गठबन्धन नेतृत्वको सत्ता संकटमा परिसकेको छ : नेता थापा
प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले सत्ता गठबन्धन संकटमा परेको बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार भेटघाटमा आज उहाँले यस्तो बताउनुभएको हो ।
सहकारी मार्फत खसीबोका बेच्दै किसान
सरुमारानी गाउँपालिका–३ की निमा कुमारी रखालले बाख्रापालन व्यवसाय गर्नुहुन्छ । उहाँले पालेको खसीबोका गाउँकै शान्तिकुञ्ज सहकारी मार्फत विगत पाँच वर्षदेखि बेच्दै आउनुभएको छ ।
ग्वार खोला बृहत् जलाशय सर्भे सुरु : अर्थमन्त्री मास्की
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङ उपत्यकाको समग्र विकासका लागि ग्वार खोलामा बृहत् जलाशय निर्माणका लागि सर्भे सुरु गर्न थालिएको बताउनुभएको छ ।
एक लाख लुटेर भाग्दै गरेका दुई युवा पक्राउ
दाङको तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपुरमा व्यापार व्यवसायी पलायन बढ्दो
नवलपुरमा आर्थिक मन्दीका कारण यतिबेला सफल व्यवसायी पनि विस्थापित तथा पलायन हुने अवस्था बढ्दो रहेको छ ।
नेपालगञ्ज दुर्गामूर्तिले झकिझकाउ
बडादसैँको आगमनसँगैे ऐतिहासिक सहर नेपालगञ्ज दुर्गामूर्तिले झकिझकाउ भएको छ । सहरका चोक-चोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैैँको उमङ्ग ल्याएको छ ।
थारु बस्तीमा दसैँको रौनक
बडादसैँमा मात्र नाचिने थारुको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाजले थारु गाउँमा अहिले बेग्लै रौनक छाएको छ ।
थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात
बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुन थालेका छन् ।
बेमौसमी वर्षाका कारण धानबालीमा क्षति
बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको छ । कृषकहरुले लगाएको धानबालीमा सोमबार राति आएको हावाहुरीसहित असिना पानीले क्षति पुर्याएको हो ।
विद्युतीकरणमा ढिलाइ भएकोप्रति सांसद नमुनाको चासो
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना)ले बाँकेको राप्ती पारीका बस्तीमा विद्युतीकरणमा ढिलाई भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै चासो राख्नुभएको छ ।
खसीबोका बिक्रीबाट मनगे आम्दानी
खसीबोका बिक्री गरेर पाल्पाको तीन वडाका तीन सहकारीले वार्षिक तीन करोड रुपियाँ आम्दानी गरेका छन् । जिल्लाको रम्भा गाउँपालिका–१, २ र ३ मा रहेका सहकारीले एक वर्षको अवधिमा तीन करोडको खसीबोका बिक्री गरेका हुन् । महिलाले नेतृत्व गरेको सहकारीबाट गत वर्ष दुई करोड २९ लाखको खसीबोका बिक्री भएको रम्भा गाउँपालिकाले जनाएको छ । रम्भा गाउँपालिका–२, फोक्सिङ्कोटको उपहार सामाजिक उद्यमी महिला सहकारीले एक करोड ८० लाख रुपियाँको खसीबोका बिक्री गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
ट्रस निर्माणको क्रममा खसेर मृत्यु
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –२ मा ट्रस निर्माणको क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु महाराजगन्ज नगरपालिका–६ सहरनिया बस्ने ३० वर्षीय इजमान खानको मृत्यु भएको हो ।
मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन हुँदै
मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालनका लागि विभिन्न सरोकारवाला निकायसँग मङ्गलबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
तेस्रो नवलपुर बालिका सम्मेलन हुँदै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा तेस्रो नवलपुर बालिका सम्मेलन सुरु हुँदैछ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ तेस्रो नवलपुर बालिका सम्मेलन-२०८० आयोजना गरिएको हो ।
गनापुरमा ६३ ठुला उद्योग सञ्चालन
औद्योगिक कोरिडोरका रूपमा विकास हुँदैगएको बाँकेको जानकी गाउँपालिका –६, गनापुर क्षेत्रमा ६३ वटा ठुला उद्योग सञ्चालनमा आएका छन् ।
बजारमा म्याद नाघेका कोल्ड ड्रिङ्क छ्यापछ्यापती
वरुण बेभरेज कम्पनी प्रालिबाट उत्पादित म्याद नाघेका लाखौँ मूल्यका पेय पदार्थ बरामद गरिएको छ ।
किसानको उत्पादन बिक्री नभए सहकारीले किनिदिने
बागलुङको गलकोट नगरपालिका-११ रिघाकी आशा श्रीषले व्यावसायिक तरकारी खेती गर्दै आएको बर्सौँ भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो ।
नेपाल प्रहरी कार्य दक्षतामा अब्बल : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताउनुभएको छ ।
गुल्मीमा उत्कृष्ट कार्य गर्ने प्रहरी सम्मानित
गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित भएका छन् । मङ्गलबार ६८ औं प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत १६ जना प्रहरीहरुलाई सम्मान गरिएको गुल्मी जिल्लाका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
ग्रामीण जनजीवनलाई सहज बनाउँदै झोलुङ्गे पुल
झिमरुक गाउँपालिका–६ स्थित अर्गेली र सिमलचौरमा झोलुङ्गे पुल निर्माण भएपछि अहिले स्थानीयलाई आवतजावत गर्न सजिलो भएको छ ।
सुकुमवासी परिवारलाई पुर्जा
यसअघिका वर्षमा पटक पटक नापी हुँदा पनि जग्गा पाउने आशा गुमाएका रुपन्देही कञ्चन गाउँपालिका–४, सन्डहवाका देवीप्रसाद पौडेललाई यस पटक भने जग्गाको पुर्जा पाउने आशा र विश्वास बढेको छ । २०२९ सालदेखि कञ्चन गाउँपालिकाको सन्डहवामा बसोबास गर्दै आउनुभएका पौडेललाई यस पटक जग्गा जोतभोग गरेको ५१ वर्षपछि पक्कै पुर्जा पाउने आशा पलाएको हो ।
विद्यालयमा पढ्न पाउँदा उत्साहित
बाँके जिल्ला वैजनाथ गाउँपालिका–१, मा रहेको बहिरा अपाङ्ग बालगृहमा ४४ जनाभन्दा बढी विभिन्न जिल्लाका बहिरा अपाङ्ग बालबालिका रहेका छन् । बाँकेले बहिरा अपाङ्ग बालबालिकाका लागि निःशुल्क रूपमा खाने बस्ने व्यवस्थासहित सो बालगृह सञ्चालनमा ल्याएको छ ।
रामपुरमा गाउँबस्तीबाटै सामाजिक भत्ता वितरण
रामपुर नगरपालिका–१ का ७५ वर्षीय शेयरबहादुर खाण एक दिनको समय बिताएर बैंकमा पालो पर्खेर भत्ता सामाजिक सुरक्षा बुझ्ने गर्नुहुन्थ्यो । उहाँलाई भत्ता बुझ्न रामपुर बेझाडस्थित बैंकमा नपुगेसम्म अर्को विकल्प थिएन ।
जीवन रक्षाको लागि यमबहादुरको अपिल
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर-५ खर्ज्याङ्गका यमबहादुर नेपालीले जीवन रक्षाका लागि अपिल गर्नुभएको छ । जीवन मरणको दोसाँधमा रहनुभएका नेपाली र उहाँको परिवारले जीवन रक्षाका लागि सहयोगको अपिल गर्नुभएको हो ।