• ८ पुस २०८१, सोमबार

सिद्धार्थनगरसँग साझेदारी गर्न ब्रिटिस दूतावासको चासो

blog

ब्रिटिस राजदूतावासको टोलीसँग सिद्धार्थनगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे
लुम्बिनी, पुस ८ गते ।
गौतमबुद्धको प्रवेसद्धार रुपन्देहीको सिद्धार्थनगर नगरपालीकासँग साझेदारी गर्न ब्रिटिस राजदूतावासले चासो देखाएको छ । नगरमा रोजगारी सिर्जना गर्न, बालबालिका कार्यक्रम, प्रणाली सुधार, नव प्रवर्द्धन कार्यक्रम, स्थानीय पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा साझेदारी गर्न दूतावासले चासो देखाएको हो ।

नेपाल सरकारमार्फत स्थानीय तहहरुमा विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको ब्रिटिस सरकारले आफ्ना दूतावासका कर्मचारीहरु मार्फत सिद्धार्थनगर नगरपालीका प्रमुख इस्तियाक अहमद खाँ, प्रमुख प्रशसकीय अधिकृत जनक थापासँग भेट गरी यहाँको बस्तु स्थितिबारे बुझ्नुभएको थियो ।

भेटको क्रममा दूतावासका सुशासन सल्लाहकार मधु विश्वकर्माले रोजगार सिर्जना, राजस्व प्रणाली सुधार, स्थानीयको क्षमता वृद्धि गर्न विभिन्न तालिमहरु, नेपाल ईन विजनेस जस्ता क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्दै आएको बताउनुभयो । त्यस्ता क्षेत्रहरुमा हाल लुम्बिनीका केही पालिकाहरुमा प्रदेश सरकारमार्फत काम भइरहेको जानकारी दिनुहुँदै  सिद्धार्थनगरमा पनि आवश्यकताका आधारमा सहयोग गरीन सक्ने उहाँले बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक खाँले सिमित स्रोत र साधानका बाफजुत पनि नगर विकासमा उल्लेख्य काम भएको बताउनुहुँदै दातृनिकायबाट सहयोग पाउन सके यस नगरलाई नमुना नगरको रुपमा विकास गर्न सकिने जानकारी दिनुभयो । उहाँले रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, नगरको सुन्दरीकरणको क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गर्न आग्रह गर्नुभयो ।

स्थानीय सरकारसँग जनताको धेरै अपेक्षा हुने तर स्रोत, साधन, अधिकार र बजेट सङ्घीय सरकारमै रहेकाले सोचे अनुसार काम हुन नसक्ने उल्लेख गर्नुहुँदै प्रमुख खाँनले दातृ नियकायहरुले पनि सिधै स्थानीय तहसँग साझेदारी गर्न सक्ने वातावरण मिलाउनुपर्ने बताउनुभयो । हाल दातृनिकायहरुले साझै स्थानीय तहसँग साझेदारीमा काम गर्न नपाउने व्यवस्था रहेको छ ।

यस्तो अवस्थामा आफ्ना सहयोगी संस्थामार्फत स्थानीय तहहरुमा दातृ  निकायले काम गर्दै आएका छन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यस्तो व्यवस्थालाई सुधार गर्न सके र सिधै स्थानीय तहले काम गर्न पाउने अवस्था आएमा प्रभावकारी रुपमा काम हुने विश्वास व्यक्त गर्नुभयोे ।