नौ वर्षदेखि घुमाउनेको पुल अलपत्र
तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटमा पुल निर्माण थालिएको नौ वर्षसम्म पनि पूरा हुन सकेको छैन । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदी पक्की पुल निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि पुल अलपत्र परेको हो ।
माउन्टेन क्रस कन्ट्री दौड सुरु
पोखरा नेपाल माउण्टेन क्रस कन्ट्री दौड शनिबार बिहान सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन् सङले सुरुआत गर्नुभयो ।
गण्डकीमा सुन्तला खेती विस्तार
दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
‘संसद् प्रतिपक्षको सत्ता भए पनि ‘बिजनेस’ सरकारले दिने हो’: सांसद गुरुङ
“भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारसमक्ष पुर्याउँछन् । सरकार स्वेच्छाचारी भयो भने पनि सरकारलाई काम गर्न बाध्य बनाउँछन् । त्यसैले प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा संसद्लाई प्रतिपक्षको सत्ता मानिन्छ ।”
एपिएफमाथि गण्डकीको जित
एपिएफले दिएको एक सय २ रनको लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्दै गण्डकीले एपिएफलाई स्तब्ध पारेको हो ।
पूर्वाधारमन्त्री जुग्जाली प्रगति खोज्दै स्याङ्जामा
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले स्याङ्जामा आफ्नो मन्त्रायलको कामको प्रगति खोज्नु भएको छ।
दुईसय रुख काटियो, सम्बन्धित निकाय मौन
गण्डकी प्रदेश सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङले पूर्वसांसद पोल्देन छोपाङ गुरुङसमेत सञ्चालक रहेका स्याउ फार्म एग्रो मनाङ प्रालिले सरकारी नीतिविपरीत करिब २५ रोपनीभन्दा बढी क्षेत्रफलको वन फँडानी हुँदा पनि स्थानीय प्रशासन मौन रहेकोमा आपत्ति जनाउनुभएको छ ।
दसैं–तिहारपछि सुनसान बन्दै गाउँ
दसैँ, तिहार मनाउन आएका विद्यार्थी, परदेशीहरु सहर फर्किने तथा विदेश जान थालेसँगै गाउँघर सुनसान हुन थालेका हुन् ।
घोडा चढेर मुक्तिनाथ जाँदै तीर्थयात्री
सहर बजारमा सवारीसाधन चढेर वाक्क भएका पर्यटकहरु मुक्तिनाथ पुगेपछि घोडा चढेर आनन्द लिने गर्छन् ।
थारु समुदायको मेडरी नाच लोप हुने खतरा
प्राचीन कथामा आधारित भएर थारु समुदायले नाच्ने मेडरी (माहाभारत) नाचप्रति युवाहरुले चासो नदिँदा लोप हुने खतरा बढेको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का थारु समुदायले मात्रै द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नाच्ने मेडरी नाच हराउँदै जान लागेको हो ।
दुध र मासुजन्य पदार्थमा आत्मनिर्भर बन्दै
पर्वतका पशुपालन कृषकहरु व्यावसायिक बन्दै गएपछि दुध र मासुजन्य पदार्थको उत्पादन बढेको छ ।
विद्यालयमा व्यावसायिक सीप सिक्दै विद्यार्थी
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सवै विद्यालयका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी १२ वटा माध्यमिक विद्यालयमा फरक–फरक सीपमूलक तालिम सञ्चालन गरेको हो ।
केपी ओली कपको सेमीफाइनलमा बागमती
पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइल प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले सेमीफाइनल यात्रा तय गरेको हो ।
म्याग्दीमा स्थानीय जातका धानको उत्पादन बढ्यो
म्याग्दीको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले यस वर्ष १७ मुरी स्थानीय जातका गौरिया र गुडुरा धान भित्र्याउनुभयो । सोही गाउँपालिकाको वडा नं ५ छिसबाङका विकल सेनले पनि गत वर्षकोभन्दा दुई मुरी बढी गौरिया धान थन्क्याउनुभयो ।
मातृशिशु मृत्युदर शून्यमा झार्नुपर्छ : स्वास्थ्यमन्त्री सिंखडा
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले मातृशिशु मृत्युदर शून्यमा झार्नुपर्ने बताउनु भएको छ ।
मौलिक घर संरक्षण
बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ हरिचौर दरबार परिसरमा रहेको पुरानो घरलाई गरिएको संरक्षण ।
अस्पतालमा जनशक्ति अभाव
मुस्ताङको एक मात्रै सरकारी अस्पतालमा १८ जनाको दरबन्दी भए पनि छ जना मात्रै कार्यरत छन् । मुस्ताङको सदरमुकाममा रहेको १५ शय्याको जिल्ला अस्पतालको क्षमता २०७७ सालमा २५ शय्याको बनाइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ यहाँको अस्पतालमा चिकित्सक मात्रै नभएर अन्य कर्मचारीसमेत नभएको बताउनुहुन्छ । २०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पताल पाँच दशक हुँदासम्म पनि सहज तरिकाले सञ्चालन हुन सकेको छैन । नागरिकले स्वास्थ्य सेवाको पहुँच राम्ररी पाएको अनुभूति गर्न सधैँ मुस्किल हुने गरेको उहाँको भनाइ छ ।
फेवा किनारदेखि सराङकोटसम्म जोड्ने अन्नपूर्ण केबलकार
पोखरा प्राकृतिक बनोटका दृष्टिले हेर्दा आफैमा सुन्दर पर्यटकीय गन्तव्य हो। त्यसमा पनि फेवाताल, पातले छाँगो, नजिकै देखिने अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमाल र पोखरा बजारलाई आकाशबाटै अवलोकन गर्दै केबलकारबाट १० मिनेटमै सराङकोट पुगिने भएपछि पोखरामा आन्तरिक एवम् बाह्य पर्यटकको चापाचाप छ।
पोखरा २४ का वडाध्यक्षलाई साढे चार महिना कैद
आफ्नै वडाका वडा सदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई कैद र जरिवाना हुने फैसला भएको छ।
घमी खोला मोटरेबल पुल निर्माण अलपत्र
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत घमी खोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको छ ।
स्नान गर्नेक्रममा नदीमा श्रेष्ठ बेपत्ता
ठुलो एकादशी अवसरमा दमौलीस्थित मादी नदीमा स्नान गर्नेक्रममा तनहुँमा एक जना भक्तजन नदीमा बेपत्ता हुनु भएको छ ।
केपी ओली कप : बागमतीको विजयी सुरुवात
बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ टिमलाई १०९ रनले हरायो ।
सुन्दर र व्यवस्थित बन्दै पालुङटार नगरपालिका
गोरखाको दोस्रो नगरपालिका पालुङटार नगरपालिकाले मुख्य बजार क्षेत्र सुन्दर र व्यवस्थित बनेको छ ।
अरिँगाल पालन !
गोरखाको सहिद लखन गाउँपालिका–६, घैरुङका एक स्थानीयवासीले घरमै पालन गरेको अरिँगालको गोला ।