काँक्राले उचित मूल्य नपाउँदा किसान चिन्तित
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –१ जुकेपानी हिउँदे काँक्रो खेतीका लागि प्रख्यात छ । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्न व्यस्त छन् । बजार भाउ नपाउँदा भने किसान चिन्तित छन् ।
तनहुँमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला
तनहुँको व्यास नगरपालिका–१४ केशवटार, रुम्सीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीयले देखेपछि अजिङ्गरको संरक्षणका लागि डिभिजन वन कार्यालय तनहुँलाई खबर गरेका थिए ।
किसानको हैरानी
जङ्गली जनावरले बाली नष्ट पार्न थालेपछि पश्चिम म्याग्दीका विभिन्न स्थानका किसान चिन्तित भएका छन् । मालिका गाउँपालिकाको निस्कोट, देविस्थान, रुम, डाँडागाउँ र धवलागिरि गाउँपालिकाको मुना, मुदी, गुर्जालगायत गाउँका किसानले लगाएको बाली जङ्गली जनावर बँदेल, बाँदरलगायत जनावरले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् ।
भूमिहीनको समस्याप्रति स्थानीय सरकार मौन
पर्वतको भूमिहीन सुकुम्वासी र दलितहरूको समस्याबारे स्थानीय पालिका गम्भीर नरहेको गुनासो सो समुदायका व्यक्तिले गरेका छन् । स्थानीय सरकारको बेवास्ताकै कारण अहिलेसम्म एक जना भूमिहीनले पनि लालपुर्जा नपाएको गुनासो सो समुदायको छ ।
केपी ओली कप क्रिकेट : आयोजकमाथि कोशी प्रदेशको जित
पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बुधबार कोशी प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘नीलो’लाई नौ विकेटले पराजित गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा कोशीले नीलोविरुद्ध सान्त्वना जित दर्ज गरेको हो ।
स्थापनाका ७५ वर्षः विद्यार्थीको रोजाइ बन्दै
अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनि विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । वि.सं २००६ मङ्सिर २० गते स्थापित उक्त विद्यालय पछिल्लो समय गण्डकी प्रदेशकै ऐतिहासिक विद्यालयमध्येको एक मानिन्छ । पछिल्ला केहीवर्षयता यस विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षणका बढिरहेको छ ।
पढ्दै कमाउँदै विद्यार्थी
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सबै विद्यालयका विद्यार्थीलाई व्यावसायिक सिप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागु गरी १२ वटा माध्यमिक विद्यालयमा फरक फरक सिपमूलक तालिम सञ्चालन गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बिङ, ब्युटिसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत माधवराज गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सिप बोकेर निस्किउन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागु गरिएको हो ।”
पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो
म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
कोषमा जम्मा हुँदैन मुक्तिनाथ मन्दिरको भेटी
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी वर्षौंदेखि व्यक्तिको कब्जामा रहेको छ । मन्दिर दर्शन गर्न आएका अधिकांश तीर्थयात्री तथा धार्मिक पर्यटकले मन्दिरभित्र चढाएको पैसा, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरमा रहेका आनी–झुमाको कब्जामा पर्ने गरेको हो । एक दशकअघि तत्कालीन पुनरावेदन अदालत बागलुङले मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी,
दुर्घटनामा तीन घाइते, दुई गम्भीर
पुतली बजार र वालिङ नगरपालिका गए राती भएका दुई छुट्टा छुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । वालिङ १० पाई निज चोकमा ग ६ प ९९९० नं. को मोटरसाइकल र ग १९ प १३३० नं. को स्कुटर एक आपसमा ठक्कर खाएको हो ।
घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते
पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञको तयारी
बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो ।
पोखरालाई पर्यटकीय राजधानी बनाउने तयारी
देशकै ठूलो महानगर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीका लागि गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ।
भूकम्पपीडितलाई ज्येष्ठ नागरिकको आर्थिक सहयोग
जाजरकोटमा गएको भूकम्पका पीडितलाई ज्येष्ठ नागरिक संघ गोरखाले आर्थिक सहयोग गरेको छ ।
बोटबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहित
नवलपुरमा बोटबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्छन् ।
हिमालको काखमा रानीपौवा
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरबाट देखिएको धौलागिरि हिमश्रृङ्खला र रानीपौवा गाउँको दृश्य ।
फेदीखोला गाउँपालिका सम्मानित
अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आबद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी सम्मानित हुनुभएको हो ।
केपी ओली कप टी-२० : मधेस सेमिफाइनलमा
नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग पुलिस ४ विकेटले पराजित भएको हो ।
लम्पी स्किनबाट पीडित किसानलाई राहत
म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु दश हजारका दरले राहत वितरण गरिएको हो ।
पोखराका भान्छामा तीस वर्षदेखि पाक्दैछ बायोग्यासमा खाना
बजारमा सहजै एलपी ग्यास पाउन सकिने र विद्युतको पहुँच पनि भएकाले पोखरा महानगरपालिकाका अधिकांश घरमा खाना एलपी ग्यास वा बिजुलीमै पाक्ने गर्दछ । यसले मध्यम परिवारको खाना पकाउन प्रयोग हुने ऊर्जाका लागि मासिक रु दुईदेखि तीन हजारसम्म खर्च हुने गर्दछ । तर यहाँका थोरै घरका बासिन्दाले अहिले पनि ३० वर्षदेखि निरन्तर बायोग्यासमै खाना पकाउने गर्दछन् र त्यसका लागि हुने खर्च बचत गरिरहेका छन् ।
महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा
सामाजिक विकास कार्यालय तनहुँले निजामती सेवामा महिलाको पहुँच पुर्याउन निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने महिला, बालबालिका तथा समाजकल्याण तर्फका स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन मापदण्ड २०८० अनुसार तालिम सञ्चालन गर्ने निर्णय भएको कार्यालयले जनाएको हो ।
‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ ।
‘योजना अलपत्र पार्नेसँग सम्झौता तोडिन्छ’
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले वर्षौंदेखि योजना अलपत्र पार्ने ठेकेदारसँगको सम्झौता तोडिने बताउनुभएको छ । गण्डकी प्रदेशमा अहिले पनि सडक/पुल गरेर १५ वटा योजना अलपत्र अवस्थामा रहेको उहाँले उल्लेख गर्न‘भयो । उहाँले भन्नुभयो, “काम नगर्ने ठेकेदार पालेर अब प्रदेश बस्दैन । पटक पटक काममा फर्किन प्रदेश सरकारले दिएको निर्देशनलाई अटेर गर्नेसँग सम्झौता तोडिन्छ ।” म्याग्दीको बेनीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको मिलनचोक–सल्यान–घाहेखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको सोमबार स्थलगत निरिक्षणका क्रममा उहाँले यस्तो भन्नुभएको हो ।
पूर्वाधार विकास कार्यालय इन्जिनियरविहीन
पर्वतको भौतिक पूर्वाधार विकास कार्यालय विगत तीन वर्षदेखि इन्जिनियरविहीन बनेको छ। जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकायमा काम गर्ने इन्जिनियर नहुँदा विकास निर्माणको काम नै प्रभावित भएको छ। तीन जना इन्जिनियर सातौँ/आठौँ तहको दरबन्दी रहेको भए पनि कार्यालयमा अहिले इन्जिनियरका सबै कुर्ची खाली छन्। जिल्लाको ग्राभेल सडक, पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माण गर्ने कार्यालय यस्तो अवस्थामा पुगेको हो। सबइन्जिनियर अधिकृतस्तर पाँचौँ÷छैटौँको सात वटा दरबन्दीमा दुई जना मात्रै कार्यरत छन्।