पितृपूजा गरेका थारु महिला पित्तर सेलाउन नदीमा जाँदै
दाङको राप्ती गाउँपालिका २ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला पित्रीपूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै । थारु समुदायमा दसैँको नवमीको दिन पित्रीको पूजागर्ने परम्परा रहेको छ ।
सिडिओसहित सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन
बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जिल्लाका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्र र सीमास्तम्भको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
कुम्हाललाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ
दसैं तिहारजस्ता चाडपर्व चलिरहेका बेला बाँकेका कुम्हाल समुदायमा माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । दसैं तिहार र छठजस्ता ठूला चाडपर्वमा माटाको भाँडाको माग अत्यधिक हुनेगरेकाले कुम्हाल समुदायमा भाँडा बनाउनेहरु माटाको भाँडा बनाउन व्यस्त भएका हुन् । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त छन् ।
तीनसय बढी दुर्गा भगवतीको मुर्ति प्रदर्शनमा
कपिलबस्तुमा तीन सय २९ वटा दुर्गा भगवतीको मुर्ति प्रदर्शनमा राखिएको छ । दुर्गा भगवती माताले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतीकको रुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रदर्शन गरिएको हो ।
पाल्पामा फेरि दुर्घटना : आठ जना घाइते, तीनको अवस्था गम्भीर
पाल्पामा पुन अर्को जिप दुर्घटनामा परी आठ जना घाइते भएका छन् ।
भन्सार छलीका सामानसहित सात जना नियन्त्रणमा
बर्दियाबाट प्रहरीले एक लाख ७४ हजार बराबरको सामान बरामद गरेको छ ।
संस्कृतिले सभ्य समाज निर्माणमा प्रेरणा दिन्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्नेगरेको बताउनुभएको छ । बडादसै, शुभ दीपावली, छठ एवम् नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा १९ मा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रदेशस्तरीय लिडरसिप, प्रशिक्षक तथा रेफ्री सेमिनार हुने
लुम्बिनी प्रदेशस्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्री सेमिनार–२०८० हुने भएको छ । खेलाडीको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश हाप्किडो संघको आयोजनामा लम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउँपालिकामा प्रदेशस्तीय सेमिनार हुनेभएको हो ।
मौलिक इतिहास बोकेको नेपालगन्जमा रामलीला जारी
विगत १५६ वर्षदेखि निरन्तर मञ्चन हुँदैआएको नेपालगन्जको ऐतिहासिक रामलीलाको महत्व बेग्लै छ । यहाँको रामलीला मञ्चनले चाडपर्वको रौनकता बेग्लै बनाउनेगरेको छ ।
पाकेको धानले माडीफाँट बन्यो पहेँलपुर
जिल्लााको विभिन्न स्थानमा धान पाकेर गह्रा तथा फाँटहरू फहेँलपुर बनेका छन् । गत असार र साउनमा किसानले रोपेका धान यतिबेला पाकेर फाँटहरू पहेँलपुर बनेका हुन् ।
पिङ खेल्दा मृत्यु
सन्धिखर्क नगरपालिका वाड नम्वर ६ मा पिङ खेल्न क्रममा पासोले बेरिएर एक बालिकाको मृत्यु भएको छ ।
'चाडपर्वमा आफन्तको याद आउँछ, तर घर फर्किन मन लाग्दैन'
७० वर्षीया लालकुमारी पुरीको रोल्पाको गजुलमा घर र परिवार छ । घरमा छोराबुहारीलगायतका रहेका छन् । आर्थिक रुपमा मध्यम परिवार राम्रै थियो ।
लघुकथा सङ्ग्रह ‘अक्षर’ को विमोचन
साहित्यकार सनत सापकोटाको लघुकथा सङ्ग्रह ‘अक्षर’ को विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
दुर्गा मूर्ति विसर्जनका लागि प्रशासनद्वारा समयसीमा निर्धारण
जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैंको भोलिपल्ट गरिने दुर्गा मूर्ति विसर्जनका लागि समयसीमा निर्धाण गरेको छ ।
स्ट्रीट लाइटले नेपालगन्ज झलमल्ल
नेपालगन्जको सडकमा स्ट्रीट लाइट (सडक बत्ती) बल्न सुरु गरेको छ । सडक बत्तीले गर्दा रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको छ ।
पाल्पा दुर्घटना: एकै परिवारका छ जनाको मृत्यु
पाल्पाको रानीमहल नजिकै आइतबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुने ६ जना एकै परिवारका रहेको खुलेको छ । दसैँमा रानी महल घुमेर फर्कने क्रममा तानसेन–रानी महल सडक खण्डको वैकुण्ठ भीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते हुनुभएको थियो ।
पाल्पामा जिप दुर्घटना पाँच जना घाइते
जिल्लाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्–रामपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । भ्यान सडकदेखि दुई सय मिटर तल खसेको उहाँले जानकारी दिनुभयो ।
मृतक ६ जनाकै खुल्यो पहिचान (विवरणसहित)
पाल्पाको तानसेन –१३ रानीमहल नजिकै जिप दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । आइतबार बेलुकी ५ बजेतिर भएको जिप दुर्घटनामा परी नवलपरासी जिल्ला देवचुली नगरपालिका –१६ रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, लम्जुङ् जिल्ला बेसीशहर नपा २ बस्ने ५५ वर्षीया चुना धिताल रहनुभएको छ ।
तुइनमा चढेर राप्ती नदी पार
राप्ती गाउँपालिका-१ बगासोतीस्थित बाढी पूर्वानुमान शाखाका कर्मचारी राप्ती नदी केन्द्र नं ३५० को जल मापन गर्न तुइनमा चढेर राप्ती नदी पार गर्दै ।
पाल्पामा जिप दुर्घटना : ६ जनाको मृत्यु
पाल्पाको रानीमहल दरबारनजिक भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गएको छ । चालक घाइते छन् । पर्यटकीयस्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पानीमा डुबेर बालिकाको मृत्यु
दाङमा मामाघर आएकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिका –१ गुरुङखोला निवासी सुन्तली खड्काकी करिव ७ बर्षीया छोरी समीक्षा खड्काको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
क्यान्सरपीडितलाई दुई लाख बढी सहयोग
दाङको बंगलाचुली गाउँपालिका –५ फलिदे निवासी ब्लड क्यान्सरपीडित पूजा बुढामगरको उपचरका लागि दक्षिण कोरियामा कार्यरत रहेका नेपाली युवाहरुले करिव साढे दुई लाख रुपियाँ सहयोग गरेका छन् ।
दसैंमा झिनियाँको कारोबार बढ्यो
चाडपर्वको मौसम सुरु हुनासाथ झिनियाँको कारोबार बढेको छ । जिल्लाका विभिन्न स्थानका व्यापारीले झिनियाँ बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । दशैँ तथा अन्य चाडपर्वमा रोटीको रुपमा झिनियाँ पाहुनालाई दिने प्रचलन छ ।
दसैंको सुरक्षा व्यवस्थाको ड्रोन क्यामेराद्वारा अनुगमन
दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ । घटस्थापनाको दिनदेखि नेपािलगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको संख्या, बस्तुस्थिति र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयद्वारा ड्रोनमार्फत अनुगमन गरिएको हो ।