• ९ पुस २०८१, मङ्गलबार

मानसिक समस्यामा सबैभन्दा बढी महिला

blog

रमेश विश्वकर्मा

गुल्मी, असोज २३ गते । गुल्मीमा मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी महिला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस जिल्लामा मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी महिला रहेका छन्।

तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा कुल ७६८ जनामा मानसिक स्वास्थ्य समस्याको पहिचान भएको थियो । जसमा २५२ जना पुरुष र ५१६ जना महिला रहेका छन् । नेपालभर १० प्रतिशत वउस्क मानिसमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको तथ्याङ्कमा उल्लेख छ ।