आइटीएफ तेक्वान्दो टोली भारत प्रस्थान
भारतको हैदराबादमा सञ्चालन हुने सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ११ जना खेलाडीसहित १४ सदस्यीय टोली नेपालगन्जबाट भारत प्रस्थान गरेको छ ।
अवैध भित्र्याइएको कुखुराको मासु बरामद
भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित कुखुराको ९० किलो मासु शसस्त्र प्रहरीले नाका नजिकैबाट बरामद गरेको छ।
बाँकेका चार जना चिकित्सक सम्मानित
कोभिड महामारीलगायत जटिल अवस्थामा पश्चिम नेपालकै सयौं बिरामीको सफल उपचार गर्न सफल बाँकेका चार जना वरिष्ठ चिकित्सकलाई सम्मान गरिएको छ।
राजनीति सँगसँगै माहुरीपालन व्यवसाय
राजनीतिमा जति सक्रीय हुनुहुन्छ डाँसबहादुर डाँगी उत्तिकै कृषि कर्ममा पनि सक्रीय हुनुहुन्छ । दाङको बंगलाचुली गाउँपालिका –४ का वडा अध्यक्ष समेत रहनुभएका डाँगी जनताको सेवासँगै विगत दश बर्षदेखि माहुरीपालन व्यावसाय गर्दै आउनुभएको छ ।
तीन सःमिलमा छापा, सालको काठ बरामद
डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन वटा सःमिलमा छापा मारेको छ । नेपालगन्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा सो काठ बरामद भएको हो ।
एमाले पार्टी कार्यालयमा तालाबन्दी
नेकपा (एमाले) बाँकेको नेपालगञ्जस्थित जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी बुधबार दोस्राे दिन पनि जारी छ ।
रुकुमपूर्वमा डेङ्गु पोजेटिभ
रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउनुभएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आउनुभएको थियो ।
प्रसूति अस्पताल नहुँदा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
बजेट खर्च गराउन युवाले लिए सक्रियता
बाँके जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ लागि विनियोजन भएको बजेटको शतप्रतिशत खर्च हुने वातावरण बनाउन पहलकदमी अघि बढाइएको छ। राजनीतिक दलका युवाले बजेट कार्यान्वयन समन्वय समिति गठन गरेका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार सङ्घ र प्रदेशका कार्यालयतर्फ जिल्लामा विनियोजन भएको विकास बजेटमध्ये आव २०७९/८० मा करिब अढाई अर्ब रुपियाँ खर्च हुन सकेको थिएन ।
नेपालगन्ज भूकम्पको उच्च जोखिममा
नेपालगन्ज उपमहानगरका दुई वटा वडाका ११ हजारभन्दा बढी सर्वसाधारण भूकम्पको उच्च जोखिममा रहेका छन्। उपमहानगरको सबैभन्दा पुरानो र घनाबस्तीका रूपमा रहेको वडा नम्बर ३ र वडा नम्बर ७ का अधिकांश घर भूकम्प प्रतिरोधी मापदण्डविपरीत निर्माण गरिएकाले ती दुवै वडाका ११ हजार आठ सयभन्दा बढी सर्वसाधारण भूकम्पको अत्यधिक जोखिममा छन्।
चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको मृत्यु
बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको उपचारका क्रममा मङ्गलवार मृत्यु भएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिनुभयो ।
आत्मनिर्भर बन्दै डुडुवा गाउँपालिकाका महिला
बाँकेको डुडुवा गाउँपालिकाले सीपमूलक तालिममार्फत पालिकाभित्रका महिलाहरूलाई आत्मनिर्भरतर्फ उन्मुख बनाउँदै छ ।
खानेपानी महसुल घटायाे
पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०-८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।
बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुँदै
बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित साउन १९ र २० गते सम्मेलन हुन लागेको हो ।
विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउदै सामुदायिक प्रहरी
सामुदायिक प्रहरी सेवा केन्द बाँकेले जिल्लामा रहेका विद्यालयमा पुगि विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउने अभियान सञ्चालनमा ल्याएको छ ।
धानखेतमा गाईबस्तु चर्दै
बाँकेमा पर्याप्त मात्रामा वर्षा नभएपछि धाने रोपाइँ हुने खेत यतिबेला गाईबस्तु चरनक्षेत्रको रूपमा प्रयोग भएका छन् । जिल्लाको खजुरा र जानकी लगायतका क्षेत्रमा सुख्खाको बढी प्रभाव परेको छ ।
बजेट कार्यान्वयनका लागि पहल अघि बढाइने
बाँके जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन भएको बजेटको शत प्रतिशत खर्च हुने वातावरण बनाउन पहल कदमी अघि बढाइएको छ । युवा राजनीतिहरूले बजेट कार्यान्वयन समन्वय समिति गठन गरेका छन् ।
बाँकेमा छोटी भन्सार नहुँदा राजस्व सङ्कलन घट्यो
बाँकेस्थित नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगञ्ज भन्सार कार्यालयले गत केही वर्ष यता राजस्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन ।
बालसुधार गृहमा विद्यालय सञ्चालनको माग गर्दै उच्च अदालतमा रिट दायर
दुई सय ४८ जना बालक रहेको बाँकेको एक बालसुधार गृहमा उनीहरूको शिक्षाका लागि विद्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै उच्च अदालत नेपालगन्जमा रिट दायर गरिएको छ ।
रामपुर खानेपानीले महसुल दर घटायो
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी महसुल घटाएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै साउन १ देखि लागू हुने गरी छुट सहित संस्थाले नयाँ दर कायम गरेको हो ।
नेपाली सेनाले सुरु गर्यो २६ बिघामा वृक्षरोपण
नेपाली सेनाको बज्रदल गण, इमामनगर व्यारेक राँझाले २६ बिघा खाली जमिनमा वृक्षरोपण सुरु गरेको छ ।
प्रशिक्षणका लागि कुस्ती टोली भारतमा
चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय कुस्ती टोली दुई महिने प्रशिक्षणका लागि भारततर्फ प्रस्थान गरेको छ ।
तीन दिनपछि अवरुद्ध शहीदमार्ग सञ्चालन
रुकुम (पूर्व) स्थित अवरुद्ध शहीदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिरोका कारण साउन १३ गतेदेखि अवरुद्ध सडक आजदेखि सञ्चालन गरिएको हो । लगातार वर्षाका कारण भूमे गाउँपालिका वडानं ७ अन्तर्गत उख्लिबाङ र भूर्तिबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो ।
आन्तरिक राजस्व कार्यालयद्वारा लेखा व्यवस्थापन तालिम
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले गैरसरकारी संस्थाहरुमा कार्यरत लेखा प्रमुखहरुलाई लेखा व्यवस्थापन र वर्तमान कर प्रणाली विषयको एकदिने तालिम प्रदान गरेको छ ।