विजयादशमीमा राखिने दुर्गाको मूर्ति तयार हुँदै
नेपालगञ्ज उपमहानगरपालिका वडा –८ महेन्द्रपार्कका छोटु केवट र उहाँका दाजु सुरज केवटको एक महिना यताको दैनिकी फेरिएको छ ।
जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को
नेपालगन्जस्थित जमुनाह नाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म भारतमा काम गर्ने नेपाली दाजुभाइ जमुनाहनाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको जमुनाह इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले जानकारी दिनुभयो ।
फर्निचरमा आगलागी हुँदा एक करोड क्षतिको अनुमान
नेपालगन्जको बिपी चोकमा शुक्रवार बिहान फर्निचर उद्योगहरूमा भएको आगलागीबाट एक करोडको क्षति भएको अनुमान प्रहरीले गरेको छ । आगलागीबाट सात वटा पसल र उद्योग जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट सात पसलमा क्षति
विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भन्नुभयो, “सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदैछ ।”
प्रयोगमा नआउँदै बिग्रियो चिस्यान केन्द्र
दाङको दङ्गीशरण गाउँपालिका–३, हेकुलीमा किसानले उत्पादन गरेका तरकारी र फलफूल राख्नका लागि निर्माण भएको चिस्यान केन्द्र प्रयोगमा नआउँदै बिग्रिएको छ । गलत डिजाइन र उपयुक्त ठाउँ छनोट नगरी चिस्यान केन्द्र बनाउँदा निर्माण भएको एक वर्ष नबित्दै भवन बिग्रिएको हो ।
नागरिकको धान काटेर श्रमदान गर्दै माओवादी
माओवादी केन्द्र बाँकेका नेता–कार्यकर्ताले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान गरिरहेका छन् । गत भदौ १६ गते देशभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय नागरिकको धान काटेर श्रमदान गरेका हुन् ।
पूर्व प्रधानमन्त्री नेपालद्वारा अस्पताल निरीक्षण
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गर्नुभएको छ ।
दसैँमा घर फर्किनेको नाकामा अत्यधिक भिड
दसैँ र तिहारजस्ता ठुला चाडपर्वहरू नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली चाडपर्व मनाउन नेपाल फर्किने क्रम हाल आएर बढेको छ ।
बजार अनुगमनका क्रममा नियम विपरीतका ढक बरामद
कपिलवस्तुको शिवराज नगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । सो क्रममा नगरपालिकाले नियमित विपरीत प्रयोग गरिएका ढक बरामद गरेको छ ।
गोठमा आगलागी हुँदा चौपाया घाइते
गोठमा आगलागी हुँदा चौपाया घाइते भएका छन् । जिल्लाको छत्रकोट गाउँपालिका–३ काउलेका पशुपति पन्तको गोठमा आगलागी हुँदा भैँसी र पाडा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सहकारीलाई उत्पादनमा केन्द्रित बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
विश्व दृष्टि दिवस : दुई लाखले पाए दृष्टि
राप्ती आँखा अस्पतालले स्थापनादेखि हालसम्म दुई लाख १२ हजार मोतियाबिन्दुको शल्यक्रियापछि नयाँ दृष्टि प्रदान गरेको छ ।
डेढ दशकदेखिको बिजुली बाल्ने सपना पूरा
बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीमा पहिलो पटक बिजुली बत्तीको पहुँच पुगेको छ । निस्दीको बतासा, ज्यामिरे र सिन्दुरे गाउँमा पहिलो पटक विजुलीबत्ती बलेपछि यहाँका बासिन्दा खुसी भएका छन् ।
प्रहरी दिवसको अवसरमा रक्तदान
नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ६८ औँ नेपाल प्रहरी दिवसका अवसरमा बिहीबार अस्पताल परिसरमा प्रहरी कर्मचारीद्वारा रक्तदान गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. अमिनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाललाई समाजको हितमा प्रयोग गर्न सुझाव
