• २ पुस २०८१, मङ्गलबार

‘वन अतिक्रमण हटाउन समुदायले जोड दिनुपर्छ’

blog

त्रिसुली सामुदायिक वनको साधारण सभा । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज २६ गते । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले सामुदायिक वनले वन अतिक्रमण हटाउन जोड दिनुपर्ने वताउनुभएको छ । त्रिसुली सामुदायिक वन उपभोक्ता समूह बुद्धभुमि –२ गोरुसिङ्गेको आठौँ साधारण सभामा बोल्ने बक्ताहरुले सुकुम्वासीको नाममा गैर सुकुम्वासीका कारणले वन अतिक्रमणमा परेको बताउनुभएको हो । 

वन क्षेत्र बेचबिखन गर्नेलाई राजनीतिक संरक्षण हुँदा त्यस्तो काम निरुत्साहित गर्न समुदायले चासो दिनुपर्ने उहाँले बताउनुभयो । वनको दिगो व्यवस्थापनले वनको हैसियत वृद्धिसँगै आम्दानी बढेको वताइएको छ ।

समुहले बुद्धभुमि नगरपालिकाको गोरुसिङ्गे बजारमा सडक कालोपत्रे, पीसीसी सडक निर्माण, ७५ जना युवालाई सीपमूलक तालिम, स्वास्थ्य चौकी मर्मत, विपन्न बालबालिकामा पोषाक र शैक्षिक सामग्री वितरण, खाली ठाउँमा वृक्षारोपणलगायतका क्रियाकलाप गरेको वन समूहका अध्यक्ष निलकुमार श्रेष्ठले बताउनुभयो । 

सामुदायिक वनले गत आर्थिक वर्षमा करिब ६३ लाख आम्दानी गरेको समूहका कोषाध्यक्ष लक्ष्मी न्यौपानेले बताउनुभयो । २०६५ सालमा दर्ता भएको वनमा ५ सय ३० घरधुरी सदस्य रहेको समुहका सचिव भक्तिराम खनालले बताउनुभयो ।