म्याद थपेको थप्यै, सडक अलपत्र
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण बर्दियाको २७ किलोमिटर लामो सडक अलपत्र परेको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई जना घाइते
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
दुई गोठ जल्दा १४ पशुचौपाया मरे
गुल्मीमा एकै दिन दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १४ पशुचौपाया मरेका छन् । आइतबार साँझ धुर्कोट गाउँपालिका –३ हाडहाडेका अनन्तबहादुर बस्नेतको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठमा आगलागी हुँदा एउटा दुहुनो भैँसी र एउटा पाडो जलेर मरेको छ ।
शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो : महासचिव पोख्रेल
सत्तारुढ दलका नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दुःखद अवस्था सिर्जना भएको बताउनुभएको छ।
स्रोत नखुलेको ४३ लाखसहित भारतीय नागरिक पक्राउ
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले आइतबार तीन बजेको समयमा २२ वर्षीय शिवा पटवा भन्ने अनिश कुमारलाई रकमसहित पक्राउ गरेको हो।
अपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले चाहे अनुसार सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताउनुभएको छ।
प्रचण्डद्वारा बाँकेमा राप्ती नदीको कटान र तटबन्धको स्थलगत निरीक्षण
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बाँकेको राप्ती नदीको कटानको स्थलगत निरीक्षण गर्नु भएको छ ।
लुम्बिनीमा २५ सयभन्दा बढी घरेलु उद्योग दर्ता
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा दुई हजार पाँच सय बढी घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् ।
चन्द्रकोट पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा
गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ ।
बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल दुई महिनादेखि प्रमुख विहीन
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल गत दुई महिनादेखि प्रमुख विहीन भएको छ ।
कालीगण्डकी गाउँपालिकाका विद्यालय सञ्चालनमा
गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।
तुराङलाई अध्यक्ष कपको उपाधि
गुल्मीको चन्द्रकोट गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप भलिबलको उपाधि चन्द्रकोट गाउँपालिका-८, तुराङले जितेको छ ।
भेरी अस्पतालको ओपिडी र प्रयोगशाला दुई दिन बन्द
नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट ओपिडी भवन र ल्याबमा प्रयोग हुने विभिन्न केमिकल लगायतमा ठुलो क्षति भएपछि दुई दिनका लागि ओपीडी र ल्याब सेवा बन्द गरिएको छ ।
पशुमा देखिने बाझोपनलाई हटाउन उपचार गर्दै
दाङस्थित घोराही उपमहानगरपालिकाले पशुहरूमा देखिने बाझोपनलाई हटाउन उपचार थालेको छ । राष्ट्रिय पशु प्रजनन कार्यलय बाँकेको प्राविधिक सहयोगमा उपमहानगरपालिकाको पशु सेवा शाखाले किसानहरुका फर्ममा पुगेर बाझोपनको उपचार थालेको हो ।
गुल्मीको मरभुङ्गमा गोठ जल्दा १२ पशुचौपाया मरे
गुल्मीको मरभुङ्गमा आइतबार बिहान गोठमा आगलागी हुँदा १२ वटा पशुचौपायाको जलेर मृत्यु भएको छ । मालिका गाउँपालिका–८ किलिबाङका तुलबहादुर घर्तीको ढुङ्गा माटोले बनेको गोठमा आगलागी हुँदा एक भैंसी र पाडीसहित खोरमा रहेका १० बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
बढ्यो गर्मी, जनजीवन प्रभावित
वैशाख लागेसँगै तराईका जिल्लामा अत्यधिक रूपमा गर्मी बढेको छ ।
बौद्ध संस्कृति र कलालाई सुदृढ बनाउने अवसर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबिचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताउनुभएको छ ।
बुद्धकालीन सामग्री संरक्षण
रुपन्देहीको चारपाला सामुदायिक वन क्षेत्रमा एक वर्षअघि फेला परेका बुद्धकालीन ऐतिहासिक महत्वका पुरातात्त्विक वस्तु संरक्षण गरिने भएको छ ।
चल्यो शिक्षकले राजीनामा दिने लहर
गुल्मीमा २९ जना शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार गत साउन १ गतेदेखि हालसम्म २९ जना शिक्षकले राजीनामा दिएका छन् ।
चार लाखभन्दा बढी क्युफिट काठ कटान अनुमति
दाङमा चार लाखभन्दा बढी क्युफिट काठ कटान गरिने भएको छ ।
नौमती बाजामा आकर्षित बुहारी
गुल्मीदरबार–३ की गङ्गा खासुले सनई बजाउनुहुन्छ । यो सबैभन्दा अप्ठ्यारो बाजा हो । समूहमा खासुले बाहेक अरूले सनई बजाउँदैनन् । उहाँले भर्खर नयाँ भएकाले भाका फेर्न नसके पनि काम चलाइरहेको सुनाउनुभयो ।
गोरु पाल्ने कृषकलाई अनुदान
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गोरु पाल्ने कृषकलाई अनुदान प्रदान गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार गोरु पाल्ने कृषकलाई अनुदान दिन लागिएको जानकारी दिनुभयो ।
बिजुलीले बढायो मकै खेती
बर्दियामा बढ्दो विद्युतीकरणसँगै बर्दियाका कृषक नगदे बाली मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
तरकारी खेतीबाट समृद्धि खोज्दै किसान
तुलसीपुर उपमहानगरपालिका–२ कुमलगदी गाउँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय धान, गहुँ खेतीमा निर्भर रहेका कृषकहरु तरकारी खेतीमा राम्रो आम्दानी हुन थालेपछि सिङ्गो गाउँले तरकारी खेतीमा आकर्षित हुन थालेका हुन् ।