बुटवल–नारायणगढ सडक विस्तार : रोकिएको काम नौ महिनापछि सुरु
करिब नौ महिनादेखि रोकिएको बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सुरु भएको छ । काम सुरु भएसँगै अब निर्माणले गति लिने आशा गरिएको छ ।
राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग
मेरो खोरमा बाँधेको खसी बाघले खाएको महिनौँ बितिसकेको छ, अहिलेसम्म राहत पाएकी छैन”, राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरकी सीमा केसीले भन्नुभयो–“बाख्रापालनबाट गरेको आम्दानीले घरखर्च चलाउँदै आएकी छु ।”
खुला नाचघर सञ्चालनमा ढिलाइ
लुम्बिनी प्रदेश सरकारले हस्तान्तरण गरेको श्रीनगर सांस्कृतिक डबली (खुला नाचघर) हालसम्म पनि सञ्चालन हुन सकेको छैन ।
सिमी र अदुवा युरोप निर्यातको तयारी
जिल्लामा उत्पादित सिमी र काँचो अदुवा युरोप निर्यातको तयारी भएको छ ।
अवधी भाषाको संविधान मन्त्रालयलाई हस्तान्तरण
स्थानीय अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
हुलाकी राजमार्गको अतिक्रमणमा डोजर चल्यो
बाँकेको नेपालगन्ज–नरैनापुर हुलाकी राजमार्ग अन्तर्गत सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन नरैनापुर गाउँपालिकाले डोजर चलाउन सुरु गरेको छ ।
सुन्तला उत्पादनमा वृद्धि, किसान खुसी
झिमरुक गाउँपालिका–४ चुँधाराका दुर्गाप्रसाद पोख्रेलले यो वर्ष एक लाख रुपियाँ बढीको सुन्तला बिक्री गरिसक्नुभएको छ ।
डोजर लगाएर घर टहरा भत्काइयो
रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घर टहरा भत्काइएको छ । रोहिणी –४ स्थित कोटहवामा डोजर लगाएर घर टहरा हटाइएको हो ।
बबई नदीमा अस्थायी पुल निर्माण
माघे संक्रान्ति एवम् माघि पर्वलाई लक्षित गरेर बर्दिया ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका नागरिकलाई सुरक्षित एवम् छोटो दुरिमा आउजाउ गर्न बबई नदिमा हेम पाइप राखेर अस्थायी पुल निर्माण गरिएको छ ।
टिप्पर दुर्घटनामा चालकको मृत्यु
कालीगण्डकी काेरिडोरको सत्यवती दुई पहादीमा टिप्पर दुर्घटना भएको छ ।
तानसेनमा साप्ताहिक बजार सञ्चालन
तानसेनका महिला उद्यमीले साप्ताहिक बजार सञ्चालन गरेका छन् ।
जेनेरेटर बोकेर खेततर्फ लैजाँदै किसानहरु
बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनामा गहुँबाली सिँचाइको लागि जेनेरेटर बोकेर खेततर्फ लैजाँदै किसानहरु ।
सडक विस्तार हुँदा बरपिपलका चौतारी मासिँदै
बुटवल–गोरुसिङ्गे सडक विस्तारको क्रममा सडक किनारमा रहेका करिब तीन सय बरपिपलका चौतारी मासिने भएका छन् ।
भेरी–बबईको काममा गति दिन निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्र्रदेशको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
दोस्रो प्रोफेसनल हाप्किडो नेशनल च्याम्पियनसीप सुरु
सातवटै प्रदेशका खेलाडीको सहभागिता रहेको सो दोस्रो राष्ट्रिय प्रतियोगिताको नेपालगन्ज रंगशालाको कभर्ड हलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो ।
लुम्बिनी कप महिला फुटबलले खेल क्षेत्रमा योगदान दिनेछ : मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरूका विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्वपुर्ण अवसर हुने बताउनुभएको छ ।
'मानव-वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि विद्यालयस्तरबाटै सिकाई आवश्यक'
मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतना मुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् ।
नेपाल भारतबिच सहकार्य र समन्वयमा जोड
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले नेपाल भारत नाकाहरूबाट हुने मानव बेचविखन नियन्त्रणमा दुबै देशका सरकारी अधिकारी र गैर सरकारी निकायबिच सहकार्यमा जोड दिनुभएको छ ।
गुल्मीमा दोस्रो मुसिकोट महोत्सव सुरु
गुल्मीमा दोस्रो मुसिकोट महोत्सव सुरु भएको छ ।
कक्षाकोठामा अभिभावक कार्यक्रम
आफ्ना बालबालिकाको शैक्षिक अवस्था थाहा पाएर त्यसमा सुधार ल्याइ शिक्षालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने जनाउँदै बाँकेको कोहलपुर नगरपालिकाको एक विद्यालयले नयाँ अभ्यासको शुरु गरेको छ ।
निःशुल्क रगत उपलब्ध गराउन सम्झौता
गुल्मीको एक स्थानीय तहले नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ ।
पर्यटक भित्र्याउन एउटै प्रकृतिका संरचना निर्माण नगर्न छत्रकोटको आग्रह
छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले एउटै प्रकृतिका संरचना निर्माण नगर्न जिल्लाका अन्य स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।
भेरी-बबईको काममा गति बढाउन मुख्यमन्त्री आचार्यको पहल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्र्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्न पहल अघि बढाउनुभएको छ ।
जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।