सन्तोष दहित
दाङ, वैशाख १४ गते । दाङस्थित घोराही उपमहानगरपालिकाले पशुहरूमा देखिने बाझोपनलाई हटाउन उपचार थालेको छ । राष्ट्रिय पशु प्रजनन कार्यलय बाँकेको प्राविधिक सहयोगमा उपमहानगरपालिकाको पशु सेवा शाखाले किसानहरूका फर्ममा पुगेर बाझोपनको उपचार थालेको हो ।
घोराही उपमहानगरपालिकाका नगरभित्ररहेका गाई तथा भैंसी फार्म दर्ता गरी व्यावसायिक रूपमा पशुपालन गरेका कृषकहरूको फार्म र गोठमा पुगेर प्रजनन विकृती भइ बाझोपन हुने समस्यालाइ निराकरण उपचार थालिएको घोराही उपमहानगरपालिकाका शाखा प्रमुख श्रीधर अधिकारीले जानकारी दिनुभयो ।
उहाँको अनुसार पशुहरूमा देखिने बाझोपनलाई निराकरणका लागि पशु सेवा शाखाले राष्ट्रिय पशु प्रजनन कार्यलय बाकेका पशु स्वास्थ्य विज्ञ प्राविधिकसहितको टोलीले बाझोपन उपचार तथा डोर टु डोर कार्यक्रम सञ्चालन यो अभियान चलाएको बताउनुभयो ।
घोराहीमा ६५ वटा पशु फर्म दर्ता गरेर किसानहरुले व्यवसायिक रूपमा पशुपालन गर्दै आएको उहाले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म घोराही १, २, ११ र १७ नम्बर वडाका फर्ममा पुगेर पशुहरूमा देखिने बाझोपनलाई हटाउन उपचार गरेको बताउनुभयो ।
यो कार्यक्रमले पशुहरूमा देखिने बाझोपमा निराकरण गर्नमा सहयोग पुग्ने नगर उपप्रमुख हुमाकुमारी डिसी बताउनुभयो । किसानहरूले समस्या समाधानका लागि उपमहानगरपालिका लागिरहेको उहाँले बताउनुभयो । सोहिक्रममा प्राविधिकले किसानहरूका गुनासो सुन्ने र बाँझोपना हटाउने विधीका विषयमा उपचार र परामर्श दिएका थिए ।