नदीमा डुबेर बालकको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा डुबेर एक १३ वर्षीय बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बैजापुर बाँकेले दिएको जानकारीअनुसार आफ्नो एक जना साथीसँग शुक्रबार दिउँसो करिब १२ बजे राप्ती नदीमा नुहाउन र पौडी खेल्न गएका राप्ती सोनारी गाउँपालिका –३ बैंसा निवासी यज्ञबहादुर बिकको कान्छो छोरा १३ वर्षको सफर बिकको डुबेर मृत्यु भएको हो ।
गुल्मीमा औषधी व्यवसायी सङ्घको भवन उद्घाटन
नेपाल औषधी व्यवसायी सङ्घ गुल्मी शाखाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
युपिआरबारे प्रदेशस्तरीय कार्यशाला नेपालगन्जमा
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपिआर)बारे प्रदेशस्तरीय कार्यशाला नेपालगन्जमा सम्पन्न भएको छ ।
आठ वर्षमा पनि पूर्णता पाएन दुई हजार मिटर सडकले
२०७४ चैत २९ गते गजुरमुखी निर्माण सेवाले सडक डिभिजन कार्यालय बाँकेसँग ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण पनि सडकले पूर्णता पाउन नसकेको हो ।
पाहुना कुर्दै रेमी सामुदायिक होमस्टे
उत्तरमा सेता हिमाल छ । समथर रेमी गाउँमा टम्म परेको घर छन् । शान्तिपुर बजारबाट निस्कएपछि नजिकैको रेमी गाउँ पुगिन्छन् । रेमीको थाप्लोमा आर्कषक टिमुरे ताल छ ।
प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवन निर्माण
१२ करोड रुपियाँको लागतमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको निर्माणाधीन मुख्य प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ ।
असिना पानीले तरकारी बालीमा क्षति
बिहीबार परेको असिना पानीले रोल्पाको त्रिवेणी गाउँपालिकामा लगाइएको तरकारी बालीमा क्षति पुर्याएको छ ।
गुल्मीमा एसइईको उत्तरपुस्तिका परीक्षण
गुल्मीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । आन्दोलनरत शिक्षक र सरकारबिच सहमति भएपछि उत्तरपुस्तिका परीक्षण तथा समपरीक्षण गर्नका लागि अभिमुखिकरण गरिएसँगै उत्तरपुस्तिका परीक्षणको कार्य थालिएको हो ।
प्युठानमा रक्तदान गर्नेको सङ्ख्या बढ्दै
जिल्लामा पछिल्लो समय रक्तदान गर्ने व्यक्ति बढ्दै गएका छन् । विभिन्न सामाजिक सङ्घ संस्थाहरूले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गर्न थालेका हुन् ।
सञ्चालनमा आएनन् विद्युतीय बस
लुम्बिनी विकास कोष अन्तर्गतका विद्युतीय सवारीसाधनको नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गर्न अदालतले आदेश दिएको एक महिनाभन्दा बढी भइसक्दा पनि ती विद्युतीय बस र भ्यान अझै सञ्चालनमा आउन सकेका छैनन् ।
एउटै कम्पनीलाई चार पुलको ठेक्का, समयमै पुल बन्नेमा आशङ्का
एउटै निर्माण व्यवसायीले धेरै कामको ठेक्का लिएर समयमै काम नसक्ने गरेको नौलो कुरा होइन । यो विषयमा नियामक निकाय जानकार हुँदाहुँदै पनि पहुँचका आधारमा ठेक्का हत्याउने गरेका छन् ।
काफल बेच्दै पढ्ने सपना
उध्रिएको स्वेटर, थकित अनुहार र खाली खुट्टा । स्वर्गद्वारी–२, खालकी नौ वर्षीय अनुष्का परियार ढकियाभरि काफल बोकेर मन्दिर क्षेत्रमै बस्नुहुन्छ । आँखामा थकान छैन, छ त पढ्ने गहिरो सपना ।
भैरहवा विमानस्थल सञ्चालनमा चौतर्फी चुनौती
परियोजना र जग्गाको मुआब्जामा गरी झन्डै ३२ अर्ब रुपियाँ खर्च गरेर स्तरोन्नति भएको भैरहवा विमानस्थल सञ्चालनमा समस्या रहेको निष्कर्ष संसदीय छानबिनले देखाएको छ ।
आर्ट ग्यालरीसँगै चित्रकला कार्यशाला
रुपन्देहीको सैनामैनामा निजीस्तरमा पहिलो पटक आर्ट ग्यालरी सञ्चालनमा आएको छ । सुमित्रा थ्री एल आर्ट ग्यालरी नाम दिइएको उक्त ग्यालरीको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले शुभारम्भ गर्नुभयो ।
अटो दुर्घटना हुँदा तीन जना घाइते
तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततले नजिक गोठीखोलामा अटो दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
एसइईको उत्तरपुस्तिका परीक्षण गर्न सुरु
। सरकार र शिक्षकबिच सहमति भएलगत्तै कपिलवस्तुमा एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तरपुस्तिकाको परीक्षण कार्य सुरु गरिएको छ ।
दर्शक बिनाका दृष्टिविहीन गायक
तिन दिनदेखि तम्घासका चोकहरूमा “यो सम्झिने मन छ, आँखा छोपी नरोउ भनि भन्नु पर्या छ, यतिचोखो यतिमिठो” स्वर सम्राट नारायण गोपालका गीतहरू गुञ्जिरहेका छन् ।
४०९ कुकुरको बन्ध्याकरण
गुल्मीमा रेविज रोगको जोखिम बढ्दै गएपछि कुकुरहरूको स्थायी बन्ध्याकरण थालिएको छ । जिल्लाका चार स्थानीय तहका ४०९ छाडा तथा सामुदायिक भाले एवंम पोथी कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।
‘श्रमिकले हक अधिकारका लागि अझ धेरै लड्नु छ’
नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोग सदस्य एवम् संविधानसभा सदस्य देवराज भारले मजदुर र श्रमिकले अझ धेरै हक अधिकारका लागि लड्न बाँकी रहेको बताउनुभएको छ ।
श्रमिक दिवस : सञ्चारमाध्यममा कार्यरत श्रमिक सम्मानित
एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा रेडियो, पत्रिकामा कार्यरत श्रमिकहरूलाई सम्मान गरिएको छ ।
श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आँखा उपचारमा पहुँच वृद्धि
शल्यक्रियापछि आँखा देख्नुभएका बरेङ गाउँपालिका–५, बागलुङका ८६ वर्षीय लालबहादुर क्षेत्रीले चन्द्रकोट गाउँपालिकालाई धन्यवाद दिनुभएको छ ।
प्रदेश सचिवहरूको जिम्मेवारी बाँडफाँट
लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले तीन वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभएको छ ।
राज्यको लगानीको पार्क प्रयोगविहीन
गुल्मीको सदरमुकाम तम्घासमा रहेको थ्रिडी पार्क उपयोगविहीन भएको छ । पार्क बनेको लामो समयसम्म प्रयोगमा नआएका कारण पार्कमा घाँस पलाएको छ भने राज्यको लगानी रहेको संरचना यसै अलपत्र परेको छ ।