नारायणी नदीमा दुई हजार माछाका भुरा छोडियो
नारायणी नदीमा दुई हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसर पारेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले नारायणीमा रहु फिंगर प्रजातिका दुई हजा माछाका भुरा छोडेको हो ।
पाइन छोडे हल गोरु
बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र धान फलाउने उनीहरूको मुख्य काम हो । एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे ।
डेढ दशकसम्म सडकको अवस्था उस्तै
म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ ।
कालीगण्डकीको बगरको सतह बढ्यो
मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको जोखिम बढेको घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुभयो ।
म्याद गुज्रेका मदिरा बेच्नेलाई दुई लाख जरिवाना
जिल्ला प्रशासन कार्यालय तनहुँले म्याद गुज्रिएको मदिरा तथा पेय पदार्थ बिक्री गर्ने व्यापारीलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
न्यायका लागि पर्खँदै द्वन्द्वपीडित परिवार
नेपाल सरकार र द्वन्द्वरत पक्ष नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि दश वर्षे सशस्त्र द्वन्द्वबाट पीडित महिलाले अझै पनि न्याय पाउन नसकेको नवलपुरका द्वन्द्वपीडित परिवारले गुनासो गरेको छ ।
'एक चिहान' नाटक मञ्चनको तयारी
पोखरा थिएटरमा ‘एक चिहान’ नाटक मञ्चनको तयारीमा छ ।
सुझाव र गुनासो सुन्न कास्की प्रहरीको 'क्युआर कोड सिस्टम'
जिल्ला प्रहरी कार्यालय कास्कीले जनताको सुझाव तथा गुनासो सङ्कलन गर्न क्युआर कोड स्क्यान सिस्टम ल्याएको छ ।
रोटेपिङ संरक्षणमा पालिका
नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका–१, मचेडीका लालबहादुर खड्काले रोटेपिङ खेल्न नपाएको १० वर्ष भएको थियो । यो वर्षको दसैँतिहारमा भने उहाँको इच्छा पूरा भएको छ । “विगतमा बाटोघाटोमा रोटेपिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पनि पिङ देख्न त परै जाओस्, खेल्न पनि पाइएको छैन,” उहाँले भन्नुभयो, “अहिलेका दिनमा युवा पुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनमा बढी झुम्मिन थालेकाले चर्खेपिङको महत्व घट्दै गएको देखिन्छ ।”
घट्न थाले हिउँचितुवा
हिउँचितुवालाई हिमालकी रानीका रूपमा पनि चर्चा गरिन्छ । लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवाले वातावरण सन्तुलन गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन् । प्रत्येक वर्ष हिउँचितुवाको सङ्ख्या घट्दै गएकाले यसको संरक्षण गर्न अत्यावश्यक भएको एक कार्यक्रमका सहभागी वक्तालेऔँल्याएका छन् ।
उन्नाइस करोड लगानीमा गुम्बा निर्माण
पोखरा महानगरको वडा नं. १०, रामघाटमा बौद्ध अर्घाै सदन परिसरमा भव्य गुम्बा बनेको छ । करिब १९ करोडमा बनेको गुम्बा सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभयो ।
माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु
कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं २९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङ स्थायी घर भई हाल पोखरा २९ बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो ।
ग्याजा कप भलिबल उपाधि ज्वालामुखी धादिङको पोल्टामा
गोरखाको गण्डकी गाउँपालिका–५ को सृजनशील युवा क्लबले आयोजना गरेको खुला ग्याजा कप भलिबलको उपाधि ज्वालामुखी क्लब धादिङले आफ्नो पोल्टामा पारेको छ ।
बढी भाडा लिने सवारी साधन कारबाहीमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौकामा बढी भाडा लिन १६ वटा सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौँ जाने र पोखराबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपियाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिवाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको हो ।
स्तुल खोलामा बेलीब्रिज बन्दा तीन पालिका लाभान्वित
गोरखाको आरुघाट गाउँपालिकाको ९ र ८ को सिमानमा पर्ने स्तुल खोलामा बेलिब्रिज पुल निर्माण हुँदा बन्दा गोरखाका तीन वटा पालिका लाभान्वित भएका छन् ।
मुस्ताङको बौद्ध विद्यालयमा बाफबाट खाना पकाउने प्रविधि
मुस्ताङको एक विद्यालयले छात्रावासमा वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरिएको छ ।
कुमाल जातिको परम्परागत पेसा विस्थापित
पर्वतको विहादी गाउँपालिकास्थित वडा ३ को कुमाल गाउँ केही वर्ष अगाडिसम्म माटाको भाँडाकुँडाका लागि चर्चित थियो । अहिले भने कुमाल जातिको परम्परागत पेसा विस्थापित भई एकादेशको कथा बनेको छ ।
बाल विवाहको दर बढ्दै
‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’ नारासहित ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ ।
पर्यटकीय गन्तव्य बन्दै 'मानहुँकोट' (फोटो फिचर)
चिसो मौसम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । यहाँबाट दमौली वरपर बिहानै फैलने तलाउँ जस्तो कुहिरीमण्डल सेताम्य भुँवाको मैदानजस्तो देखिने भएकाले पर्यटक आकर्षित भएका हुन् ।
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
पुतलीबजार नगरपालिका वडा नं १४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
खेतमा जीवनाेपयोगी शिक्षा सिक्दै विद्यार्थी
तनहुँको एक विद्यालयले विद्यार्थीलाई खेतमा लगेर जीवनाेपयोगी शिक्षा प्रदान गर्दै आइरहेको छ ।
अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको बताउनुभएको छ। बैदाम तामाङ सेवा समाजद्वारा पोखरा–६ को खहरेमा निर्माण गरिएको पेमा धेछेनलिङ गुम्बाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। मुख्यमन्त्री पाण्डेले मानिस धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य शान्ति नै भएकाले शान्तिका लागि नै कर्म गर्नुपर्ने धारणा राख्नुभयो। गौतम बुद्धको शान्तिमार्गको दर्शन विश्वभर फैलिएको चर्चा गर्दै मानव कल्याणका लागि शान्ति, सद्भाव र भाइचाराको सम्बन्ध कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कांग्रेस जिल्ला सम्मेलन ११ गते हुने
नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलन मङ्सिर ११ गते देवचुलीमा हुने भएको छ । राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधानअनुसार पहिलो जिल्ला सम्मेलन हुन लागेको हो ।
स्वाँतखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखको स्वाँतखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । पुल निर्माणसँगै एक घण्टाको पैदलयात्रा २० मिनेटमा छोटिएको छ ।