पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सोमबारदेखि पोखरामा आइटिएफ जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ ।
जनताले विस्थापित गरेको प्रणाली अब फर्कने सम्भावना छैन : देवेन्द्र पौडेल
नेकपा माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जनताले विस्थापित गरिसकेको प्रणाली अब फर्कने सम्भावना नरहेको बताउनु भएको छ ।
केपी ओली कप : आर्मीको विजयी सुरुवात
समूह ‘डी’ अन्तर्गत पोखरा रङ्गशालामा सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई एक सय १० रनले हरायो ।
कसैले चाहेर राजतन्त्र फर्किँदैन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । देशमा अब राजतन्त्र नफर्किने उहाँको भनाइ छ ।
पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’
धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृश्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।
पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल
सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्दै गएको छ ।
पर्यटकको पर्खाइमा 'केभहिल'
समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा पर्ने केभहिल बेनी नगरपालिका ५ पुलाचौरमा पर्छ ।
अर्जुनचौपारीमा प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव हुने
अर्जुनचौपारी गाउँपालिकाले प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव गर्ने भएको छ । पालिका बनेको सातौ वर्षमा गाउँपालिकाको खेल मैदानमा पहिलो राष्ट्रपति कप मङ्सिर १९ देखि २२ गतेसम्म सञ्चालन हुने छ ।
मुस्ताङ घुम्ने पर्यटक बढे
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार कात्तिक महिनामा स्थलमार्गबाट ७३ हजार आठ सय ७९ आन्तरिक र पाँच हजार ५ सय ४ जना बाह्य पर्यटकहरुले मुस्ताङ भ्रमण गरेका छन्।
पूर्वाधार विकास कार्यालय इन्जिनियरविहीन
जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकायमा काम गर्ने इन्जिनियर नहुँदा विकास निर्माणको काम प्रभावित भएको हो ।
दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्याज्योति माविलाई
जलजला गाउँपालिकाको माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि विद्याज्योती मा.वि.ले जित हात पारेको छ ।
महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर पुनःनिर्माण
म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर ९धाम० गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ ।
मुर्रा राँगाको ‘सिमोन’ वैशाखबाट
नेपालमा भैँसीको नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य (सिमोन) आगामी वैशाखबाट नेपाली किसानले पाउने भएका छन् । भारतले नेपाललाई उपहारस्वरूप उन्नत जातका १५ मुर्रा राँगा उपलब्ध गराएको हो । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा सात राँगा ल्याइएको छ । पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले राँगालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । “अब स्वास्थ्य परीक्षण र वीर्य उत्पादनको चरण पार गरी किसानसम्म नस्ल सुधारका लागि मुर्राको वीर्य वैशाखबाट पठाउन सकिन्छ,” उहाँले भन्नुभयो । नेपाल ल्याइएका १५ मध्ये तीन राँगा लहान र पाँच नेपालगन्ज पठाइएको छ ।
पीडितद्वारा पीडकको घर अगाडि प्रदर्शन
नवलपुरका मिटरब्याज पीडितहरूले पीडकको घर अगाडि प्रदर्शन गरेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समिति बनाएर सङ्गठित भएका पीडितले पहिलो चरणको विरोधको कार्यक्रमअन्तर्गत माया भण्डारीको कावासोतीमा रहेको घरमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
मोतियाविन्दुको निःशुल्क अप्रेसन
पूर्वी नवलपरासीको कावासोतीमा निःशुल्क मोतियाविन्दुको अप्रेसन शिविर आयोजना भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब र मध्यबिन्दु आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा तीन दिने निःशुल्क मोतियाविन्दुको अप्रेसन शिविर सञ्चालन गरिएको हो ।
युवतीको शव फेला
पर्वतको जलजला गाउँपालिका–३, स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ ।
बराहा तालमा देखिएको धौलागिरि हिमालको छायाँ
म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा अवस्थित छ, बराहा ताल । निस्कोट गाउँको शिरमा रहेको बराहा ताल करिब दुई रोपनीमा फैलिएको छ ।
कुमालगाउँमा खानेपानीको समस्या
पर्वतको विहादी गाउँपालिकामा रहेको रानीपानीको कुमालगाउँले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएको छ । पालिकाको वडा ३ मा पर्ने कुमालगाउँका एक सय घरपरिवार खानेपानीको समस्याले पिरोलिँदै आउनुपरेको वर्षौँ भैसकेको छ ।
नयाँ वर्षमा पोखरामा सडक महोत्सव
पोखराको लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षमा सडक महोत्सव गर्ने भएको छ । पोखराको पर्यटन प्रवर्धनमा पृथक् पहिचान बनाउन सफल यो महोत्सवको पच्चिसौँ संस्करण आगामी पुस १२ देखि १६ गतेसम्म हुनेभएको हो ।
सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच
सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएका छन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ ।
सहयोग समाजको अध्यक्षमा केसी
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाँचौँ विश्व सम्मेलनले २०२३/२५ का लागि बीरेन्द्रजंग केसी (अमेरिका) को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता
सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।
गाउँको पाखोबारीमा चियाखेती
बसाइसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् ।
प्रचार–प्रसार नहुँदा ओझेलमा कालिका भगवती मन्दिर
पर्वतको धार्मिक पर्यटनको सम्भावना बोकेको कालिका भगवती मन्दिरको प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीयको बुझाइ छ ।