सामुदायिक विद्यालय साधन स्रोतले सम्पन्न बनाऔँ : महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशभरका सामुदायिक विद्यालयलाई साधन स्रोत सम्पन्न बनाए मात्रै विद्यार्थीको आकर्षण बढ्ने बताउनुभएको छ ।
दुग्ध उत्पादक किसानलाई ३६ लाख १२ हजार अनुदान प्रदान
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ ।
आस्थाको केन्द्र बन्दै बागेश्वरी मन्दिर
नेपालगञ्जको मध्यभागमा रहेको बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलको रुपमा रहेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउनेगरेका छन् ।
नेपालगन्जको ट्राफिक लाइट जडान कार्यले तीव्रता पाउने
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्यले अब तीव्रता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले उक्त कार्यलाई तीव्रता दिइने निर्णय भएको बताइएको छ ।
दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र
कोहलपुर (बाँके), कात्तिक ३ गते । हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् ।नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताउनुभयो । भोजपुरमा शिक्षण पेसामा कार्यरत उहाँ दसैँ मनाउनका लागि गृह जिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताउनुभयो । “टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु” जेठाराले भन्नुभयो, “बिहान ४ः०० बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।”स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ । निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताउनुभयो । उहाँका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढि भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् । निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताउनुभयो । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दसैँलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ । एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दसैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । “यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।”यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिनुभयो । यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उहाँको भनाइ थियो ।बाजुरा कोल्टीकी सङ्गीता विष्टले दसैँका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताउनुभयो । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उहाँको गुनासो थियो । “एउटा उडानमा १७ सिट हुन्छ”, उहाँले भन्नुभयो, “यहाँ सातवटा टिकटमात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।” रासस
बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा ४६ बालबन्दी राखियो
बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बालसुधार गृहका बालबन्दीलाई राख्न सुरु गरिएको छ ।
सडक कार्यालयको चरम बेवास्ता, ऐना नहुँदा सडक दुर्घटना बढ्दो
गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफै दुर्घटना परेपछि दुर्घटना दिनानुदिन दिन बढ्दै गएको छ । सडक कार्यालयले राखेको ऐना एक साता नहुँदै काम नदिने भए पनि ऐना राख्न कार्यालयले कुनै चासो नदेखाउँदा दुर्घटना बढ्दै गएको स्थानीयको गुनासो छ ।
गाउँमा दुर्गा पूजाको रौनक
यतिबेला रुपन्देहीका गाउँ गाउँमा दुर्गा पूजाको रौनकले दसैँ आएको छनक दिएको छ । जिल्लाको दूरदराजका गाउँबस्तीसम्मै बिहान र साँझमा दुर्गा देवीका भजन गुन्जिएका छन् । तराईमा यो वर्ष दुर्गा पूजाको रौनक गत वर्षभन्दा धेरै बढेको छ । थारू कल्याणकारी सभा रुपन्देहीका सदस्य सूर्यनारायण चौधरीले तराईका आदिवासी थारू समुदाय र मधेशी समुदायको बसोबास रहेको गाउँमा दुर्गा पूजाको रौनक बढेको बताउनुभयो । तराईका गाउँमा घटस्थापनाको दिन दुर्गा स्थापना गरेर दसैँको १० दिनसम्म दुर्गा पूजा गर्ने परम्परा वर्षाैंदेखि चलिआएको परम्परा हो । नवरात्रको नौ दिन देवी दुर्गाका मूर्तिसँगै गणेश, कार्तिकेय, सरस्वती र लक्ष्मीका मूर्ति स्थापना गरी पूजा गर्ने मान्यता तराईमा छ ।
सुपथ मूल्यका पसल नै सुनसान
चाडपर्वका अवसरमा सञ्चालन भएका सुपथ मूल्यका पसलमा भिडभाड हुनुपर्ने भए पनि यो वर्ष सुनसान जस्तै भएका छन् । सरकारले दसैँतिहार र छठलाई लक्षित गरी सञ्चालन गरेका सुपथ मूल्यका पसलमा नुन र चामल मात्रै हुँदा यो वर्ष सुपथ मूल्यको पसल सुनसान भएका हुन् ।
शक्तिपीठहरूमा दसैँको रौनक
