मृतक ई–रिक्सा चालकको परिवारलाई आर्थिक सहयोग
अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी सङ्घ बाँकेले मृतक ई–रिक्सा चालकको परिवारलाई आर्थिक सहयोग गरेको छ । अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँके नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ६ बस्दै आएका स्व. ससिव श्रीवास्तवको परिवारलाई नगद १० हजार सहयोग गरेको हो ।
ट्याक्टरको ठक्करबाट छ वर्षीय बालकको मृत्यु
कपिलवस्तु नगरपालिका वडा नं. ६ सेमरीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सेमरी गाउँस्थित सडकमा सेमरीबाट लक्ष्मीनगरतर्फ जाँदै गरेको लु२ त ९६८५ नम्बरको ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको हो ।
सुन्तलाबाट राम्रो आम्दानी
दाङमा व्यावसायिक सुन्तला खेती गरेर किसानले आम्दानी लिन थालेका छन् ।
संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्छः कांग्रेस नेत्री संग्रौला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले संविधान संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।
मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न युवालाई सचेतना
बाँके र बर्दिया निकुञ्जका वन्यजन्तुका कारण सो वरिपरि बसोबास गर्ने स्थानीयलाई विभिन्न प्रकारको क्षति पुग्दा बढ्दै गएको मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न बाँके र बर्दियाका युवालाई सचेत पार्न सुरु गरिएको छ ।
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा वडा प्रहरी कार्यालय लमहीमा कार्यरत लमही नगरपालिका–७ निवासी २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इश्वर थापाले जानकारी दिनुभएको छ ।
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभएको छ ।
श्रीधनको मौरीपालन
दाङ, पुस ९ गते । दाङको घोराही उपमहानगरपालिका १३ स्थित मौलाकोटमा किसान श्रीधन घर्तीले चरनका लागि राख्नुभएको मौरीका घार । तस्बिरः रासस
तम्घास सडकमा खाल्डै खाल्डा
सदरमुकाम तम्घासकै सडकबिचमा ज्यानै लिने खाडलहरू हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । लामो समयदेखि सडकबिचमै रहेका खाडलहरू मर्मतका लागि रेसुङ्गा नगरपालिका तथा सरोकारवाला निकाय मौन रहेको पाइएको छ ।
नगरप्रमुखको पारिश्रमिकबाट छात्रवृत्ति
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुखको पारिश्रमिकबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
संरक्षण नहुँदा पुरिए तामाखानी
प्युठानका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् ।
लोकसंस्कृति जगेर्ना गर्न भजन चुट्का
बुटवलमा सञ्चालन भइरहेको औद्योगिक व्यापार मेलामा लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले भजन चुट्का प्रतियोगिता गरिएको छ ।
बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ ।
अमला बिक्री गरेर आम्दानी गर्दै सामुदायिक वन
अमलाको फल बिक्री गरेर दाङका सामुदायिक वनहरुले राम्रो आम्दानी गर्दै आएकाे छ ।
भेरी अस्पताल र धर्मभक्त प्रत्यारोपण केन्द्रबिच सम्झौता
पश्चिम नेपालका २४ जिल्लाका बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ ।
लुम्बिनी कपमा सङ्घसँगको सहकार्य
नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल सङ्घले सहकार्य गर्ने भएको छ ।
राम्दी पुल निर्माण तीव्र
पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दी पुल निर्माणले तीव्रता पाएको छ ।
खानेपानीको महसुल अनलाइनबाट पनि बुझाउन सकिने
तानसेन खानेपानी उपभोक्ता समिति पाल्पा तानसेनले अनलाइनमार्फत पनि खानेपानीको महसुल बुझाउन सकिने व्यवस्था गरेको छ । उपभोक्तालाई सहज बनाउने उद्देश्यले खानेपानीको महसुल बुझाउन कार्यालय जानुनपर्ने व्यवस्था मिलाइएको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
'सिकलसेलका बिरामीलाई निशुल्क औषधी उपलब्ध गराउने'
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका सबै बिरामीलाई निशुल्क औषधी र स्तरीय उपचारको व्यवस्था सरकारले गर्ने बताउनुभएको छ ।
प्रादेशिक अस्पतालमा छुट्टै प्रसूति शल्यक्रिया कक्ष
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले छुट्टै प्रसूति सेवा शल्यक्रिया कक्ष निर्माण गरी सेवा सुरु गरेको छ । अस्पतालले प्रसुति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएपछि अब सातै दिन प्रसुती सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुने भएको छ ।
सिद्धार्थनगरसँग साझेदारी गर्न ब्रिटिस दूतावासको चासो
गौतमबुद्धको प्रवेसद्धार रुपन्देहीको सिद्धार्थनगर नगरपालीकासँग साझेदारी गर्न ब्रिटिस राजदूतावासले चासो देखाएको छ । नगरमा रोजगारी सिर्जना गर्न, बालबालिका कार्यक्रम, प्रणाली सुधार, नव प्रवर्द्धन कार्यक्रम, स्थानीय पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा साझेदारी गर्न दूतावासले चासो देखाएको हो ।
ई–रिक्सा चालकद्वारा उपमहानगर कार्यालय घेराउ
विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय ई– रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।
सुनचाँदी व्यवसायी सङ्घ गुल्मी अध्यक्षमा विश्वकर्मा
सुनचाँदी व्यवसायीहरुको साझा संस्था गुल्मी सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा झविन्द्र विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । चौथो अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
जमिनमुनिबाट सुन निकालिदिने भन्दै दुई करोड ठगी
जिल्ला प्रहरी कार्यालय बाँकेले जमिनमुनिबाट सुन निकालिदिने भनेर दुई करोड रुपियाँ ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।