सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट अर्याल सम्मानित
सूचनाको हक, सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका विज्ञ टङ्कराज अर्याललाई सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट सम्मान गरिएको छ ।
निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो
पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौँदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन् ।
पारदर्शिता र जवाफदेहिता हाम्रो मुख्य प्राथमिकता
बाँके जिल्लाका आठ स्थानीय तहमध्ये कोहलपुर नगरपालिका बढी चलायमान र गतिशील देखिएको छ । नगरपालिकाले व्यवस्थित कोहलपुर बनाउने योजनाका साथ आफ्ना कार्यक्रमलाई योजनाबद्ध रूपमा प्राथमिकता दिएर काम गरिरहेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, हरित नगर, फुटपाथ व्यवस्थापन, संस्थागत सुधार, नगरलाई प्रविधिसँग जोड्ने गरी काम गरिरहेको छ । यसै सन्दर्भमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यसँग गोरखापत्रकर्मी सावित्री गिरीले गर्नुभएको कुराकानी :
ऐतिहासिक रामलिलाको तयारी पूरा
विगत डेढसय बर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदैआएको रामलिला यसवर्ष पनि भव्य रुपमा आयोजना गरिनेभएको छ । आइतवारबाट सुरु हुने रामलिलाको सबै तयारी पूरा भएको रामलिला सञ्चालक समितिले जनाएको छ ।
चाडवाडका लागि बजारमा झिलिङ्गा रोटी
चाडवाड नजिकिएसँगै हरेक नेपालीका घर–घरमा विभिन्न प्रकारका रोटीहरु बन्ने गर्छन् । हरेक चाडवाडमा नेपालीका घरमा रोटी बनाउनु र पाहुनालाई रोटीले स्वागत गर्ने परम्परादेखि चल्दैआएको चलन हो ।
सरकारले सहकारीभित्रको समस्या समाधान गर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या हल गरेरै छाड्ने बताउनुभएको छ । शनिबार दाङको गढवा गाउँपालिका महिला उद्यमी सहकारी संस्थाको भेलामा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
साहसिक खेल साइकल प्लाङ्क ब्यालेन्स रौनक (फोटो फिचर)
कपिलवस्तुको बाणगंगामा सञ्चालन भएको दोस्रो साइकल पलाङ्क ब्यालेन्स प्रतियोगिताको उपाधि रुपन्देहीका ११ वर्षीय बालकले जितेका छन् । बुटवल उपमहानगरपालिकाका एभरेष्ट बोडिङ्ग स्कुलका कक्षा ६ मा अध्ययनरत मनिक श्रेष्ठले उपाधि जित्नुभएको हो ।
नेपालगन्ज–लखनउ सिँधा बस सेवा सुरु हुँदै
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जलाई भारत उत्तरप्रदेशको राजधानी लखनउसँग प्रत्यक्ष सम्पर्क जोड्नका लागि नेपाली यातायात व्यवसायीले बस सेवा सञ्चालन गर्न लागेका छन् ।
सरकार सुशासन संस्कृतिको विकासमा केन्द्रित छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासन संस्कृति स्थापित गर्ने अभियानमा केन्द्रित रहेको बताउनुभएको छ ।
गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
राप्तीसोनारीमा बाघ देखियो, सजगता अपनाउन आग्रह
बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्तीसोनारी गाउँपालिकामा फेरि पाटेबाघ देखिएको छ । विगतमा पनि धेरै पटक निकुञ्जबाट छिरेर गाउँपालिकामा त्रास उत्पन्न गराउँदैआएको बाघ फेरि देखिएको हो ।
कैदीबन्दीको आँखा जाँच
गुल्मी जिल्ला कारागारमा रहेका कैदीबन्दीको आँखा जाँच गरिएको छ । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घासको आयोजनामा कैदीबन्दीको आँखा जाँच गरिएको हो ।
दिउँसो सामान लोड र अनलोड गर्न नपाइने
नेपालगन्ज उपमहानगरपालिकाले दिउँसोको समयमा ट्राफिक व्यवस्थापनका लागि मालवाहक सवारी साधन र अन्य सवारी साधनको व्यवस्थापनको काम अघि बढाएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
नेपालगञ्जका सामुदायिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शक्ति समूहले विद्यालय छाडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोसाक, जुत्ता, झोलासहितको उक्त शैक्षिक सामग्री सहयोग गरेको हो ।
थारु समुदायले ‘यमोसा’ पर्व मनाउँदै
नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धूमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिकरुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धूमधामसँग मनाउँदै छन् ।
सुपा देउराली मन्दिर (फोटो फिचर)
अर्घाखाँचीको प्रख्यात सुपा देउराली मन्दिर । सुपा देउराली देवीको मूर्ति पहिले भैसीभेला पहाडको फेदी अर्थात् सुपा खोलाको भिरमा रहेको थियो ।
डेढ दशकदेखिको बिजुली बाल्ने सपना पूरा
पाल्पाको निस्दी–७, बतासाका रामबहादुर विकले बिजुली बत्ती बाल्न १५ हजार रुपियाँ बुझाएको १६ वर्ष भयो। घरमा बिजुली बत्ती बाल्ने रहरले बङ्गुरको पाठो बेचेर उहाँले १५ हजार रुपियाँ सामुदायिक विद्युतीकरणका लागि बुझाउनुभयो। डेढ दशकपछि बल्ल विकको घरमा बिजुली बत्ती बल्यो। यसले विकसहित बतासा गाउँका सबैलाई खुसी बनाएको छ। डेढ दशकपछि गाउँमा बिजुली बल्दा गाउँ र गाउँलेको मुहारसमेत उज्यालो भएको छ। बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीका बासिन्दा लामो समयपछि बत्तकिो पहुँचमा पुगेका छन्। निस्दीको बतासा, ज्यामिरे र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि यहाँका बासिन्दा खुसी भएका छन्।
घरमा पानी आएपछि खुसियाली
तानसेन नगरपालिका ३ का बासीन्दा घरमा पानी आएपछि खुसी भएका छन् । तम्घास रोड शान्ति स्तुपादेखि सिन्दुरे धाराका घरधुरीका उपभोक्ताले पानीका कारण निकै समस्या झेल्दै आएका थिए ।
सञ्चारमन्त्री शर्माद्वारा पशु सेवा केन्द्रको भवन शिलान्यास
तुलसीपुर (दाङ), असोज २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ देउखुरीस्थित राप्ती गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास गर्नुभएको छ । लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरीस्थित उक्त पालिकामा रु दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको आज उहाँले शिलान्यास गर्नुभएको हो । रिड परियोजनाअन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गर्नुहुँदै मन्त्री शर्माले देउखुरी क्षेत्रलाई कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले सङ्घको कृषि र सिँचाइ मन्त्रालयको समन्वयमा धान उत्पादनका लागि विशेष कार्यक्रम आउन लागेकोसमेत जानकारी दिनुभयो । “देउखुरी क्षेत्रमा दुई बाली धानखेती हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि यहाँ कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी थालिएको छ ।” राप्ती गाउँपालिकाको प्राङ्गणमा उक्त भवन निर्माण हुन लागेको हो । मन्त्री शर्माले सोही भवनलाई समयमै पूरा गर्नसमेत निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । रासस
बिरुवा उत्पादनले बदलिएको पहिचान
पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ ।
कपिलवस्तुमा पहिलो पटक डिआर उपचार केन्द्र
कपिलवस्तुमा पहिलो र लुम्बिनी प्रदेशमा चौथो औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) उपचार केन्द्रको उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।
वैदेशिक रोजगारमा रहेका कामदारका परिवारसँग अन्तरक्रिया
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यसँग नेपालगन्जमा शुक्रवार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
‘वन अतिक्रमण हटाउन समुदायले जोड दिनुपर्छ’
डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले सामुदायिक वनले वन अतिक्रमण हटाउन जोड दिनुपर्ने वताउनुभएको छ । त्रिसुली सामुदायिक वन उपभोक्ता समूह बुद्धभुमि –२ गोरुसिङ्गेको आठौँ साधारण सभामा बोल्ने बक्ताहरुले सुकुम्वासीको नाममा गैर सुकुम्वासीका कारणले वन अतिक्रमणमा परेको बताउनुभएको हो ।
भन्सार छलेर ल्याएका सामान बिक्री गर्नेलाई कारवाही
दसैं–तिहार नजिकिएसँगै बजार अनुगमनलाई बाँकेमा तीव्र पारिएको छ । पछिल्लो पटक जिल्लाको दोस्रो ठूलो सहर कोहलपुरमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित र भन्सार छलीका सामान विक्री गर्ने व्यवसायीलाई कारवाही गरिएको छ ।