दसैँ सुरु भएसँगै लुम्बिनी प्रदेशबाट विभिन्न कारण बाहिरिएकाहरू धमाधम घर फर्कन थालेपछि यहाँका गाउँघर र सहर बजारमा रौनक थपिन थालेको छ । साथै स्थानीय शक्तिपीठमा पनि भिड बढ्न थालेको छ । अम्बिकेश्वरी मन्दिर घोराही समाचारदाताका अनुसार दाङको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक स्थल अम्बिकेश्वरी मन्दिरमा विशेष पूजापाठसँगै पशु बलि दिने गरिन्छ । घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा रहेको अम्बिकेश्वरी मन्दिरमा ब्राह्मण वरनी गरी नौ दिनसम्म दुर्गा सप्तसती र चण्डी पाठ गरिन्छ । दसैँका अवसरमा मन्दिरमा पञ्च बलि दिने परम्परा छ । घोराही बजारबाट करिब १.५ किलोमिटर पूर्वमा पर्छ ।
लाइफलाइन अस्पतालद्वारा बिरामीलाई निःशुल्क परामर्श
नेपालगन्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौलामा समस्या भएका बिरामी र नर्सहरूलाई लक्षित गरी निःशुल्क परामर्श तालिम दिने भएको छ ।
ढुक्कसाथ पर्व मनाउन सद्भाव समितिको अपिल
सद्भाव समिति बाँकेले नजिकिदै गरेका आ–आफ्ना समुदायका चाडपर्वहरु ढुक्क भएर मनाउन अपिल गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय बाँकेमा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसहित बसेको सद्भाव समितिको बैठकले बाँकेबासीलाई निश्चिन्त र ढुक्क भएर आ–आफ्नो समुदायको नजिकिदै गरेका सामाजिक–सांस्कृतिक पर्व, उत्सव, जात्रा तथा महोत्सवमा सहभागी भइ भव्यसाथ मनाउन सामुहिक अपिल गरिएको प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
मासु पसल, दुग्ध डेरी र पसल अनुगमन
जिल्ला प्रशासन कार्यालय गुल्मीले दसैँ तिहार नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको बजार क्षेत्रमा अनुगमनलाई प्रशासन कार्यालयले तीव्रता दिएको हो ।
सडक खुलेपछि सामान ढुवानी सहज
निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही साता सञ्चालनमा ल्याएको हो ।
पर्यटकीयस्थल भैरवस्थानमा विशेष पूजा
पाल्पाको रिब्दिकोट गाउँपालिकामा अवस्थित भैरवस्थानमा नवदुर्गा सुरु भएसँगै विशेष पूजा गरिएको छ ।
चाडपर्वको किनमेल : फेरि पनि सीमापारि
हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपैडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको सङ्ख्या बढेको छ ।
सामाजिक स्वच्छता आजको आवश्यकता : सचेतक देवकोटा
नेपाली कांग्रेस राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटाले सामाजिक स्वच्छता आजको आवश्यकता रहेको बताउनुुभएको छ ।
भारतबाट खसीबोका भित्रिन छोडे
गाउँघरमा बाख्रापालन बढ्न थालेपछि दसैंको समयमा भारतबाट ल्याइने खसीबोकाको आयात रोकिएको छ । विगतमा साप्ताहिक रुपमा सीमावर्ती बजारमा लाग्ने हाट बजारबाट खसिबोकाको आयात हुने गरेको थियो ।
मृत भेटिएको बाघले कुनै विषादी सेवन नगरेको रिपोर्टमा उल्लेख
केही दिन अघि बाँकेको एक सामुदाकि वनमा बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको छ ।
दसैंमा नेपाल एयरलाइन्सले नेपालगन्जबाट हिमाली जिल्लामा दैनिक उडान गर्ने
नेपाल एयरलाइन्सले दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ ।
नागरिकलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न भूमि व्यवस्था मन्त्री श्रेष्ठको निर्देशन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले नागरिकलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
डोजरको ठक्करबाट एक वृद्धको मृत्यु
गुल्मीमा डोजर (डोजर) को ठक्करबाट एक वृद्धको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १४ मा डोजरको ठक्करबाट सोही वडाका ९२ वर्षीय ९२ कृष्ण बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
हावाहुरीले धान बालीमा क्षति
सोमबार राति आएको ठुलो हावाहुरीसहितको पानीले रुपन्देहीको धानबालीमा ठुलो क्षति गरेको छ । किसानले काट्न तयारी गरिरहेको अवस्थामा आएको हावाहुरीसहितको पानीले अधिकांश खेतको धान सुताएको छ । धान पानीले भिजेका कारण उत्पादनमा समेत ठुलो असर पु¥याउने अवस्था देखिएको कृषि ज्ञान केन्द्र रुपन्देहीले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार किसानले पाकेर काटेको धान, पाक्नै लागेको र पसाएर फुल्दै गरेका धान बालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकृत अनिलकानु बानियाँले किसानको क्षति भएको धानको तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो ।
घोराही–तुलसीपुर सडक : म्याद सकियो, सकिएन काम
दाङको घोराही–तुलसीपुर चार लेन सडक मर्मतको काम पूरा नहुँदै म्याद सकिएको छ । चार लेन सडक निर्माण लामो समयसम्म अलपत्र परेको थियो । २०८० असोज मसान्तसम्म सडक मर्मत गरिसक्ने गरी गएको असार १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार सडक मर्मतको काम सकिनुपर्ने भए पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्रै काम सकिएको छ ।