• ९ पुस २०८१, मङ्गलबार

लोकसंस्कृति जगेर्ना गर्न भजन चुट्का

blog

बुटवल समाचारदाता

बुटवल, पुस ९ गते । बुटवलमा सञ्चालन भइरहेको औद्योगिक व्यापार मेलामा लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले भजन चुट्का प्रतियोगिता गरिएको छ । मेला आयोजक बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले भजन चुट्का प्रतियोगितामार्फत नेपाली संस्कृति संरक्षण गर्न सहयोग पुग्ने बताउनुभयो ।  प्रतियोगितामा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान पाल्पा (नारी समूह) पहिलो भएको छ । 

प्रतियोगितामा पहिलो हुने समूहलाई २० हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यसै गरी ताली भजनकीर्तन समूह सैनामैना रुपन्देही दोस्रो भएको छ भने राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवल तेस्रो तथा आकाशदेवी भजन समूह सैनामैना सान्त्वना भएका छन् । प्रतियोगितामा दोस्रो हुने ताली भजनकीर्तन समूह सैनामैनालाई १२ हजार, तेस्रो हुने राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवललाई आठ हजार र सान्त्वना हुने आकाशदेवी भजन समूह सैनामैनालाई पाँच हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको सांस्कृतिक कार्यव्रmम संयोजक निर्मित कसजूले जानकारी दिनुभयो ।