• १७ फागुन २०८१, शनिबार

पद यात्रामा सावधान रहन प्रहरीको अनुरोध

blog

पदमार्गमा परेको हिउँ पन्छाउँदै सुरक्षाकर्मी । तस्बिरः सशस्त्र प्रहरी

काठमाडौँ, फागुन १७ गते। सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ। 

गोरखाको चुमनुब्री–१ साम्दो  क्षेत्रमा अहिले तीन फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकलाई साबधान रहन भनेको हो।

भारी हिमपातले बाटोघाटो अवरुद्ध भएपछि बिओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। 

यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा  हाल सशस्त्र प्रहरि बलका बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भइसकेका छन्। उहाँका अनुसार अन्य स्थानमा पनि बिओपी स्थापना गरिने योजना छ।

हाल उत्तरतर्फ १० वटा बिओपी रहेकोमा प्रत्येक १० किलोमिटरमा स्थापना गर्ने संगठनको दीर्घकालीन लक्ष्य रहेको छ। हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सूचनाको लागि सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध गरिएको छ।