• २० फागुन २०८१, मङ्गलबार

प्रथम पिङ्क सिटि महोत्सव कप पुरुष भलिबल हुने

blog

अर्जुन काफ्ले
 स्याङ्जा, फागुन १८ गते ।
वालिङ खेलमैदानमा प्रथम पिङ्क सिटि महोत्सव कप–२०८१ पुरुष भलिबल हुने भएको छ । वालिङ चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिंक सिटि महोत्सव – २०८१ को अवसरमा यहि फागुन २५ देखि चैत २ गतेसम्म स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

यस प्रतियोगितामा पालिका बाहिरका तीनजना खेलाडी समावेश गर्न पाइने खेल संयोजक उमराज गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताका बिजेता टिमले नगद एक लाख ५५ हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

यस्तै उपबिजेताले नगद एक लाख पाँच हजार रुपियाँसहित मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रोले ५५ हजार र चौथोँ हुनेले ३० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार र बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई तीन/तीन हजार रुपियाँ नगद प्रदान गरिने खेल संयोजक गुरुङले बताउनुभयो ।