• ११ असोज २०८१, शुक्रबार

सहकारीमा ठगी गर्ने ३ विरुद्ध डिफ्युजन नोटिस जारी

blog

सन्तोष सुवेदी

कास्की, माघ १५ गते । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगका मुख्य आरोपी संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ । 

उनीसँगै वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर र पूर्व अध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुविरुद्ध सो नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयमा अनुरोध गरेर इन्टरपोल महासचिवालयले उक्त नोटिस जारी गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले असोज १८ गते १९ जनालाई प्रतिवादी बनाइ १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपियाँ बिगो भराई बिगो बमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय  माग दाबीसहित अदालतमा अभियोग पत्र दायर गरिएको थियो ।