• ३ जेठ २०८१, बिहिबार

पानीमा डुबेर बालिकाको मृत्यु

blog

लीलाधर वली

घोराही, कात्तिक ५ गते । दाङमा मामाघर आएकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिका –१ गुरुङखोला निवासी सुन्तली खड्काकी करिव ७ बर्षीया छोरी समीक्षा खड्काको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार समीक्षाको आइतवार तुलसीपुर उपमहानगरपालिका –७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै नदीजन्य पदार्थ उत्खनन गरेको खाल्डोको पानीमा डुवेर मृत्यु भएको हो । मृतक समीक्षा विद्यालय बन्द भएपछि चार पाँच दिनअघि राजपुरबाट मामाघर आउनुभएको थियो । 

प्रहरीका अनुसार मृतक समीक्षा साथीहरुसँग आइतवार दिउँसो करिब २ बजेतिर नुहाउन गएको समयमा खाल्डोमा डुवेर मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।