• ११ मंसिर २०८१, मङ्गलबार

डोजरको ठक्करबाट वृद्धको मृत्युु

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १ गते । गुल्मीमा जेसिबी (डोजर) को ठक्करबाट एक वृद्धको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १४ मा डोजरको ठक्करबाट सोही वडाका ९२ वर्षीय कृष्णबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार दिउँसो करिब १ः३० बजेको समयमा सोही वडाको तारनेटा टापु जोड्ने मोटरबाटो मर्मत गर्न जानेक्रममा डोजरले ठक्कर दिँदा सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

पाल्पाको माथागडी गाँउपालिका ७ रहवासका २९ वर्षीय कृष्णबहादुर लामिछानेले चलाएको डोजरले ठक्कर दिँदा सुनारको मृत्यु भएको हो । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

घटनास्थल तथा लाशजाँच प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमको लागि गुल्मी जिल्ला अस्पताल पठाइएको छ । ठक्कर दिने डोजर चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।