उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ ।
सन्तुलित विकासका लागि समन्वय र सहजीकरण
जिल्ला समन्वय समिति गुल्मीले सन्तुलित विकासका लागि समन्वय र सहजीकरण गर्ने भएको छ ।
बाँकेमा मेयर कप फुटबल माघमा हुने
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा हुने मेयर कप पुरुष फुटबल प्रतियोगिता माघ महिनामा हुने भएको छ ।
लुम्बिनीका पहाडी जिल्लालाई कफि हव बनाउन पहल
लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाई कफिको हवको रूपमा विकास गर्न पहल सुरु गरेको छ ।
अटो दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
दाङको देउखुरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गढवा–कोइलावास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका –५ कक्रहवामा बुधवार दिउँसो करिव २ बजेतिर भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लुम्बिनी कप महिला फुटबलमा आठ टिम
लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ ।
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह गर्नुभएको छ ।
तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण
गुल्मीको रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । १६ औं नगरसभामा नगरप्रमुख खिलध्वज पन्थीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको प्रगति विवरणअनुसार कुल तीन हजार ७७३ जनालाई तीन करोड ५२ लाख ८० हजार ११६ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
रगत अभाव टार्न रक्तदान
बाँकेमा देखिएको रगत अभाव कम गर्न विभिन्न सङ्घसंस्थाले रक्तदानका कार्यक्रम आयोजना गरेका छन्।
‘लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिन ल्याउँछौं’
लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेसिन ल्याएर छाड्ने दाबी गर्नुभएको छ।
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।
धुर्कोट गाउँपालिकामा बिहीबार शोक बिदा
गाउँसभा सदस्यको मृत्यु भएपछि गुल्मीको धुर्कोट गाउँपालिकाले बिहीबार शोक बिदा दिएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर – ४ का गाउँसभा सदस्य चुराबहादुर थापाको ६१ वर्षको उमेरमा मङ्गलबार निधन भएपछि पुस ११ गते अर्थात् बिहीबार शोक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाबाट हुने काम वडाबाटै
गुल्मीदरबार गाउँपालिकाले गाउँपालिकाबाट सम्पादन हुने कार्य वडाबाटै गर्न थालेको छ ।
हट्यो सदरमुकाम जानुपर्ने बाध्यता
जिल्लाको पूर्वी भेगस्थित इलाका प्रशासन कार्यालय रामपुरले राहदानी र राष्ट्रिय परिचयपत्र सेवा आरम्भ गरेपछि यस भेगका सेवाग्राही लाभान्वित बनेका छन् ।
‘ललितकलाको अनुसन्धानमा साझेदारी आवश्यक’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको प्रचुर सम्भावना रहेकाले त्यसको अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सम्झौता
भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ ।
प्युठानमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते
प्युठानको ऐरावती गाउँपालिका–५ बालिबिसौनामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
जलजलामाथि बहस
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा ‘बहसमा कामरेड जलजला र मोहनविक्रम सिंह’ कार्यक्रम सम्पन्न भएको छ ।
बढ्यो जडीबुटी निकासी
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा नेपालगन्ज नाकाबाट केही जडीबुटीको निकासीमा अत्यधिक वृद्धि भएको छ ।
सिद्धबाबा सुरुङमार्ग : छिचोलिए तीन वटै ‘बाइपास’
‘मृत्युमार्ग’ का रूपमा चिनिने सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत तीन वटै सहायक सुरुङमार्ग (बाइपास) छिचोलिएको छ ।
राजनीतिक परिवर्तनजस्तै आर्थिक समृद्धिको नेतृत्व गर्न कांग्रेस सक्षम : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी सक्षम रहेको बताउनुभएको छ।
लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १६ देखि सुरु हुँदै
यसअघि भदौ ३१ गते प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको थियो। चौथो अधिवेशन अन्त्य भएको साढे तीन महिनापछि पाँचौं अधिवेशनको बैठक बस्न लागेको हो।
नेपालगन्जमा शीतलहर सुरु, जनजीवन प्रभावित
शीतलहर सुरु भएपछि नेपालगन्जमा मङ्गलबारबाट चिसो बढेको छ। मङ्गलबारदेखि शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको हो।
रेसुङ्गा नगरले वडा-१४ लाई विभाजन गर्ने
रेसुङ्गा नगरपालिकाले वडा नम्बर-१४ लाई विभाजन गरी दुई वटा वडा बनाउने प्रस्ताव नगर सभाबाट पारित गरेको छ ।