानले अभिव्यक्ति स्वतन्त्रता हनन् नहुने बताउनुभएको छ ।
पर्वतमा निःशुल्क लोकसेवा तयारी कक्षा
सामाजिक विकास कार्यालय पर्वतले निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ ।
‘राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एक हुनुपर्छ’
भूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एकजुट हुनुपर्ने बताउनुभएकोछ ।
सामाजिक विकास कार्यालय म्याग्दी तीन महिनादेखि प्रमुखविहीन
सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको छ । कर्मचारीहरूले तलब पनि खान पाएका छैनन् ।