सामाजिक सञ्जाललाई समाजको हित र फाइदाका लागि प्रयोग गर्नुपर्ने नेपालगन्जका धार्मिक तथा सामाजिक अगुवाहरूले सबैलाई सुझाव दिनु भएको छ ।
जब्दीघाटको पुल निर्माणको काम अघि बढ्छ : अध्यक्ष नेपाल
कपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बर्दियाको बबई नदीस्थित जब्दीपुलको काम दुई तीन महिनामा सुरु हुने बताउनु भएको छ ।
विमानस्थलको जग्गा छानबिन सुरु
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको घटना सार्वजनिक भएपछि यसबारे छानबिन सुरु भएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । स्थानीय सुर्जा मिश्राइनले हकभोगमा ३० बिघा १४ कट्ठा १४ धुर जमिन रहेकोमा हदबन्दीका कारण २०२२ पुस २० मा हदबन्दीभन्दा धेरै जमिन मन्दिरका नाममा दिनुभएको थियो । निःसन्तान रहेकी मिश्राइनको २०२५ माघ १८ मा मृत्यु भएपछि नजिकको हकदारबारे विवाद सुरु भएको थियो । विभिन्न व्यक्तिबिच विवाद भए पनि २०३६ जेठ १८ मा सर्वोच्च अदालतको फैसलाले रमाकान्त मिश्र हकदार साबित हुनुभएको थियो ।
प्रविधिले धान उत्पादन लागत घट्यो
जिल्लाको सबैभन्दा ठुलो फाँट झिमरुकमा यति बेला किसानहरू धान काट्ने र भिœयाउने चटारोमा देखिन्छन् । किसानलाई केही वर्षयता मेसिन, औजारको सहयोगले धान भित्र्याउन पाउँदा सहज भएको छ । दसैँतिहार जस्ता चाड नजिकिइसकेकाले जति सक्यो छिटो खेतको काम सकेर आनन्दले चाडपर्व मनाउने सोचमा किसान रहेका छन् । प्युठान नगरपालिका–४, जिवारका आशिष कार्कीले थ्रेसर मेसिनबाट धान भित्र्याउँदा छिटो र लागतसमेत घटेको बताउनुभयो । “मानिसले काम गर्दा दिनभर लाग्थ्यो,” उहाँले भन्नुभयो, “मेसिनबाट एकैछिनमा सकियो ।” मेसिनबाट धान झाँट्दा लागतसमेत आधा कम भएको उहाँको भनाइ छ ।
लेक लागेर तीन पर्यटकको मृत्यु
पछिल्लो एक सातामै मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु भएको छ । अनुकूल मौसम सुरु भएपछि मुस्ताङमा अहिले आन्तरिक र बाह्य दुवै खालका पर्यटकको भीड लागेको छ ।
जनतासँग जोडिन समाजवादी अभियान : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा समाजवादी आन्दोलन सफल भएमात्रै मुलुकले आर्थिक विकास हासिल गर्ने बताउनुभएको छ ।
बाँकेमा दसैँ तिहार लक्षित विशेष सुरक्षा योजना
जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।
ग्वार खोलामा पुल नबन्दा स्थानीयलाई समस्या
दाङ उपत्यकाको ग्वार खोलामा पुल नबन्दा आवत–जावतमा स्थानीयलाई समस्या भएको छ । तीन जिल्ला जोड्न सडक खण्डमा पुल नहुँदा यात्रुलाई समस्या भएको स्थानीयको भनाइ छ । ग्वार खोलाको रोल्पा दाङ सडकखण्डको रुन्टीगढी गाउँपालिका वडा ८ को रानीवास क्षेत्रमा पुल नहुँदा यात्रा गर्न समस्या भएको छ ।
अवैध सालको काठसहित एक पक्राउ
नेपालगञ्जमा वन कार्यालयको टोलीले बुधवार विहान एक सःमिलमा छापा मारी अवैध सालको चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ ।
अतिरिक्त महानिरीक्षक ज्ञवालीद्वारा सीमानाका निरीक्षण
पश्चिम नेपालको प्रमुख सीमानाका नेपालगन्जस्थित जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।चाडपर्व मनाउन भारतबाट स्वदेश फर्किनेहरूको सङ्ख्या बढ्दै गएपछि उनीहरूको सहयोग र सहजताका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।